कीवर्डहरू -

‘हामीले विद्यार्थीलाई २५ देखि १०० प्रतिशतसम्म स्कलरसीपको व्यवस्था गरेका छौं’

‘हामीले विद्यार्थीलाई २५ देखि १०० प्रतिशतसम्म स्कलरसीपको व्यवस्था गरेका छौं’

फ्टवेरिका कलेजले विगत एक दशक देखि नेपालमा आइटी शिक्षा प्रदान गरिरहेको छ । बेलायतको कोभेन्ट्री विश्वविद्यालयबाट मान्यता प्राप्त कलेजले हाल ब्याचलरमा ३ वर्षे २ वटा कोर्ष सञ्चालन गरिरहेको छ ।

यो वर्ष कोरोना महामारीले शैक्षिक शत्र केही ढिला हुन गयो र ब्याचलर्सका कोर्षहरु भर्खर शुरु हुने तयारीमा छन् ।

ब्याचलरका कोर्षहरु भर्खर शुरू हुने तयारी हुँदा कलेजको तयारी कस्तो छ, कस्ता कस्ता कोर्ष पढाइ हुन्छन्, शूल्क कति छ लगायतका विषयमा सफ्टवेरिका कलेजका विजनेस डाइरेक्टर अमृत थापा सँग आइसिटी समाचारका लागि कमल केसी ले गरेको कुराकानीः

कोरोना महामारीको समयमा कोर्ष र कलेज कसरी सञ्चालन गर्नुभयो ?

कोरोना महामारीको समयमा हामीले नियमित क्लास जस्तै अनलाइनबाटै कक्षा सञ्चालन गरेका थियौं । अनलाइन कक्षाका लागि सफ्टवेरिका कलेज आफैले विकास गरेको ‘क्याम्पस ४.०’ नामक लर्निङ म्यानेजमेन्ट सिस्टम सफ्टवेयर प्रयोग गरेका थियौं ।

साथै हामीले कोरोना महामारीको समयमा भर्चुअल रुपमा नै कलेज सञ्चालन गरेका थियौं ।

यस वर्षको स्नातक तहका कोर्षहरु भर्खरै सुरु हुने तयारीमा छन्, यसमा तपाईहरुको के कस्तो तयारी रहेको छ ?

यो वर्ष हामीले अनलाइन र अफलाइन दुबै माध्यमबाट कक्षा सञ्चालन गर्छौं । हामीले अहिले ७० प्रतिशत उपस्थिति अनिवार्य गरेका छौं, जुन पहिलो ८० प्रतिशत उपस्थिति अनिवार्य थियो । हामी पूर्ण रूपमा सामाजिक दूरी कायम गरी कक्षा सञ्चालन गर्छौं ।

हाल हामीले १२० जना विद्यार्थी बसेर पढ्न सक्ने, असाइमेन्ट गर्न सक्ने, का गर्न र प्रोजेक्ट गर्न मिल्ने गरी आउटडोर स्पेश तयार भइरहेको छ । अब एकहप्ता जतिमा त्यो स्पेस ओपन हुन्छ होला । नयाँ आउने ब्याचका लागि हामीले राम्रो तयारी गरिरहेका छौं ।

सफ्टवेरिका कलेजमा कुन कुन कोर्षहरु पढाइ हुन्छन् र कसले पढ्न पाउँछन् ?

हामीसँग अहिले बीएससी अर्नस इन कम्प्युटिङ र बीएससी अनर्स इन इथिकल ह्याकिङ एण्ड साइबर सेक्युरिटी गरी दुईओटा कोर्ष छन् ।

यी कोर्ष पढ्नका लागि सबैभन्दा पहिले कक्षा १२ पास भएको हुनुपर्छ । अनि कलेजले एउटा प्रवेश परिक्षा लिन्छ । उक्त प्रवेश परिक्षामा पनि पास हुनुपर्छ । त्यसपछि सफ्टवेरिका कलेजमा अध्ययन गर्न सकिन्छ ।

नयाँ ब्याचको चार वर्षे कार्यक्रम कसरी सन्तुलन गर्नुहुन्छ ?

