कीवर्डहरू -

नेपालमै पहिलो पटक \'बिग डेटा\' र \'डिजिटल मार्केटिङ\'को कोर्ष सुरु गरेका छौ

नेपालमै पहिलो पटक \'बिग डेटा\' र \'डिजिटल मार्केटिङ\'को कोर्ष सुरु गरेका छौ

जेटकिङ नेपालले कस्ता कस्ता कोर्सहरु संचालन गरिरहेको छ  ?

जेटकिंग नेपाल एडभान्स लेभलको कोर्सहरु प्रदान गर्ने उद्देश्यले  इंडियाबाट नेपालमा प्रमोट गरिएको  हो र यसले विश्वमै उत्कृस्ट हार्डवेयर नेटवर्किंगको करियर कोर्षहरु प्रदान गर्दछ । अन्डर ग्राजुएट,ग्राजुएट र नन टेक्निकल ग्राजुएट तिनै बर्गका बिद्यार्थीहरुका लागी विभिन्न कोर्ष ल्याइएको छ । यसमा उनीहरुको स्तर अनुसारको बर्गिकरण गरेर पढाई हुन्छ । यसको ड्युरेसन छ महिना देखि एक बर्ष सम्म रहेको छ ।

यो हार्डवेयर करियर कोर्समा हार्डवेयरको फण्डामेन्टल,एडमिनिस्ट्रेटिभ पार्ट तथा विन्डोज टेन लगायत सेक्युरिटी र ह्याकिंग नेटवर्किंग लगायतका कुराहरु समाबेश  गरिएको छ । त्यस्तै अर्को कोर्समा अनलाइन करियर कोर्स  रहेको छ,  जसमा डिजिटल मार्केटिंग देखि लिएर बिग डेटा,क्लाउड कम्प्युटीङ जस्ता अहिलेको हाई डीमान्डींग कोर्सहरु पर्दछन्। यी कोर्सहरु पनि चाडै नै संचालनमा ल्याइसकेका छौ ।

जेटकिंग खास कस्तो इन्स्टिच्युट हो ?

जेटकिंग अरु भन्दा भिन्न खालको इन्स्टिच्युट छ किनभने हामि  विद्यार्थीको लागि  करियर ओरियन्टेड प्रोग्रामहरु तयार गर्छौ  । हार्डवेयर नेटवर्किंग सम्बन्धि मात्र नभएर बिध्यार्थिलाई आवश्यक इन्ग्लिश स्पीकिंग,पर्सनालिटी डेभलपमेन्ट जस्ता सम्पूर्ण कुराहरु हामीले नियमित कक्षाको पढाइमा समाबेश गरेका छौ ।

त्यस्तै करियर शुरुवात गर्दा  हुनसक्ने समस्याको समाधान गरि कसरि अपर्च्युनीटि अचिभ  गर्न सकिन्छ त्यो कुरा बिद्यार्थीहरुलाइ सिकाउछौ । जेटकिंग धेरै एनएसडीसी (नेसनल स्किल डेभलपमेन्ट कर्पोरेसन) जुन इन्डियाको गभर्नमेन्ट बोर्ड बाट एफिलिएटेड इन्स्टिच्युट हो । त्यस्तै जेटकिंगको नेपाल,भारत,बंगलादेश,भियतनाम साउथ अफ्रीकामा गरेर १०० भन्दा  धेरै इन्स्टिच्युटहरु छन् । त्यस्तै ती इन्स्टिच्युटहरुबाट १७ लाख भन्दा धेरै बिद्यार्थीहरु उत्पादन भैसकेका छन् ।

क्वालिटीको एजुकेशन दिनका लागि तपाइको  इन्स्टिच्युटमा हुमन रिसोर्स कसरि ब्यबस्थापन गर्नु भएको छ ?

