कीवर्डहरू -

हामीले त कुनै अपराध गरेका छैनौं नि दलबल सहित आएर लाने - शैलेश लोहनी, प्रवन्ध निर्देशक (सोचेको डटकम)

अनलाइन सपिङ भनेको केहो मोडालिटी बुझ्नुहोस् । अनि त्यसपछि कारबाही गर्ने वा सहयोग गर्ने तपाईहरुले गर्ने कुरा हो ।

हामीले त कुनै अपराध गरेका छैनौं नि दलबल सहित आएर लाने - शैलेश लोहनी, प्रवन्ध निर्देशक (सोचेको डटकम)

बिहीबार नेपाल प्रहरीले इकमर्श व्यसाय सञ्चालन गर्ने सञ्चालकहरु र डेलिभरीकर्तालाई पक्राउ गर्यो । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ८० जना पक्राउ परेका थिए । प्रहरीले उनीहरुलाई निषेधाज्ञा अवधिभर सेवा बन्द गर्ने सर्त अनुसार छोडेको छ । यही विषयमा आधारित रहेर सोचेको डटकमका संस्थापक तथा प्रबन्ध निर्देशक शैलेश लोहनीसँग हामीले गरेको कुराकानीको सम्पादित अंश :


बिहीबार प्रहरीले तपाईहरुलाई किन पक्राउ गर्‍यो ?
यो निषेधाज्ञाको समयमा तपाईहरुले होम डेलिभरी गर्न पाउनु हुदैन् भनेर प्रहरीले हामीलाई हिजो पक्राउ गरेको हो ।

यो भन्दा पहिले प्रहरी तथा प्रशासनबाट डेलिभरी गर्ने बारे कुनै सूचना वा जानकारी आएको थिएन ?

यो भन्दा पहिले त हामीसँग होम डेलिभरी गर्ने पास नै थियो । त्यही पासको आधारमा हामीले डेलिभरी गर्ने गरेका थियौं । तर प्रहरी वा प्रशासनबाट भने त्यस्तो कुनै सूचना वा जानकारी हामीलाई आएको थिएन । हामीले त कर तिरेर व्यवसाय सञ्चालन गरिरहेका छौं । प्रहरीले जुन शैलिले हामीलाई पक्राउ गर्‍यो त्यो शैलिको हामी विरोध गर्छौं । हामीलाई प्रहरीले अपराधी जस्तै गरी पक्राउ गरेर लग्यो । हामीले त कुनै अपराध गरेका छैनौं नी दलबल सहित आएर लाने ।

म पहिला के भन्न चाहन्छु भने अत्यावश्यक सेवाको परिभाषा के हो ? हिजो ढुङ्गे युगमा दाल भात तरकारी खाए मात्र पुग्थ्यो । भने अहिले बच्चाहरुको अनलाइन कक्षा भइरहेको छ, अनलाइन कक्षाको लागि कसैलाई इयरफोन चाहियो वा कसैलाई माउस चाहिएला अब त्यो बच्चाले अनलाइनबाट माउस, इयरफोन अर्डर गर्न पाउने की नपाउने ?

तपाइहरुले अत्यावश्यक, खाद्यान्य, तरकारी जस्ता सामानहरु डेलिभरी गरिरहनुभएको थियो नि हैन ?
म पहिला के भन्न चाहन्छु भने अत्यावश्यक सेवाको परिभाषा के हो ? हिजो ढुङ्गे युगमा दाल भात तरकारी खाए मात्र पुग्थ्यो । भने अहिले बच्चाहरुको अनलाइन कक्षा भइरहेको छ, अनलाइन कक्षाको लागि कसैलाई इयरफोन चाहियो वा कसैलाई माउस चाहिएला अब त्यो बच्चाले अनलाइनबाट माउस, इयरफोन अर्डर गर्न पाउने की नपाउने ? कसैको मोबाइल बिग्रियला, कसैले राउटर बिग्रियला त्यो अत्यावश्यक होकी हैन् । यो ढुङ्गे युग त हैन नी दाल भात तरकारी खाएर पुग्ने । म तपाईलाई अस्तिको एउटा अनुभव सुनाउन चाहन्छु, जुन मैले देखे ।

