कीवर्डहरू -

‘आईटी’ देशको लागि ठूलो फाइनान्सियल ब्याकबोन हुनसक्छ: विज्ञान श्रेष्ठ

सफ्टवेरिकाको दश वर्षे य‍ात्रामा ४ हजार भन्दा बढी विद्यार्थी ग्राजुएट भइसके । ग्राजुएट भएका विद्यार्थी नेपाल तथा विश्वका टप आईटी कम्पनीमा कार्यरत छन् ।

‘आईटी’ देशको लागि ठूलो फाइनान्सियल ब्याकबोन हुनसक्छ: विज्ञान श्रेष्ठ

सफ्टवेरिका कलेज स्थापना भएको आज दश वर्ष पुगेको छ । सन् २०१० देखि नेपालमा गुणस्तरिय आईटी शिक्षा प्रदान गर्ने उदेश्यले कलेजको स्थापना भएको हो । कलेज स्थापना भएको १० वर्षसम्मको यात्रा कस्तो रह्यो, कलेजमा कस्ता कस्ता कोर्ष सञ्चालनमा छन् र भर्खरै सञ्चालनमा आएको डिजि स्कूलको विषयमा आधारित रहेर डिजि स्कूलका संस्थापक तथा सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठसँग आईसिटी समाचारले गरेको कुराकानीः

सफ्टवेरिका कलेज स्थापना भएको १० वर्ष पुगेको छ । कस्तो रह्यो आजसम्मको यात्रा ?

सफ्टवेरिका कलेज स्थापना भएको आज दश वर्ष पुगेको छ । सन् २०१० मा कलेज स्थापना गर्दा हामीलाई समस्या नै थियो । हामीले कलेज स्थापना गर्दा आइटी शिक्षाको खासै महत्व थिएन ।

तर अहिले आएर यसको महत्व बढ्दै गयो । हाम्रो युके एजुकेशन भएकाले सुरुसुरुमा गुणस्तरिय शिक्षा प्रदान गर्न चुनौती नै थियो । अहिले आएर हामीले रिसर्च, फेसिलिटी तथा फ्याकल्टीमा धेरै नै सुधार गरिसकेका छौं ।

गुणस्तरिय शिक्षा प्रदान गर्नको लागि धेरै मिहेनत गरी हामी यहाँसम्म आईपुगेका छौं । समग्रमा भन्नुपर्दा हाम्रो यात्रा उतारचडाब रह्यो ।

१० वर्षमा कति विद्यार्थी ग्राजुएट भए ? कहाँ कस्तो अवस्थामा कार्यरत होलान ?

हाम्रो कलेजबाट हरेक वर्ष चारसय देखि पाँचसय विद्यार्थी ग्राजुएट हुन्छन् । त्यस हिसाबले कुरा गर्दा कम्तिमा पनि ४ हजार विद्यार्थी अहिलेसम्म ग्राजुएट भइसके । अनि हाम्रो कलेजबाट ग्राजुएट भएका विद्यार्थी नेपाल तथा विश्वका टप आईटी कम्पनीमा कार्यरत छन् ।

विश्वका उत्कृष्ट आईटी कम्पनी गूगल, फेसबुक तथा माइक्रोसफ्टमा पनि हाम्रो विद्यार्थीले काम गरिरहेका छन् । त्यस्तै अष्ट्रेलियाको पनि ठूला ठूला आईटी कम्पनीमा काम गरिरहेका छन् ।

उद्यमशिलताको विकासमा सफ्टवेरिका कलेजको भुमिका कस्तो देख्नुहुन्छ ?