यहाँ बिद्यार्थीहरुलाई क्वालिटी एजुकेसन प्रदान गर्नका लागि यस इन्स्टिच्युटमा भारतबाटै यसै इन्डस्ट्रीमा दश(बार्ह बर्ष सम्म अनुभव प्राप्त गर्नुभएका शिक्षकहरु हुनुहुन्छ । क्वालिटीमा १०० प्रतिशत प्रदान गरेका छौ त्यस्तै आफ्टर स्टडी पनि धेरै फेसिलिटी दिने गर्छौ । त्यस्तै हामीले बिध्यार्थीको टायमलाइ मध्य नजर गरेर अनलाइन मार्फत पनि पढ्न मिल्ने ई - लर्निंग प्लाटफर्म राखेका छौ । त्यसमा स्टुडेन्टको सम्पूर्ण सिलेबस त्यसमा छ र उनीहरुले यसमा युजरनेम बाट लगइन गरेर घरमै बसेर पनि पढ्न सक्छन् । त्यसकारण उनीहरुले आफ्टर कोर्स पनि कुनैपनि समयमा यस्को प्रयोग गर्न सक्छन् र फाइदा लिन सक्नेछन् । त्यस्तै  पढाईको साथसाथै योग,क्विज ,स्पिकिंग,ग्रुमिंग,ब्रेन स्टोर्मिंग,प्र्याक्टिकल कुराहरु पनि समाबेश गरेका छौ ।

नेपालमा धेरै बिद्यार्थीहरु राम्रो ट्रेनिंग इन्स्टिच्युट छैन, क्वालिटी एजुकेशन छैन अथवा पढाई सकेर पनि जबको सम्भावना छैन,भनेर देश बाहिर पनि गैरहेको अवस्था छ,यसलाई कसरि लिनुभएको छ ?

नेपालि बिद्यार्थीहरुमा भविष्यमा आफु कुन पेशा अंगाल्ने भनेर सहि निर्णयको अन्योलता भएको देखिन्छ । जुन कामको लागि स्कोप छ, त्यो बिषय नपढेको कारण नेपालमा प्रशस्त कामको अवसर भएता पनि जनशक्ति विदेशिएको अवस्था छ । त्यस्तै फर्महरुले पनि उचित ज्ञान भएका जनशक्तिको अभावको अवस्थालाई झेल्नु परेको छ ।

नेपालमा पनि राम्रा ट्रेनिंग इन्स्टिच्युटहरु छन् जसले क्वालिटी एजुकेशन प्रदान गर्दछन् । तर बिद्यार्थीले पनि सोहि अनुसारको मेहनत गर्न जरुरि हुन्छ । पढाई पछाडी कुन(कुन क्षेत्रमा कस्तो(कस्तो कामको स्कोप छ, त्यसको राम्रो संग रिसर्च गरेर बिद्यार्थी हरुले आफुले पढ्ने बिषयको छनौट गर्नु पर्दछ । यसो गर्नाले स्वदेशमै राम्रा राम्रा रोजगारीको अवसर पाउन सकिन्छ ।

बिगडेटा र डिजिटल मार्केटिंग जस्ता बिषयमा पढाई संचालनका लागि कस्तो काम गरिरहनु भएको छ ?

डिजिटल मार्केटिंग  एकदमै धेरै स्कोप भएको कोर्स हो । यसको विश्वब्यापी रुपमा ट्रेन्ड नै बसिसकेको छ ।आजकल साना देखि धेरै ठुला कम्पनिहरुले डिजिटल मार्केटिंग गरिरहेका हुन्छन्  ।  विश्वमा फेसबुक,गुगल जस्ता  ठुला – ठुला कम्पनिहरु डिजिटल मार्केटिंगमा चलेका छन् । त्यसकारण डिजिटल मार्केटिंगको स्कोप नेपालमा मात्र नभएर बिश्व भरिनै धेरै छ । त्यसकारण नेपालमा  यो सम्बन्धित एडभान्स कोर्सको आवश्यकता छ र त्यसलाई नै मध्यनजर गर्दै यहि २०१८ को  जनवरी बाट डिजिटल मार्केटिंगको कोर्स भित्र्याउदै छौ ।

त्यस्तै आगामी वर्ष तिर डिजिटल मार्केटिंगमै ब्याचलर्स डिग्री दिने पनि हामीले तयारी गरिरहेका छौ । बिग डेटापनि बिद्यार्थीहरुले यहाँको इन्स्टिच्युटहरुमा सजिलै पढ्न पाइरहेको अवस्था छैन् र प्रोग्रामिंग  सफ्टवेयर  तथा डेटा साइन्सको कोर्सहरु गर्न इच्छुक् बिद्यार्थीहरुलाई लक्षित गरेर यो कोर्स ल्याईएको हो ।

\"\"

यति धेरै एडभान्स कोर्सहरु नेपालमा ल्याउनुभएको छ,  सबैलाइ जान्न इच्छा होला कि यी कोर्सहरुको फि स्ट्रक्चर कति होला भनेर,कुन कुन कोर्स कसरि पढाई रहनु भाको छ ?