मरो घर छेउमा एउटा कपडाको पसल छ, उक्त पसलमा एकजना महिला आएर लौन भाइ मलाई एउटा घर बस्दा लगाउने कुर्ता नभई भएन खोलेर दिनुपर्‍यो भन्दा त्यो पसलेले मिल्दैन हजुर पसल खोल्दा प्रहरीले समाउछ । म यहाँ तरकारी बेचेर बसिरहेको छु तरकारी मात्रै लिएर जानुहोस् भनेर उसले भन्यो । अब त्यो कुर्ता अत्यावश्यक होकी हैन् ति महिलालाई ? त्यसकारण अत्यावश्यकको बुझाइमै गलत छ । जसलाई जे चिजको आवश्यक पर्‍यो, त्यो अत्यावश्यक हो नी । मेरो घरमा चामल छ भने मलाई चामल अत्यावश्यक भएन । त्यसकारण हामी समयअनुसार चल्न सकेका छैनौं । हामीले अहिले यो निषेधाज्ञाको समयमा खाद्यान्न डेलिभरी गरेका थियों । अनलाइन सर्भिस भनेको कुरिअर वर्किङ मोडालिटी मात्रै हो ।

पसलमा सामान किन्न जानुभन्दा होम डेलिभरी कसरी सुरक्षित हुनसक्छ ?

मानौं कुनै एरियामा २ सय घर छ, उक्त घरमध्ये २५ प्रतिशत घरबाट प्रत्येक घरबाट एकजना मात्रै पसलमा जादा पनि ५० जना हुन्छ । तर चारजना होम डेलिभरीकर्ताले २०० घरमा डेलिभरी गर्न सक्छ । अब कुन सुरक्षित ५० जना पसलमा आएर सामान लिएर जादा सुरक्षित की चारजनाले होम डेलिभरी गर्दा सुरक्षित ? अर्को कुरा भनेको यदी डेलिभरी हुदै हुदैन् भने पहिलो रोक्नुपर्ने कुरा भनेको हो - दुध । दुधवालाले गाउँ गाउँबाट दुध ल्याएर घरघरमा बिहानै दुध बाड्छ । दुधबाट कोरोना सर्छ भने दुधवालालाई पनि कोरोना सर्छ । त्यसलाई पनि त रोक्नुपर्‍यो ।  त्यसले गर्दा डेलिभरी सिस्टम हाम्रोमा पहिले देखिनै थियो । उनिहरु अनअर्गनाइज भए त्यसकारण केही गर्दैनन् ।

हामीले चाही परिचय पत्र बोकेर, पीपीई तथा सेनिटाइजर लगाएर व्यवस्थित तरिकाले सुरक्षित रुपमा डेलिभरी गर्दा कोरोना सर्ने ? यसो भन्दै गर्दा मैले फेरी दुध वा डालीमा तरकारी डेलिभरी गर्दै नगरौ भन्न खोजेको होइन, यसको गलत अर्थ नलागोस । मैले उनीहरुको विरोध गर्न खोजेको पनि होइन । तपाईहरु पनि डिजिटल माध्यमबाट भुक्तानी लिनुहोस्, कति पैसामा सेनिटाइजर छर्कनुहुन्छ ।

हाम्रो नब्बे प्रतिशत भन्दा पनि बढी भुक्तानी अनलाइन, क्युआर कोड, पोस मेसिनबाट आदिबाट हुन्छ । यदी कसैसँग विकल्प नभए मात्र हामी क्यास लिन्छौं । जम्मा भएको क्यास पनि हामी एकठाउँमा राख्छौं र त्यसको भोलिपल्ट मात्रै प्रयोग गर्छौं । अरुमा के छ थाहा छैन, सोचेको डटकममा चाही यो छ । जसरी सुरक्षाकर्मी फ्रन्टलाइनमा बसेर काम गरिरहेका छन्, हामी पनि त फ्रन्टलाइनमा काम गरिरहेका छौं । हाम्रो परिवार छैन् हामीलाई डर हुदैन र संक्रमणको ।

