कीवर्डहरू -

प्रसिद्ध भौतिकशास्त्री स्टीफन हकिङको ७६ वर्षको उमेरमा निधन

प्रसिद्ध भौतिकशास्त्री स्टीफन हकिङको ७६ वर्षको उमेरमा निधन

प्रख्यात भौतिकशास्त्री स्टीफन हकिङको निधन भएको छ । लामो समयदेखि शरीरको थुप्रै भाग नचल्ने रोगबाट पीडित हकिङको ७६ वर्षको उमेरमा निधन भएको हो ।

विश्वकै चर्चित वैज्ञानिक र प्राध्यापक हकिङलाई न्युटनपछिका ठूलो वैज्ञानिकको रुपमा संसारभर सम्मान गरिन्छ । शारीरिक रुपले अशक्त भए पनि विज्ञानको पुरै युग हाँकेका हकिङ ब्ल्याक होल र सापेक्षतावादमा अभूतपूर्व कामका लागि प्रसिद्धि कमाएका छन् ।

उनी २१ वर्षकै उमेरमा दुर्लभ रोग मोटर न्युरोनबाट पीडित थिए । डाक्टरले २ वर्षमात्रै बाँच्छ भनेका हकिङको ५५ वर्षपछि आफ्नै क्याम्ब्रिज निवासमा शान्तिपूर्वक निधन भयो । यो अवधिमा उनले विवाह गरे । ३ सन्तानका बुवा बने । तर समयान्तरमा पुरै शरीर नचल्ने गरी प्यारालाइज्ड भए । 

उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ किताब संसारभर सबैभन्दा बढी बिक्री भएको मानिन्छ । 

हकिङको जन्म बेलायतमा ८ जनवरी १९४२ मा भएको थियो । सधैं व्हील चियरमा रहने उनले शारीरिक असक्षमताका बाबजुद मानिसले केसम्म गर्न सक्छ भन्ने मानक बनाएका छन् ।

सन् २०१४ मा उनको जीवनीमा आधारित द थ्योरी अफ एभ्रिथिङ नामक फिल्म रिलिज भएको थियो ।