कीवर्डहरू -

सामसुङको फ्ल्यागशिप मोडल ग्यालेक्सी एस ९ र एस ९ प्लस अब नेपाली बजारमा

सामसुङको फ्ल्यागशिप मोडल ग्यालेक्सी एस ९ र एस ९ प्लस अब नेपाली बजारमा

सामसुङ ग्यालेक्सी एस ९ र एस ९ प्लस अब नेपाली बजारमा

सामसुङले आफ्नो बहुप्रतिक्षित फ्लागशिप स्मार्टफोन,ग्यालेक्सी एस ९ र एस ९ प्लस  बार्सिलोनामा भएको मोबाइल वर्ल्ड कंग्रेस इभेन्टमा सार्वजनिक गरेको थियो । आफ्ना दुई स्मार्टफोन बिश्वबजारमा सार्वजनिक गरेको केहि दिन पछि नेपाली बजारमा पनि सामसुङले यो बर्षको फ्ल्यागशिप मोडल फोनहरु सामसुङ ग्यालेक्सी एस ९ र एस ९ प्लस सार्वजनिक गरेको छ ।

सामसुङको यी दुवै स्मार्टफोनहरुको फिचर्स यसभन्दा अघिका स्मार्टफोनहरु ग्यालेक्सी एस ८ र एस ८ प्लसका फिचरहरुसँग मेल खान्छ । तर ग्यालेक्सी एस ९ र एस ९ प्लस दुवै स्मार्टफोनमा धेरै नयाँ फिचरहरु समाबेश गरिएको छ । यी फोनमा फ्रन्ट र ब्याकमानै ग्लास राखिएको छ,मेटल फ्रेम,कर्भ्ड एज,वाटर रेसिस्ट्यान्ट तथा वायरलेस चार्जीङ सिस्टम लगायतका बिशेषताहरु यसमा समाबेश छन् ।

ग्यालेक्सी एस ९ मा ५.८ इन्चको स्क्रिन र एस ९ प्लसमा ६.२ इन्चको ठुलो स्क्रिन छ । दुवै स्मार्टफोनहरु ८.५ एमएम मोटाइ र कर्भ्डस्क्रिन सहितको रहेको छ । यी फोनहरुमा,बेजेल लेस,स्टेरियो स्पिकर्स आदि फिचर्स रहेको छ । यो वर्ष एस ९ प्लसमा, एस ९ को तुलनामा धेरै स्टोरेज रहेको छ ।

साथै सामसुङको नोट ८ मा जस्तै यसमा पनि डुअल क्यामेरा फिट गरिएको छ,जसमा टेलीफोटो क्यामेरा समाबेश छ । सामसुङले यी फोनहरुमा डल्बी एटमस स्पिकर जडान गरेको छ। यसकारण ह्यान्डसेटले सिनेम्याटिक साउण्ड उत्पादन गर्दछ । सामसुङले यी दुइ नयाँ ह्यान्डसेटमा फिंगर प्रिन्ट स्क्यानर क्यामेराको ठिक तल पट्टि सारेको छ । फोनको थप सुरक्षाको निमित्त ग्यालेक्सी एस ९ र एस ९ प्लसमा इन्टेलीजेन्ट स्क्यान समेत दिईएको छ । इन्टेलीजेन्ट स्क्यानमा फेस तथा आइरिस स्क्यानर समाबेश छ।

आइफोन एक्समा जस्तै यसमा पनि एनइमोजीको फिचर रहेको छ । यो फिचरले युजरको फेस अनुसारको इमोजी तयार गर्दछ । यसमा इमोजी कार्टुनको स्किन कलर र ड्रेस युजरले आफ्नो इच्छा अनुसारको बनाउन सक्छन् । थप यो फिचरमा युजरले चस्मा,हेयर स्टायल आदि समेत परिवर्तन गर्न सक्छन् ।

\"\"

सामसुङ ग्यालेक्सी एस ९ को स्पेसीफिकेशन

सामसुङ ग्यालेक्सी एस ९ मा ५.८ इन्चको सुपर एमोलेड डिस्प्ले र फ्रन्ट र ब्याकमा गोरिल्ला ग्लास ५ प्रोटेक्सन दिईएको छ । यसमा १४४०x२९६० पिक्सेल रेजोलुसन १८.५:९ एस्पेक्ट रेसियोमा रहेको छ । एस ९ मोडलमा  स्न्यापड्रागन ८४५ र एक्सीनस ९८१० को चिपसेट प्रयोग भएको छ ।

यसका साथै  ४ जीबी र्याम प्रयोग भएको यो डिभाइमा ६४/१२८/२५६ जीबी इन्टरल स्टोरेज भेरियन्टमा उपलब्ध छ  । जसलाई २५६ जीबी  सम्म बढाउन सकिन्छ । फोनमा  क्यामेराको कुरा गर्दा यसमा डबल एपर्चर रहेको छ । रीयरमा एफ/१.५-एफ/२.४ एपर्चर सहितको १२ एमपिको क्यामेरा छ । यसमा डुअल पिक्सेल पीडीएएफ,ओआईएस,एलइडी फ्ल्याश आदि फिचर्स रहेका छन् । सेल्फीका लागि भने एफ/१.७ एपर्चर सहितको ८ एमपी क्यामेरा राखिएको छ ।

