कीवर्डहरू -

आइटी शिक्षालाई अझ गुणस्तरिय बनाउन इण्डस्ट्रीले पनि ओनरसीप लिनुपर्यो - प्रा.डा. शुवर्ण शाक्य

यो समयमा अनलाइन एजुकेशनलाई कसरी प्रभावकारी बनाउने, अनलाइन एजुकेशनलाई कसरी मूल्यांकन गर्ने, ईलर्निङ सिस्टमलाई कसरी विकास गर्ने कुरामा बढि फोकस हुन्छु ।

आइटी शिक्षालाई अझ गुणस्तरिय बनाउन इण्डस्ट्रीले पनि ओनरसीप लिनुपर्यो - प्रा.डा. शुवर्ण शाक्य

नेपालको कम्युटर तथा आइटी शिक्षामा एउटा गर्विलो नाम हो, प्राध्यापक डा. शुवर्ण शाक्य । शाक्य केहि दिनअघि प्रर्वाञ्चल विश्वविद्यालयको प्राज्ञिक परिषदको सदस्यमा नियुक्त हुनुभएको छ । यसै सन्दर्भमा हामिले उहाँसँग आइटी शिक्षा र पूर्वञ्चाल विश्वविद्यालयको बारेमा केहि कुराकानी गरेका छौ ।  

पछिल्लो समय पूर्वाञ्चल विश्वविद्यालयको प्राज्ञिक परिषदको सदस्यमा नियुक्त हुनुभएको छ । यो समितिले कसरी काम गर्दछ ?
हो म हालै मात्र पूर्वाञ्चल विश्वविद्यालयको प्राज्ञिक परिषदको सदस्यमा नियक्ती भएको छु । यो भन्दा अगाडी पनि प्राज्ञिक परिषदको सदस्यमा नियुक्ती भएको थिए ।  प्राज्ञिक परिषदले एकेडेमीको नयाँ प्रोग्राम, नयाँ पाठ्यक्रमहरु पारित गर्ने, शिक्षकहरुको प्रमोसनको लागि मापदण्ड बनाउने, इन्ट्रान्सको लागि चाहिने मापदण्ड बनाउने लगायतका काम गर्छ । 

पूर्वाञ्चल विश्वविद्यालयलाई सुधार्नको लागि परीक्षा प्रणालीलाई प्रभावकारी बनाउने, नयाँ पाठ्यक्रम विकास गर्ने, पाठ्यक्रमलाई अपडेट गर्ने, एजुकेशन सिस्टमाई प्रभावकारी बनाउने, पूर्वाधारको विकास र फ्याकल्टीलाई एक्सटेन्सन गर्ने जस्ता कुरा बढी ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई । 

तपाई इन्जिनियरिङ अध्ययन सस्थानमा पनि आवद्ध हुनुहुन्छ ? पूविको कामलाई कसरी हेर्न भ्याउनुहुन्छ ?
परिषदको काम फुल टाइम हैन् । परिषदको मिटिङ भयो भने मात्र त्यसमा सहभागी हुने हो नी । 

पूविको आइटी तथा इन्जिनियरिङ संकायको करिकुलम बनाउन पनि तपाई संलग्न हुनुहुन्थ्यो ? तर त्यसपछि क्रमिक अपग्रेड भएन कोर्सहरु भन्छन नि ?
हो म करिकुलम बनाउन सहभागी भएको थिए । अस्ति मात्रै पनि सिलेबस परिवर्तन गरेको हो । कम्प्युटर इन्जिनियरिङको पनि अपडेट नै छ । इन्फरमेसन सिस्टमको पनि त्यति पुरानो पनि हैन् । बिआईटीको अपडेट भइसकेको हो, त्यसलाई स्वीकृत मात्र नभएको होला ।

अब कसरी सुधार्न सकिएला पूर्वाञ्ल विश्वविद्यालयलाई ? के कस्ता योजना सिफारिस गर्नुहुन्छ भिसिलाई ? 
पूर्वाञ्चल विश्वविद्यालयलाई सुधार्नको लागि परीक्षा प्रणालीलाई प्रभावकारी बनाउने, नयाँ पाठ्यक्रम विकास गर्ने, पाठ्यक्रमलाई अपडेट गर्ने, एजुकेशन सिस्टमाई प्रभावकारी बनाउने, पूर्वाधारको विकास र फ्याकल्टीलाई एक्सटेन्सन गर्ने जस्ता कुरा बढी ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई । 
अहिले हामी कोरोना महामारीको विषम परिस्थितिमा छौं । यो समयमा अनलाइन एजुकेशनलाई कसरी प्रभावकारी बनाउने, अनलाइन एजुकेशनलाई कसरी मूल्यांकन गर्ने, ईलर्निङ सिस्टमलाई कसरी विकास गर्ने कुरामा बढि फोकस हुन्छु ।

हो, नेपालमा इण्डस्ट्री र एकेडेमीयाबीच सहकार्य र समन्वय छैन् । अब इण्डस्ट्री र एकेडेमीयाबीच सहकार्य र समन्वय गरी अगाडी बढ्नु पर्छ । 

नेपालमा पछिल्लो समय आइटी तथा इन्जिनियरिङको शिक्षा कसरी अघि बढिरहेको छ ? सन्तोषजनक छ प्रविधिको विस्तारलाइ हेदा ?
पहिले भन्दा अहिले अनुसन्धानका क्रियाकलापहरु चाही अगाडी बढेका छन् । प्रोफेसनल करिअर पनि अगाडी बढिरहेको हामीले देखेका छौं । पाठ्यक्रम त आफ्नै किसीमको छ । तर विद्यार्थीहरुले इन्टरनेटको प्रयोग गरी नयाँ नयाँ प्रविधिको अध्ययन गरिरहेका छन् । प्रविधिको विकासलाई हेर्दा शिक्षा त्यति सन्तोषजनक त छैन् । पूर्वाधार तथा प्रविधिको विकासमा हामीले ध्यान दिनु जरुरी छ ।अहिले हामी अनलाइन शिक्षामा फड्को मार्न सक्छौ। गाउँ गाउँमा इन्टरनेट कनेक्टिभिटी छैन् । समस्या त हुन्छन् समस्यालाई समाधान गर्दै अगाडी बढ्नुप¥यो । 

इन्डस्ट्री र एकेडेमियाबिच सहकार्य र समन्वय छैन भनिन्छ नि त !
हो, नेपालमा इण्डस्ट्री र एकेडेमीयाबीच सहकार्य र समन्वय छैन् । अब इण्डस्ट्री र एकेडेमीयाबीच सहकार्य र समन्वय गरी अगाडी बढ्नु पर्छ । इण्डस्ट्रीले पनि ओनरसीप लिनुप¥यो । विद्यार्थीहरुलाई इन्टनसीप गराउने, ट्रेनिङ दिने र रोजगारी दिने गरियो भने विद्यार्थीले राम्रै गर्न सक्छन् । त्यस्तो खालको एउटा मोडालिटी बनाउनु पर्छ ।