कीवर्डहरू -

आइटी विद्यार्थीलाई लक्षित गर्दै डियरवाकमा बिहिबार ‘जब फेयर’ हुने

आइटी विद्यार्थीलाई लक्षित गर्दै डियरवाकमा बिहिबार ‘जब फेयर’ हुने

डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा काठमाडौंमा यही बिहीबार जब फेयर ( DWIT Job Fair) हुने भएको छ । दोस्रो संस्करणको जब फेयरको रुपमा हुन लागेको यो कार्यक्रम सिफलस्थित डियरवाक कम्प्लेक्समा हुने छ ।

कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म हुने छ । मेरो जबडटकमको सहआयोजना रहेको जब फेयर नेपालकै सबैभन्दा ठूलो आइटी जब फेयर भएको बताइएको छ ।

वार्षिक रुपमा हुने यो कार्यक्रमले आइटी एकाडेमिया र आइटी इन्डस्ट्रीलाई एकै प्लाटफर्ममा ल्याई प्रत्यक्ष अन्तक्र्रिया गर्न पाउने छन् । सन् २०१७ मा आयोजित पहिलो संस्करणको जब फेयरमा २० भन्दा बढी सफ्टवेयर कम्पनी एक हजार २ सय जनाभन्दा बढीले सहभागिता जनाएका थिए ।

यो निःशुल्क कार्यक्रम हो । कम्प्युटर साइन्स र आइटी विषय पढिरहेका वा पढाइ सकेकाहरु कार्यक्रममा सहभागी हुन सक्नेछन् । सो अवसरमा कम्पनीहरुले जब इन्टरभ्यु, प्लेसमेन्ट टेस्ट र वर्कसपका कार्यक्रम गर्दै आफूलाई आवश्यक रिसोर्सेस पुरा गर्न इन्टर्नसिप र फुल टाइम जबको व्यवस्थासमेत गर्ने छन् ।

फ्रि रजिस्ट्रेशनका लागि : http://jobfair.dwit.edu.np/