कीवर्डहरू -

सार्क क्षेत्रको डिजिटल इकोसिस्टम तथा नवीन व्यापारबारे सम्मेलन तथा अवार्ड कार्यक्रम सम्पन्न 

सार्क क्षेत्रको डिजिटल इकोसिस्टम तथा नवीन व्यापारबारे सम्मेलन तथा अवार्ड कार्यक्रम सम्पन्न 

फ्रस्ट एण्ड सलीभनले आफ्नो “फ्लागसीप” सम्मेलन वृद्धि, नवीनता तथा नेतृत्वसम्बन्धी दक्षिण एशियाली सम्मेलन २०१८ काठमाण्डौँ स्थित सोल्टी होटलमा भर्खरै सम्पन्न गरेको छ । उक्त सम्मेलन “डिजिटल रूपान्तरणः व्यावसायिक तथा सामाजिक प्रभाव” शीर्षकको सेरेफेरोमा रहेर सम्बन्धित उद्योगका विज्ञ, फ्रस्ट एण्ड सलीभनका विषय विज्ञ, र उदाहरणीय काम गरेका प्यानलिष्टहरुबाट उत्प्रेरक मन्तव्य तथा सत्रहरु सञ्चालन भएका थिए ।

२५ भन्दा बढी सम्बन्धित उद्योगका दिग्गज व्यक्तित्वहरुले शीर्षकमा आधारित भएर आफ्नो धारणा राखेका थिए भने डिजिटल दक्षिण एशियाको परिकल्पना गर्न १५० भन्दा बढी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

फ्रस्ट एण्ड सलीभनका प्रबन्ध निर्देशक श्री मंगेश लाल श्रेष्ठले दीप प्रज्वलन र स्वागत मन्तव्य गरेसँगै सम्मलेलन शुरु भएको थियो । श्रेष्ठले सम्मलेनको यहाँसम्मको यात्रा र विश्वव्यापी अर्थतन्त्रमा अघि बढ्न सबै सुत्रधारहरुका लागि आजको समयमा नवीनतम रणनीतिहरु किन जरुरी छ भन्ने विषयमा आफ्नो भनाइ राखेका थिए । “प्रतिस्पर्धात्मक व्यापारिक वातावरणमा व्यक्ति तथा कम्पनी दुवैका हैसियतले अघि बढ्नका लागि आजको समयमा नवीनता नयाँ मार्गनिर्देशन भएर आएको छ ।

डिजिटल रुपान्तरण एक उपयुक्त साधन हुनसक्छ जसले विभिन्न आर्थिक तथा सामाजिक क्षेत्रमा नयाँ अवसरको सिर्जना तथा सशक्तिकरण गर्दैै दक्षिण एशियामा विकासको गतिलाई बढावा दिन सक्छ”, श्रेष्ठले भने ।

सम्मेलनको पहिलो मन्तव्य तथा प्रस्तुती आर्थिक रूपान्तरण तथा समायोजन – दक्षिण एशियाको वृद्धि तथा लगानीको अवसरहरूमा केन्द्रित रहेको थियो । फ्रस्ट एण्ड सलीभनका अनुसार, सन २०२५ सम्म दक्षिण एशियाली क्षेत्रको समग्र अर्थिक बृद्धी दर ८.३५ कायम रहने छ भने अर्थिक क्षेत्रमा सार्क राष्ट्रहरुले गर्ने योगदान सन २०२५ सम्ममा ५.३५ पुग्ने छ ।

गत बर्ष उक्त योगदान ३.६५ रहेको थियो । वरिष्ठ विज्ञ तथा सम्बन्धित उद्योगका विज्ञहरुले यस क्षेत्रमा रहेको संभावना जस्तैः उर्जा, कृषि तथा पर्यटनका बारेमा चर्चा गरेका थिए । उक्त कार्यक्रमले सार्क क्षेत्रमा पछिल्लो समय भएका राजनीतिक परिवर्तन र त्यसले यस क्षेत्रको अर्थिक वृतमा पारको सकारात्मक बृद्धिका बारेमा प्रकाश पारेको थियो ।

सम्मेलनमा सार्क–चैम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष सुरज वैद्य, सार्क–चैम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका भूतपूर्व अध्यक्ष डाशो उगेन सेछुप दोर्जी, माल्डिभ्सका लागि माननीय वाणिज्यदूत तथा सिजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी, गैर–आवासीय नेपाल महासंघको अन्तर्राष्ट्रिय समन्वय समितिका संस्थापक अध्यक्ष डा० उपेन्द्र महतो र सार्क–चैम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका कार्यकारी सदस्य तथा उद्योग वाणिज्य महासंघ पाकिस्तानका भूतपूर्व अध्यक्ष जुबैर अहमद मलिक लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।

दक्षिण एशियाको परिकल्पनाः डिजिटल अर्थतन्त्र शीर्षक दिएको अन्तक्र्रियात्मक छलफलमा उपस्थित वरिष्ठ विषय विज्ञहरुले ब्लकचेन, आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, भर्चुवल रियालिटी, दूरसञ्चार सेवा क्षेत्र, इ–कमर्श लगायत अन्य प्रमुख परिवर्तनकारी तत्वहरुका बारेमा छलफल गरेका थिए जस्ले दक्षिण एशियामा प्रभाव पार्न सक्छ ।

