कीवर्डहरू -

डुअल क्यामेरा सहितको हुवावेको वाई ७ प्राइम (२०१८) सार्वजनिक

डुअल क्यामेरा सहितको हुवावेको वाई ७ प्राइम (२०१८) सार्वजनिक

स्मार्टफोन इन्डस्ट्रीमा हुवावे एकदमै प्रचलित नाम हो । बिगत केहि समय यता हुवावेले आधुनिक फिचर सहितका नयाँ मोडलका स्मार्टफोनहरु विश्वबजारमा ल्याएको छ । नोभा २ आइ,मेट १० प्रो तथा पी १० प्लस लगायतका हुवावेका स्मार्टफोनहरु बजारमा आइसकेका छन् र धेरै चर्चा कमाउन सफल भएको छन ।

पेरिसमा आयोजना भएको एक कार्यक्रममा हुवावेले एकैसाथ तीन फ्ल्यागशिप फोनहरु हुवावे पी २०,पी २० प्रो र मेट आरएस सार्वजनिक गर्यो । यो सँगसँगै हुवावे वाई ७ प्राईम २०१५ पनि सार्वजनिक गर्यो ।

६ इन्चको डिस्प्ले साइज भएको हुवावे वाई ७ प्राइममा १८:९ एस्क्पेक्ट रेसियो सहितको फुल भिजन डिस्प्ले छ । यसबाहेक यो फोनमा  डुअल रियर फेसिंग क्यामेरा छ । जसमा २ एमपीको सेन्सरको प्रयोग भने पोट्रेट मोडमा शुट गर्नको लागि गरिन्छ । र मुख्य सेन्सर भने १२ मेगापिक्सेल रेजोलुसनको रहेको छ ।

\"\"

त्यस्तै रियरमा अटोफोकस,फेज डीटेक्सन,फेस डीटेक्सन,टच फोकस,जिओ ट्यागिङ एचडीआर तथा एलइडी फ्ल्याश जस्ता फिचरहरु समाबेश छ । हुवावे वाई ७ प्राइम २०१८ को फ्रन्टमा भने ८ मेगपिक्सेलको सेन्सर राखिएको छ ।

फोनको प्रस्तुतिको  कुरा गर्नुपर्दा  यसमा ३ जीबी र्याम र ३२ जीबी अन्बोर्ड स्टोरेज उपलब्ध छ ।

जसलाई एसडी कार्डको सहायतामा बढाउन सकिन्छ । वाई ७ मा स्न्यापड्रागन ४३० प्रोसेसर पावर भएको छ । फोनको अर्को राम्रो पक्ष के छ भने यसमा एन्ड्रोइड ८.० ओरियो अपरेटिङ सिस्टम राखिएको छ ।

सबैलाई अपरेट गर्नका लागि फोनमा ३००० एमएएचको नन रिमुभेबल ब्याट्रीको प्रयोग गरिएको छ । फिंगरप्रिन्ट,एक्सेलेरोमिटर,प्रोक्सीमिटि,कम्पास लगायतका सेन्सरहरु फोनमा उपलब्ध छ ।

हुवावेको वाई सेभेन प्राईम  २०१८ अप्रिलको तेस्रो हफ्तामा नेपालमा लन्च हुने बताइएको छ भने यसको नेपाली मूल्य २२० हजार रुपैया पर्ने अनुमान गरिएको छ ।