कीवर्डहरू -

कामना सेवा विकास बैंक पनि अब ‘कर्पोरेट पे’ प्रणालीमा

कामना सेवा विकास बैंक पनि अब ‘कर्पोरेट पे’ प्रणालीमा

कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच ‘कर्पोरेट पे’ सञ्चालन गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

नेपाल क्लियरिङ हाउसका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत निलेश मान सिहं प्रधान  र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सेवामार्फत कर्र्पाेरेट ग्राहकहरुले सरल तथा सुरक्षित तवरबाट फण्ड ट्रान्सफर, विभिन्न प्रकारका भुक्तानीहरु र सरकारी कर लगायत अन्य धेरै डिजिटल पेमेन्टहरु घरमा नै बसि भुक्तानी गर्न सक्ने छन् ।

बैंकले सो सम्झौता पश्चात  यो सेवा कर्पाेरेट गा्रहका लागि छिट्टै नै सञ्चालनमा ल्याउने छ तथा यस सेवाले कोभिड १९ को चुनौतिपूर्ण अवस्थामा डिजिटल कारोवार गर्न थप सहजता प्रदान गर्ने बैंकले जनाएको छ ।