उक्त सत्रमा फ्रस्ट एण्ड सलीभनका विश्वव्यापी अध्यक्ष तथा प्रबन्ध साझेदार, अरूप जुट्सीले भने, “समग्र विश्व यतिबेला डिजिटल क्रान्तिको अनुभव गरिरहेको छ जस कारण व्यापार तथा समाजमा गुणात्मक रुपान्तरण देखा परेको छ । तथापी दक्षिण एशियाका केही देशहरुले डिजिटल विकासका क्रममा अवरोध अनुभव गरे पनि आगामी बर्ष सार्क क्षेत्रले उदीयमान बजारका लागि उच्च संभावना प्रदर्शन गरेको छ ।”

\"\"

साँझको कार्यक्रम फ्रस्ट एण्ड सलीभनको २०१८ दक्षिण एशिया सफलतम् अभ्सास सम्मान बैक्वेटसँगै समापन भएको थियो जसमा निकट भविष्यमा उद्योगहरुका लागि उत्प्रेरकको काम गर्ने तथा उद्योगहरुलाई रुपान्तरण गर्न भूमिका खेल्न सक्ने गरी नवीनता, समायोजनकारी सोच भएका तथा उन्नत प्रविधिका क्षेत्रका कम्पनीहरुलाई उनीहरुले हासिल गरेको उपलब्धीका लागि सम्मान गरेको थियो ।

यो कार्यक्रम हाम्रो आधिकारीक होटल साझेदार – सोल्टी होटल, मिडिया साझेदार – इकान्तिपुर तथा काठमाण्डौँ पोस्ट, रणनीतिक साझेदार – सार्क चैम्बर अफ कमर्श एण्ड इन्डष्ट्री, एलायन्स साझेदार – नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाली युवा उद्यमी मञ्च, एशियन–ओसियन कम्प्युटिङ इन्डष्ट्री अर्गनाइजेसन, र कम्प्युटर एसोसिएसन नेपाल (क्यान), स्वर्ण साझेदार – एक्सेलर समूह तथा सिएएस, रजत साझेदार – इन्टरनेश्नल मनि एक्सप्रेस र प्रिस्टेलर भेन्चर्स्, एयरलाइन साझेदार – कतार एयरवेज, सहयोगी साझेदार – एम. नेपाल लि. र सिक्स्ट, तथा अन्तर्राष्ट्रिय मिडिया साझेदार – टेक्नोलोजी टाइम्स्, पाकिस्तान र स्वास्थ्य सेवा साझेदार – नेपाल मेडिसिटीको सहयोगमा आयोजना भएको थियो ।

फ्रस्ट एण्ड सलीभनको २०१८ दक्षिण एशिया सफलतम् अभ्सास सम्मान बैक्वेटबाट सम्मानित कम्पनीहरु


कम्पनी सम्मान                       सम्मानित कम्पनी


२०१८ नेपाल कृषि सेवा प्रदायक वर्ष कम्पनी अवार्ड    निम्बस् होल्डिङ्गस् प्रा.लि.
२०१८ नेपाल सामाजिक उत्तरदायित्व वर्ष कम्पनी – निजी क्षेत्र अवार्ड    चौधरी ग्रुप प्रा. लि.
२०१८ नेपाल घरेलु एयरलाइन्स वर्ष कम्पनी अवार्ड    बुद्ध एयर प्रा. लि.
२०१८ नेपाल अटोमोटिभ उद्योग कस्टमर भ्यालु नेतृत्व अवार्ड    सिप्रदी टेडिङ्ग प्रा. लि.
२०१८ नेपाल बजार नेतृत्व अवार्ड – जलविद्युत     बुटवल पावर कम्पनी लि.
२०१८ नेपाल प्रडक्ट लाइन रणनीति अवार्ड – खाद्य तथा पेय पदार्थ    डाबर नेपाल प्रा. लि.
२०१८ पाकिस्तान प्रडक्ट लाइन रणनीति अवार्ड – खाद्य तथा डेरी उत्पादन    हलिब फुड्स लि.
२०१८ पाकिस्तान प्रविधि नेतृत्व अवार्ड – सञ्चार तथा सूचना प्रविधि    सिस्टम्स् लि.
२०१८ पाकिस्तान आर्थिक विकास अवार्ड – साना तथा मझौला उद्योग क्षेत्र    साना तथा मझौला उद्यम विकास प्राधिकरण (एसएमइडिए)
२०१८ श्रीलङ्का लजिस्टिक कम्पनी वर्ष अवार्ड     एक्स्पोलङ्का फ्राइट (प्रा.) लि.
२०१८ श्रीलङ्का वर्षको बैंक अवार्ड    कमसियल बैंक अफ सेयलन पिएलसी

फ्रस्ट एण्ड सलीभन एउटा वृद्धि साझेदार कम्पनी हो ।