\"\"

म फरी पनि भन्छु हाम्रो विरोध भनेको जसरी प्रहरीले हामीलाई पक्रेर लग्यो त्यसमा हो । म पुलिसको गाडीमा जानु ठूलो कुरा हैन् । तर यदी त्यो गाडी संक्रमित थियो र त्यसबाट मलाई कोरोना सर्‍यो भने कसले जिम्मेवारी लिने ? अथवा मानौ मलाई कोरोना थियो भने गाडीमा भएको अरु कसैलाई कोरोना सर्‍यो भने को जिम्मेवार हुने ? हामीलाई बोलाएर सामाजिक दूरी कायम गरी कुराकानी गर्न सकिन्थ्यो वा भर्चुअल मिटिङ गर्न सकिन्थ्यो । वा यस्तो भइरहेको छ अब नगर्नु हुन भनेर एउटा सूचना निकालेको भए हामी बन्द गर्थ्यौं ।

नेपालमा स्टार्टअप कम्पनि वा भनौ न "डिजिटल प्लाटफर्म"मा काम गर्न खोज्ने व्यवसायहरुमा किन अवरोध भइरहन्छ जस्तो लाग्छ ?

यो खासमा बुझाएको तरिका फरक हो जस्तो लाग्छ मलाई । अनलाइन विजनेश सम्बन्धि ऐन बनेको छैन् । मस्यौदा बनेर गएको छ । त्यसमा केही इनपुट मैले पनि दिएको थिए । दुध डेलिभरी गर्ने डेलिभरी हो की हैन्, घाटिमा तरकारी बोकेर आउने डेलिभरी हो की हैन् । म फरी पनि भन्छु हाम्रो विरोध भनेको जसरी प्रहरीले हामीलाई पक्रेर लग्यो त्यसमा हो । म पुलिसको गाडीमा जानु ठूलो कुरा हैन् । तर यदी त्यो गाडी संक्रमित थियो र त्यसबाट मलाई कोरोना सर्‍यो भने कसले जिम्मेवारी लिने ? अथवा मानौ मलाई कोरोना थियो भने गाडीमा भएको अरु कसैलाई कोरोना सर्‍यो भने को जिम्मेवार हुने ? हामीलाई बोलाएर सामाजिक दूरी कायम गरी कुराकानी गर्न सकिन्थ्यो वा भर्चुअल मिटिङ गर्न सकिन्थ्यो । वा यस्तो भइरहेको छ अब नगर्नु हुन भनेर एउटा सूचना निकालेको भए हामी बन्द गर्थ्यौं । त्यसपछि पनि कसैले चलाएमा त संक्रमण ऐन अनुसार कारबाही गरे भयो नी ।

तपाइहरुसँग प्रहरीले कस्तो कागज गरेर छोडेको हो ?
निषेधाज्ञा समयमा होम डेलिभरी सेवा गर्न नपाउने भनेर मञ्जुरी नामा गराएर छोडेको हो । मैले पनि एकजना साथी बोलाएको थिए उहाँको रोहबरमा छोडेको हो । मलाई प्रहरी प्रशासनसँग त्यस्तो कुनै ठूलो विमत्ति छैन् । उहाँको व्यवहार देखि बाहेक । व्यहार पनि हामी लिएर जानुभयो त्यसपछि भने त्यहाँ लगेर केही गर्नु भएन । यो पोलिसी लेभलको कुरा हो । मैले पनि एकजना मन्त्रीलाई यसबारे जानकारी गराएको थिए । अरुले पनि जानकारी गराउनु भयो अब के पहल हुन्छ हेरौं ।