उद्यमशीलताको विकासमा पनि सफ्टवेरिकाको भूमिका पनि रहेको छ । हाम्रो कलेजमा पढेर गएकाहरुले पनि टेक स्टार्टअपको विकास गरेका छन् । हामीले नेपालमा विजनेस कसरी सुरु गर्ने र कोर्स गरेपछि कस्ता अवसर छन् भनेर पनि ट्रेनिङ दिन्छौं ।

सफ्टवेरिका कलेजको छुटै रिसर्च ल्याब छ । रिसर्च ल्याबमा विद्यार्थीले सैद्धान्तिक विषय पढेपछि प्रयोगात्मक विषयमा ज्ञान लिन्छन् । त्यहाँबाट उनीहरुले कामको अनुभव लिन्छन् ।

\"\"

कोभेन्ट्री विश्वविद्यालयसँगको सहकार्यले थप उचाई दिएको हो सफ्टवेरिकालाई ?

सफ्टवेरिका कलेज सुरु गर्दा नै हामीले युके एजुकेशन सुरु गरेको हो । कोभेन्ट्री विश्विद्यालयसँग सहकार्यको लागि हामीले सन् २०१६ देखि नै प्रक्रिया सुरु गरेका हौं ।

तर सबै प्रक्रिया मिलाउदा सन् २०१९ मा हामीलाई सफलता मिल्यो । त्यसपछि हामीले सन् २०१९ बाट कोभेन्ट्री विश्वविद्यालयको विषय पढाउनु सुरु गर्‍यो । कोभेन्ट्री विश्वविद्यालय विश्वको उत्कृष्ट विश्वविद्यालयमा पर्छ ।

यस सहकार्यबाट विद्यार्थीले राम्रो आईटी शिक्षा लिन बाहिर जानु परेन । युकेको भन्दा सस्तो मूल्यमा विश्वविद्यालयको कोर्ष विद्यार्थीले अध्ययन गर्न पाएका छन् । यस सहकार्यले सफ्टवेरिकाका कलेजलाई त थप उचाई दिएको नै छ । तर यसले देशलाई पनि सहयोग गरेको छ ।

सफ्टवेरिकामा केके कोर्ष सञ्चालनमा रहेका छन् ? नयाँ केही कोर्ष आउँदै छन् ?

हामीले अहिले बीएससी अर्नस कम्प्युटिङ र बीएससी अर्नस इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटी कोर्ष छन् । कम्प्युटिङमा कोर्षमा इन्टरनेट अफ थिङ्स, रोबोटिक्स, मोबाइल एप डेभलपमेन्ट र वेब डेभलपमेन्ट लगायतमा स्पेशिलाइजेसन छ । त्यस्तै साइबर सेक्युरिटीको कोर्ष पनि हामीले नेपालमै पहिलो पटक सुरु गरेका हौं ।

त्यसैगरी हामीले नेपालमा आर्टिफिसयल इन्टेलिजेन्स र डेटा साइन्सको कोर्ष ल्याउने तयारी गरेका छौं । अर्को वर्ष सार्वजनिक गर्ने योजनामा छौं । यसको लागि अहिले प्रकृया भइरहेको छ ।

तपाईले सञ्चालन गर्नु भएको डिजि स्कुल केहो ? डिजि स्कूल चाहि किन सञ्चालन गर्नुभएको हो ?

विद्यालय तह देखि नै आईटी शिक्षाको एउटा लेभल तयार गरौं भन्ने उदेश्यका डिजि स्कूल सुरु भएको हो । जुन किसिमले स्कूल लेभलमा आईटी शिक्षाको फाउन्डेसन बन्नुपर्ने हो, त्यो किसिमले नभएपछी डिजि स्कूलको अवधारणा सुरु भयो ।

अब विश्व भनेको आईटी कै हो । अंग्रेजी जस्तै आईटीको पनि ज्ञान हुन अहिलेको युगमा जरुरी छ । डिजि स्कूलमा कोडिङ, भिडियो इडिटिङ, फोटो इडिटिङ, अनलाइन सेफ्टी, डेटा, डिजिटल लिट्रेसी,साइबर सेक्युरिटीलगायतका कोर्षहरु छन् ।

यी सामान्य कुराहरु विद्यार्थीहरुलाई थाहा हुनुपर्छ । खासमा विद्यालयलाई डिजिटल बनाउनकै लागि हामीले नाम पनि डिजि स्कूलनै राखेका हौं ।

\"\"

डिजि स्कूलमा कसरी सहभागी हुन् सकिन्छ ?