सामसुङ ग्यालेक्सी एस ९ मा कनेक्टिभीटिमा ब्लटुथ ५.०,ए-जीपीए,३ जी,४जि एलटिइ,युएसबी टाईप सी ३.१ आदी फिचर्स रहेका छन् । आईरिस स्क्यानर,फिंगर प्रिन्ट,एक्सेलेरोमीटर,जायरो,प्रोक्सीमिटि कम्पास,हार्ट रेट,एसपीओ २ लगायतका सेंसर यसमा छन् ।

३००० एमएएचको पावरफुल ब्याट्रीको प्रयोग भएको यो फोनमा,एकेजी स्टर्रियो स्पिकर,ईन्टेलिजेंट स्क्यान, सामसुङ डीएक्स,एआर इमोजी ,३.५ एमएम हेडफोन ज्याक र आइपिएस ६८ सर्टिफाइड,फास्ट चार्जिङ लगायतका फिचर्स उपलब्ध छन् ।  बजारमा ग्यालेक्सी एस ९ को मिडनाइट ब्ल्याक,टिटनियम ग्रे ,पर्पल र कोरल ब्लु कलर भेरियन्ट कलरमा उपलब्ध छन् ।

\"\"

सामसुङ ग्यालेक्सी एस ९ प्लसको स्पेसीफिकेशन :

सामसुङ ग्यालेक्सी एस ९ प्लसमा ६.२ इन्चको ठुलो सुपर एमोलेड डिस्प्ले छ । फोनको अगाडी र पछाडी दुवै साइडमा गोरिल्ला ग्लास ५ को सुरक्षा प्रदान गरिएको छ । सामसुङको यो नयाँ डिभाइसमा १४४०x२९६० पिक्सेलको रेजोलुसन र १८.५ : ९ को एस्पेक्ट रेसियो रहेको छ र ५२९ पीपीआइ पिक्सेल डेन्सीटि छ ।

एन्ड्रोइडको ८.१ ओरियो ओपरेटिङ सिस्टम सिस्टममा चल्ने सामसुङ ग्यालेक्सी एस ९ प्लसमा स्न्यापड्रागन ८४५ र एक्सीनस ९८१० को चिपसेटको प्रयोग गरिएको छ । ६ जीबी र्याम तथा ६४/१२८/२५६ जीबी इन्टरनल स्टोरेज भेरिएन्टमा यो उपलब्ध रहेको छ । जसलाई एसडीकार्डको सहयोगमा २५६ जीबी सम्म बढाउन सकिन्छ ।

सामसुङको यो नयाँ डिभाइसमा क्यामेराको कुरा गर्दा,यसमा डुअल एपर्चर रहेको छ। १२+१२ मेगपिक्सेलको डुअल रियर क्यामेरा छ, एफ/१.५ र एफ/२.४ गरि दुइवटा एपर्चरहरु राखिएको छ । रियर क्यामेरामा ओआइएस,फेज डीटेक्सन अटोफोकस,२x अप्टिकल जुम तथा एलइडी फ्ल्याश जस्ता फिचर्सहरु यो फोनमा समाबेश छ । यो फोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ र यसमा एफ/१.७ एपर्चर रहेको छ ।

वाईफाई,ब्लुटुथ ५.०,ए जीपीएस,३ जी,४जि एलटिइ,युएसबि टाइप सी ३.१ आदि कनेक्टिभिटी फिचर्स यो फोनमा छ । साथै सेन्सरहरुमा आइरिस स्क्यानर,फिंगरप्रिन्ट,एक्सेलेरोमिटर,जायरो,प्रोक्सीमिटि,कम्पास,ब्यारोमिटर ,हार्ट रेट एसपीओ २ लगायतका फिचरहरु छन् । यी सम्पूर्ण कुराहरु अपरेट गर्नका लागि यो फोनमा ३५०० इमएएचको नन् रेमुभेबल ब्याट्रीको प्रयोग गरिएको छ ।

यी बाहेक फोनमा एकेजी स्टेरियो स्पिकर,इन्टेलीजेन्ट स्क्यान,एआर इमोजी,३.५ एमएम हेडफोन ज्याक आदि फिचर्स यसमा छ र आइपी ६८ सर्टिफाइड भएका कारण यसमा धुलो तथा पानी यसमा पस्न सक्दैन । यो सँगसँगै यसमा वायरलेस फास्ट चर्जीङ सिस्टम र स्लोमोसन एचडी भिडियो समेत खिच्न मिल्छ । सामसुङ ग्यालेक्सी एस ९ प्लस मिडनाइट ब्ल्याक, टिटानियम ग्रे,पर्पल तथा कोरल ब्लु कलर अप्सनमा बजारमा उपलब्ध छ ।

\"\"

सामसुङ ग्यालेक्सी एस ९ र एस ९ प्लसको नेपाली मूल्य :

नेपाली बजारमा सामसुङ ग्यालेक्सी एस ९ र एस ९ प्लसको मूल्य क्रमश: ९२ हजार ९ सय र १ लाख ४ हजार ९ सय तोकिएको छ । तर उपभोक्ताहरुका लागि सामसुङ नेपालले दुवै स्मार्टफोनको खरिदमा रु ५ हजारको क्याश ब्याक अफर राखेको छ ।

अर्थात् ग्यालेक्सी एस ९ मूल्य रु ८७ हजार ९ सय र एस ९ प्लस मूल्य रु ९९ हजार ९ सयमा खरिद गर्न सकिन्छ  । साथसाथै ग्यालेक्सी एस ९ र एस ९ प्लसको अनलाइन मार्फत प्रि -बुकीङको समेत ब्यबस्था रहेको छ,भने अफलाइनमा भने मार्च २३,२०१८ देखि खरिद गर्न सकिनेछ ।