अब कसरी अघि बढ्नुहुन्छ ? सेवा पूर्णरुपमा बन्दै रहन्छ ?
अब हाम्रो सेवा पूर्ण रुपमा बन्द नै रहन्छ । जबसम्म सरकारले खोल भनेर भन्दैन् तब सम्म हाम्रो सेवा बन्द नै रहन्छ ।

\"\"


मरो बुझाइमा नेपालको कुनै पनि स्टार्टअप नाफामा छैन् । हामीले पनि अहिले नाफा कमाईरहेका छैनौं । यदी हामीले घाटा न व्यहोर्ने हो भने ईकर्मश भन्ने चिज नेपालमा आउँदै आउँदैन् । त्यसकारण यसमा कुनै हाम्रो व्यसायीक स्वार्थ छैन् यो हाम्रो सामाजिक दायीत्व हो ।

तपाईहरुलाई दैनिक कति घाटा परिरहेको छ बन्द हुदा ?
घाटा कति भन्ने कुरा अंकमा नजाउ घाटा त पहिला पनि त्यसै घाटामै थियो । कर्मचारीको तलब लगायतकामा ठूलो खर्च छ नी । सोचेको डटकममा ४५ जना कर्मचारी छन् सरकारलै तोकेकै न्युन्तम तलब अनुसार पनि कुरा गर्ने हो भने धेरै हुन जान्छ । हाम्रो अफिस छ वेयर हाउस । यी सबै हिसाब गर्दा त राती निन्द्रा नै लाग्दैन् । अंक त नसम्झाउनुस् ।


अर्को कुरा भनेको मैले हिजो कुनै अनलाइनमा पढेको थिए व्यवसायीक स्वार्थको व्यवसाय सञ्चालन गरेको हो भनेर । हाम्रो कुनै व्यवसायिक स्वार्थ पनि छैन् । मरो बुझाइमा नेपालको कुनै पनि स्टार्टअप नाफामा छैन् । हामीले पनि अहिले नाफा कमाईरहेका छैनौं । यदी हामीले घाटा न व्यहोर्ने हो भने ईकर्मश भन्ने चिज नेपालमा आउँदै आउँदैन् । त्यसकारण यसमा कुनै हाम्रो व्यसायीक स्वार्थ छैन् यो हाम्रो सामाजिक दायीत्व हो । अनलाइन भनेको यस्तो चिज हो जुन कहिल्यै बन्द हुदैन । अनलाइन सपिङ सटर तान्न मिल्छ ? हामीलाई अर्डर आएको अत्यावश्यक सामानको डेलिभरी गर्ने की नगर्ने ? त्यस्तै सबै ईकमर्शले पनि अत्यावश्यक बाहेकका कुनै पनि सामान हामी डेलिभरी गर्दैनौ भनेर सूचना राखेको छ ।

प्रशासनलाई म के भन्न चाहन्छु भने पहिले तपाईहरु अनलाइन सपिङ भनेको केहो मोडालिटी बुझ्नुहोस् । अनि त्यसपछि कारबाही गर्ने वा सहयोग गर्ने तपाईहरुले गर्ने कुरा हो ।

तपाईहरुको उपभोत्ता र प्रशासनलाइ के भन्न चाहनुहुन्छ ?
प्रशासनलाई म के भन्न चाहन्छु भने पहिले तपाईहरु अनलाइन सपिङ भनेको केहो मोडालिटी बुझ्नुहोस् । अनि त्यसपछि कारबाही गर्ने वा सहयोग गर्ने तपाईहरुले गर्ने कुरा हो । उपभोक्ताहरुलाई म के भन्न चाहन्छु भने हामीले बाध्यताले सेवा बन्द गरेका छौं । हामीले चाहेर सेवा बन्द गरेको होइन । तपाईहरुले पहिले नै गरेको पेमेन्ट हामीसँग ढुक्क छ भनेर बस्नुहोस् । अब एउटा निचोड आएपछि फेरी हामी डेलिभरी गर्छौं । तबसम्म धैर्यधारण गरेर बस्न अनुरोध गर्दछु ।