यसमा दुई तरिकाले सहभागी हुन् सकिन्छ । पहिलो तरिका भनेको स्कूलले नै यो हाल्न सक्छ । स्कूलले राखिसकेपछि यो कोर्ष सबै विद्यार्थीले पढ्ने पाए ।

यदी विद्यालयले राख्न सकेन भनेपनि विद्यार्थी सिधै डिजि स्कूलको वेबसाइट मा गएर यसको प्रयोग गर्न सक्छन् । कोरोना महामारीको समयमा डिजि स्कूल अहिले निशूल्क उपलब्ध गराएका छौं । अहिले १५ सय २ हजारले विद्यार्थी डिजि स्कूलमा पढि रहेका छन् ।

एजुकेशन कन्सलटेन्सीबाट सुरु भएको यात्रा सफ्टवेरिका एक उतकृष्ट आइटी कलेजमा विकास गरिसक्नुभयो, सनवेदेखि डिजि स्कुलसम्म सञ्चलनमा छ । कसरी सम्भव भयो यो सफलताको यात्रा ?

सफ्टवेरिका सन् २००१ मा आईटी ट्रेनिङ तथा सफ्टवेयर सोलुसन सेन्टरबाट सुरु भएको हो । पछि केही समय आयल्स तथा एब्रोड स्टडीको पनि काम गरियो ।

त्यसपछि यसलाई सन् २०१० मा सफ्टवेरिका कलेजको रुपमा रुपान्तरण भयो, जुन सुरुदेखि कै उदेश्य थियो । हामी सुरु गर्दा नेपालमा थोरै मात्र आईटी कलेज थिए ।

त्यसपछि नेपालमै गुणस्तरिय आईटी शिक्षा प्रदान गर्न सफ्टवेरिका कलेज स्थापना भयो । कलेज स्थापना गर्ने सुरु देखिको नै उदेश्य भएको कारण यो सम्भव भएको हो ।

यो यात्रामा कस कसलाई सम्झनुहुन्छ ? विद्यार्थी र अभिभावकलाई केहि भन्नुपर्नेछ ?

सफ्टवेरिका कलेजलाई यहाँ सम्म ल्याउन सहयोग गर्नु हुने सबैलाई म धन्यवाद भन्न चाहन्छु । तपाईहरुको सहयोग मिहेनतले हामी यहाँ सम्म आईपुगेका छौं ।

बोर्ड सदस्य, शिक्षक, स्टाफ तथा हामीलाई सहयोग गर्ने सबैलाई सम्झन चाहन्छु । त्यस्तै विद्यार्थी तथा अभिभावकलाई म के भन्न चाहन्छु भने हामीलाई विश्वास गरिदिनु भएको छ, त्यसको लागि यहाँहरु सबैलाई विशेष धन्यवाद दिन चाहन्छु ।

अन्त्यमा भन्नुपर्ने केही छ ?

अन्त्यमा म के भन्न चाहन्छु भने सरकारले आईटी क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनुपर्‍यो । यो क्षेत्रलाई उद्योगको रुपमा लिनुपर्‍यो, खाली फ्याक्ट्री, सिमेन्ट तथा कारखानालाई मात्रै उद्योगको रुपमा लिनु भएन ।

आईटी भनेको देशको लागि ठूलो फाइनान्सियल ब्याकबोन हुन सक्छ । सरकारले आईटी कम्पनीलाई मोटिभेट गर्ने, इन्करेज गर्ने, ट्याक्स छुट गर्ने तथा यसको अवयरनेश बढाउने जस्ता काम गर्नुपर्‍यो ।

यस्तो काम गरेमा ठूला आईटी कम्पनी पनि नेपालमा भित्रिन सक्छन् । जस्तै भारतले मात्रै आईटीबाट वर्षेनी १० अर्ब डलर राजस्व जेनेरेट गर्छ ।