कीवर्डहरू -

क्युआरबाट ३२ अर्ब १ करोड ७० लाख रूपैयाँ कारोबार

क्युआरबाट ३२ अर्ब १ करोड ७० लाख रूपैयाँ कारोबार

क्युआरबाट ३२ अर्ब १ करोड ७० लाख रूपैयाँ डिजिटल भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८० कात्तिकमा क्युआरबाट ३२ अर्ब १ करोड ७० लाख रूपैयाँको कारोबार भएको हो । 

यो कारोबार २०८० असोजको तुलनामा कम हो । असोजमा क्युआरबाट ३६ अर्ब २१ करोड ५० लाख कारोबार भएकोमा कात्तिमा घटेर ३२ अर्ब भएको हो । 

कारोबार रकमसँगै कात्तिकमा कारोबार संख्यामा समेत कमी आएको छ । असोजमा क्युआरबाट १ करोड १८ लाख ८३ हजार १०० पटक कारोबार भएकोमा कात्तिकमा ८७ लाख २९ हजार ९३९ पटक कारोबार भएको छ ।