इन्स्टिच्युटहरुको तुलनामा हाम्रोमा यी बिषयहरु एकदमै अफोर्डेबल छन,कोर्सको ड्युरेसन पनि खासै धेरै छैन् । अरु इन्स्टिच्युटहरुमा एउटा कोर्समा लाग्ने खर्चले हाम्रोमा ४ वटा कोर्सहरु पढ्न पुग्छ । माइक्रोसफ्ट,रेडहट, लिनक्स र ईसीकाउन्सिल यी चारवटै कोर्ससहित हामि लगभग ६० देखि ७० हजार सम्ममा पढ़ाउँछौ ।

त्यस्तै,अन्य ठाउँमा यी बिषयहरु छुट्टा छुट्टै पढाई हुन्छ तर हाम्रो इन्स्टिच्युटमा भने यी चारवटै मेजर आइटीका कोर्सहरु एकैचोटीमा सिकाउँछौ । त्यसैले हामि बिद्यार्थीहरुको सिप बिकाशका लागि एउटा एउटा मात्र नभएर  नेटवर्किंग, सर्वर तथा सिस्टम सबैकुराको ज्ञान प्रदान गरेर मात्रै उनीहरुलाई जब मार्केट मा पठाऊछौ । त्यस्तै हाम्रो बाट कोर्स सक्ने विद्यार्थीहरुको लागि शत प्रतिशत जब प्लेसमेन्टको पनि व्यवस्था रहेको छ ।

\"\"

तपाइको इन्स्टिच्युटमा कस्ता कस्ता बिद्यार्थीहरु अध्ययनरत छन् ?

यहाँ धेरै अन्डर ग्राजुएट बिद्यार्थीहरु छन् ,जस्तै प्लस टु सकेका छन्,त्यस्तै कोहि ब्याचलर पढिरहेका तथा कोइ दश सकेर बसेका बिद्यार्थीहरु पनि छन् । खासमा हाम्रोमा तिनवटा क्याटगोरिका बिद्यार्थीहरु छन् । यी सबै बिद्यार्थीहरुको समस्या एउटै हो कि उनीहरुको नन टेक्निकल एजुकेशनले गर्दा काम पाइरहेको हुँदैन । र त्यस्ता स्टुडेन्टहरु यो मेजर आइटी शिक्षा पढे  भने भबिस्यमा कामको खोज्नको लागि धेरै भौतारिनु पर्दैन । हाम्रो इन्स्टिच्युटले शिपमुलक शिक्षा प्रदान गरेर जब मार्केटमा बिद्यार्थीहरुलाई आउनको लागि सहयोग गर्दछ ।

यो भन्दा बाहेक आइटी सेक्टरमा  अन्य के कस्ता कार्यहरु गरिरहनु भएको छ वा भबिस्यका  योजना हरु के के छन् ?

हालसाल चाही हामि यहि एजुकेसनलाई नै प्रमोट गरिरहेका छौ । अहिलेको अवस्थामा नेपालमा दक्ष जनशक्ति निर्माणका लागि आइटी शिक्षा एकदमै जरुरि देखिन्छ । नेपाल अरु क्षेत्रमा कम्जोर भएता पनि आइटी फिल्डमा भने मानिसहरुको क्रेज हामीले देख्न सक्छौ । त्यसैले अबको पाँच वर्षमा लगभग ५ हजार जना व्यक्तिहरुलाई आइटी  शिक्षा प्रदान गरेर दक्ष जनशक्ति निर्माण गर्ने योजनामा हामि छौ ।

भोलि विदेशमा नै गएता पनि नेपाली हरुले आइटीकै क्षेत्रमा काम पाउन सकुन । र बढी भन्दा बढी मानिसलाई  स्किल्ड गराउन सकु भन्ने हाम्रो उद्देश्यका रहेको छ । त्यसको लागि देशका बिभीन्न ठाउंहरुमा जेडकिंगको सेन्टरहरु पनि  विस्तार गर्ने  पनि सोचेका छौ। अबको ३ बर्ष भित्र हामि काठमाण्डौ भन्दा बाहिरका ठाउँहरुमा पनि ७ देखि ८ वटा सम्म जेटकिंगको सेन्टरहरुको विस्तार गरिसक्ने योजनामा छौ ।