कीवर्डहरू -

आइटी बिज्ञको रुपमा मेरो प्राथमिकता \'आधुनिकता र देशको समृद्धि\'मा रहनेछ - अस्गर अलि

आइटी बिज्ञको रुपमा मेरो प्राथमिकता \'आधुनिकता र देशको समृद्धि\'मा रहनेछ - अस्गर अलि

अस्गर अलि, नव नियुक्त सल्लाहकार (आइटी बिज्ञ), प्रधानमन्त्री, नेपाल सरकार

नेपाल सरकारले सम्भबत पहिलो पटक आइटी उद्योगबाट प्रतिनिधित्व हुनेगरि आइटी सल्लाहकारको रुपमा इसेवाका सिइओ अस्गर अलिलाइ नियुक्त गरेको छ । अब सरकार आइटी क्षेत्रलाइ कसरि प्राथमिकतामा राख्छ र के के कामको योजना छन् भन्ने बिषयमा लिभिंग विथ आइसिटीले अलिसँग बिसेष कुराकानी गरेको छ :

तपाइलाई सरकारले आइटी बिज्ञ सल्लाहकारको रुपमा नियुक्त गर्यो, यो सौभाग्य कसरि प्राप्त भयो ?

सौभाग्य भन्दा पनि ठुलो जिम्मेवारी प्राप्त भएको छ । नेपालका सम्मननीय प्रधानमन्त्रीको  सम्बृद्ध नेपाल र सुखी नेपाली भन्ने जुन सपना छ,त्यसलाई सकार पार्नको लागि आइटीको भूमिका एकदमै ठुलो रहन्छ । सरकारले आफ्नो पहुँच जनता समक्ष पुर्याउनको लागि र जनताको जीवनस्तर उकास्नको लागि जति पनि कामहरु गर्नु पर्ने हुन्छ यसको लागि सरकारले आइटीलाई नजरअन्दाज गर्न सक्दैन भन्ने कुरामा हाम्रो प्रधानमन्त्रि एकदम स्पष्ट हुनुहुन्छ ।

नेपालको सरकारी क्षेत्रमा कामकाजको लागि सफ्टवेयर देखि लिएर विभिन्न किसिमका सूचना तथा प्रबिधिहरुको प्रयोग हुने गरेको छ र यी कुराहरुलाई एउटै केन्द्रमा समायोजन गर्नका लागि कुनै पनि निकाय छैन यसकारण यी सम्पूर्ण कुराहरुलाई समायोजन गरेर कसरि अगाडी बढ्ने,त्यसैका लागि आइटी बिज्ञ सल्लाहकारको रुपमा मेरो महत्वपूर्ण भूमिका रहनेछ ।

\"\"

तपाई पहिलो पटक नेपाल सरकार तथा प्रधानमन्त्रीको आइटी बिज्ञको रुपमा नियुक्त हुनुभएको छ । यसको मतलब, अब सरकाले आइटीलाई साचिकै प्राथमिकतामा राखेको हो त ?

यो पटकको सरकारले आइटीलाई दुई वटा कुरामा प्राथमिकतामा राखेको छ, पहिलो के भने सरकार आफैँले   सुशासनको लागि आइटिलाई प्रयोग गर्ने तथा अर्को रोजगारीको सिर्जना गर्नका लागि बाहिर प्रयोग भएका प्रबिधि नेपाल कसरि भित्र्याउने भन्ने योजना छ । यहि दुईटा प्रोजेक्टलाई अगाडी बढाउनको लागि सरकारले आइटीलाई महत्त्व दिएको छ ।

सरकारलाई आइटीको विकासको लागि के कस्तो सलाह दिनुहुन्छ ? तपाइको प्राथमिकता के रहनेछ ?

पहिलो कुरा आइटी विकासको लागि हामीले इ-गभर्नेन्स तथा नेशनल आइडीलाई बढी फोकस गर्नेछौँ । त्यसपछि सरकारी स्तरबाट जनताहरुलाइ जे जति सेवा सुबिधा प्रधान गर्नु पर्ने हो त्यो कुरामा हामीले बढी जोड दिनेछौँ  । र आइटी बिज्ञको रुपमा मेरो प्राथमिकता आधुनिकता र देशको समृद्धिमा रहनेछ ।

सरकारले के कस्ता काम गर्ने योजना बनाएको छ ? तत्काल हुने वा निर्णय भएका काम केहि छन् ?

यसको अहिले चाही दीर्घकालीन तथा अल्पकालिन योजनाहरु बनाएर अघि बढ्ने उद्देश्य छ । यहि योजनाको लागि अहिले हामि काम गरिरहेका छौ । के कस्ता कामहरु गर्ने भनेर अहिलेनै निश्चित भएको छैन र बजेट भाषण पछि मात्र बिस्तृत रुपमा के कस्ता काम गर्ने ति कार्यहरुको सुची तयार हुने छ । अहिले मुख्य कुरा चाही सरकारले सुशासनको लागि आइटीको प्रयोग गर्ने जुन प्रोग्राम छ त्यसैलाई लिएर अगाडी आउने छौँ  ।

इसेवा मात्र नभएर देशकै आइटी उद्योगलाई प्रबर्धन गर्ने जिम्मेबार ठाउमा पुग्नु भएको छ,.यो भूमिका कसरि निभाउनु हुन्छ ?

देशमा सरकारका आइटी निकायहरु छन्, राम्रो सँग काम पनि गरिरहेका छन्,यीनै निकायहरुको लागि समन्वय गराएर अघि बढ्नको लागि आइटी बिषेशज्ञको रुपमा मेरो भूमिका रहनेछ । अर्थात यी सम्पूर्ण आइटिका निकायहरुमा के कस्ता कमि कमजोरीहरु र अफ्ठ्याराहरु छन् ,यी समस्या तथा कमि कमजोरीलाई कसरि हटाउने यी कुराहरुमा मेरो बिशेष भूमिका रहनेछ ।