कीवर्डहरू -

 ‘नयाँ भर्नाको लागि प्रवेश परीक्षा लिइरहेका छौँ’ 

 ‘नयाँ भर्नाको लागि प्रवेश परीक्षा लिइरहेका छौँ’ 

सन् २००१ मा स्थापना भएको नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसीआइटी) पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो । कलेजले ब्याचलर्स तथा मास्टर्सका विभिन्न कोर्षहरु सञ्चालन गर्दैं आएकि छ ।

यो वर्ष कोरोना महामारीले शैक्षिक शत्र केही ढिला हुन गयो र ब्याचलर्सका कोर्षहरु भर्खर शुरु हुने तयारीमा छन् । ब्याचलरका कोर्षहरु भर्खर शुरू हुने तयारी हुँदा कलेजको तयारी कस्तो छ, कस्ता कस्ता कोर्ष पढाइ हुन्छन्, शूल्क कति छ लगायतका विषयमा एनसीआइटी कलेजका प्रिन्सीपल निरञ्जन खकुरेल सँग आइसिटी समाचारका लागि स्नेहा झा ले गरेको कुराकानीः

कोरोना महामारीको समयमा कोर्स र कलेज कसरी सञ्चालन गर्नुभयो ?

हामीले कोरोना महामारीको समयमा नियमित रुपमा कक्षा सञ्चालन गरिरहेका थियौं । विभिन्न भर्चुअल माध्यमहरुको प्रयोग गरेर हामीले नियमित कक्षा सञ्चालन गरेका थियौं ।

अनलाइन कक्षाका लागि एनसीआईटी आफैले विकास गरेको लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएएस) पनि प्रयोग गरेका थियौं । त्यस्तै अनलाइन कक्षाका लागी माइक्रोसफ्ट टिम्स, गूगल क्लासरुम जस्तो भर्चुअल प्लेटफर्महरुको प्रयोग गरेर कक्षाहरु सञ्चालन गरिरहेका थियौं ।

यस वर्षको स्नातक तहका कोर्षहरु भर्खरै सुरु हुने तयारीमा छन्, यसमा तपाईहरुको के कस्तो तयारी रहेको छ ?

कोरोना महामारीले गर्दा यस वर्षको शैक्षिक शत्रमा केही परिवर्तन भयो । तैपनि स्नातक तहका कोर्षहरु राम्रो ढङ्गले सञ्चालन गर्ने कलेजको योजना छ र यसका लागी कलेजले अहिले प्रवेश परीक्षा पनि लिइरहेको छ ।

एनसीआइटीमा कुन कुन कोर्षहरु छन् र कसले पढ्न पाउँछन् ?

एनसीआईटी कलेजले स्नातक र स्नातकोत्तर तहको शिक्षा दिने गर्दछ । कलेजले स्नातक तहमा इन्जिनियरिङ, बीबीए, बीसीएको अध्ययन गराउने गर्दछ भने स्नातकोत्तरमा एमएससी र एमसीआइएस जस्ता कोर्षहरु सञ्चालन गर्दैं आएको छ ।

इन्जिनियरिङ तहमा कम्प्यूटर सफ्टवेयर, आइटी इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, सफ्टवेयर इन्जिनियरिङ, इलेक्ट्रोनिक इन्जिनियरिङ आदी कोर्षहरु पढाई हुन्छन् ।

इन्जिनियरिङ तहका कोर्षहरु साइन्स पढेका विद्यार्थीहरुले अध्ययन गर्न पाउँछन् र त्यसमा पनि दुवै बायो र फिजिकल विज्ञानका विद्यार्थीहरुले अध्ययन गर्न पाउँछन् । इन्जिनियरिङ पढ्नका लागी सबै विषयमा सी ग्रेड आएको हुनुपर्छ ।

बीसीए भने म्यानेजमेन्टका विद्यार्थीले पढ्न पाउनेछन् तर ती विद्यार्थीले प्लस टू मा भने कम्प्यूटर साइन्स वा गणित विषय पढेको हुनुपर्छ ।  एनसीआइटी कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रहेको छ । बीबीए पढ्नका लागी कम्तीमा बी प्लस ग्रेड हुनुपर्छ र १.८९ जीपीए हुनुपर्छ ।

नयाँ ब्याचका चार वर्षे प्रोग्राम कसरी सञ्चालन हुन्छ ?

नयाँ ब्याचका कक्षाहरु भौतिक रुपमा नै सञ्चालन हुने हुँदा कोर्ष पढाउन र सम्पन्न गर्नमा कुनै समस्या हुदैन् ।

विद्यार्थीहरुका लागी केही विशेष छुट, छात्रवृत्ति या अफर छ ?

विद्यार्थीहरुले अहिले भइरहेको प्रवेश परिक्षाको आधारमा राम्रो गरेमा केही विशेष छुट पाउन सक्छन् । त्यस्तै आन्तरिक परिक्षामा शिर्ष स्थानको विद्यार्थीलाई कक्षा छात्रवृत्ति प्रदान गरिनेछ । ११ र १२ कक्षाको जीपीएको आधारमा पनि छुट दिइनेछ ।

कोर्षहरु केही परिमार्जित गरिएको छ, यो वर्ष ?

यस वर्ष कोर्षमा कुनै परिवर्तन छैन तर समय सापेक्ष इलेक्टीभ या स्पेसिलाइजड कोर्ष भने बिचमा थपिन सक्छ ।

एडमिसन प्रक्रिया र शुल्क बारे केही जानकारी गराइदिनुस न ।

एडमिसन प्रक्रिया र शूल्कको जानकारी कलेजको आधिकारिक वेबसाइट बाट लिन सकिन्छ । त्यहाँबाट लाइभ परामर्श समेत लिन सकिन्छ । अनलाइन बाटै इन्ट्रान्सको फर्म पनि भर्न मिल्छ । शुल्क हेर्दा छात्रवृत्ति बाहेक सिभिल इन्जिनियरिङको १२ लाख र अरु कोर्सको १० देखि ११ लाख रहेको छ ।