सफ्टवेरिका कलेज बेलायतको कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त संस्था हो । कोभेन्ट्री विश्वविद्यालय विश्वका उत्कृष्ट ५०० विश्वविद्यालय भित्र पर्छ ।

युकेको एजुकेसन सबै ३ वर्षको हुन्छ । सफ्टवेरिका कलेजमा पनि ३ वर्षको कोर्ष नै पढाई हुन्छ । जुन नेपालको ४ वर्षको कोर्ष बराबर हो ।

कोरोना महामारीले गर्दा हामीले जुन कठिनाईहरु भोग्यौं त्यस्तो समस्यासँग जुध्नको लागि हामीले क्याम्पस ४.०. लर्निङ प्लेटफर्मको विकास गर्‍यौं । अब हामी फुल फेजमै कक्षा सञ्चालन गर्नका लागि तयारी छौं । आर्टिफिसियल इन्टेलिजेन्स, मसिन लर्निङ, इन्टरनेट अफ थिंस, एप्लकेसन डेभल्पमेन्ट, सेक्युरिटी लगायतका विषयमा स्पेसिलाइजेसन गर्न सकिन्छ हाम्रो कोर्षमा ।

नयाँ भर्ना हुने विद्यार्थीका लागि कुनै छूट, छात्रवृत्ति तथा अफर केही छ ?

सफ्टवेरिका कलेजमा २५ प्रतिशत देखि शतप्रतिशत सम्म स्कलरसीप (छात्रवृत्ति) को व्यवस्था छ । यो स्कलरसीप हामीले फस्ट सेमिस्टरको अंकको आधारमा दिने गरेका छौं ।

सफ्टवेरिका कलेजमा कक्षा १२ पास गरेर आउँदा भन्दा पनि विद्यार्थीको फस्ट सेमस्टरको मार्क्सको आधारमा सेकेण्ड सेमस्टरबाट २५ देखि १०० प्रतिशतसम्म स्कलरसीपको व्यवस्था छ ।

हामीसँग कम्प्युटिङ र साइबर सेक्युरिटीको कोर्षमा कूल २०० सीट संख्या रहेको छ । जसमा ५१ जना विद्यार्थीले स्कलरसीप पाउछन् ।

यो वर्ष कोर्षहरुमा केही परिमार्जित गरिएको छ ?

हामीले कोभेन्ट्री विश्वविद्यालयको पाठ्यक्रम पढाउने भएकाले विश्वविद्यालयले पाठ्यक्रम परिमार्जित गर्ने बित्तिकै हामी पनि नयाँ पाठ्यक्रम अनुसार पढाउँछौं ।

यो वर्ष पनि हामीले कम्प्युटिङ र साइबर सेक्युरिटीमा नयाँ पाठ्यक्रम रन गरिरहेका छौं । हामी सिस्कोको पनि एकेडेमीक पार्टनर हौं । त्यसैगरी हामी इथिकल ह्याकिङ काउन्सील युकेको पनि एकेडेमीक पार्टनर हौं ।

हामीले एकेडेमीक सँगसँगै विद्यार्थीलाई प्रमाणपत्रहरु पनि दिइरहेका छौं । त्यस्तै रोबोटिक्स, एआई सम्बन्धि सेमिनारहरु समेत हामीले गरिरहेका हुन्छौं ।

साथै हामीले उत्कृष्ट परियोजनालाई पाँच लाख सम्म अनुदान दिन्छौं । हामीले विद्यार्थीहरुलाई विश्वविद्यालयको निःशुल्क भ्रमण समेत गराउँछौं । जस अन्तरगत सन् २०२१ मा १० जना विद्यार्थी जाँदैं छन् ।

कजेजको एडमिसन प्रक्रिया र शुल्क बारे केही जानकारी गराइदिनुस न ।

विद्यार्थीहरुले भर्ना (एडमिसन) पक्रियाको बारेमा कलेजको वेबसाइट बाटै जानकारी लिन सक्छन् । सफ्टवेरिका कलेजको फी भनेको करिब ११ लाख ६५ हजार रुपैयाँको रेञ्जमा रहेको छ ।

यसमा विश्वविद्यालयको फी देखि सबै कुरा समावेश रहेको छ । यसमा विद्यार्थीले आफ्नो पर्फरमेन्सको आधारमा स्कलरसीप पाउँछन् ।

अन्त्यमा, कलेजले तयार पारेको क्याम्पस ४.० सफ्टवेयरमा के के सुविधा छन् ?

हामीले तयार गरेको क्याम्पस ४.० अन्तर्राष्ट्रिय प्लेटफर्म कोर्सेरा, फ्युचर लर्न लेभलकै हो । यस सफ्टवेयरबाट सबै कुरा ट्रयाक हुन्छ । तपाईले कति मिनेट पढनुभयो, तपाई कुन जोनमा हुनुहुन्छ, तपाईको एटेन्डेन्सले रिजल्टलाई सपोर्ट गरेको छ की छैन्, कति पढ्नुभयो, पढेको कुरा कहाँ छुट्यो त्यो पनि ट्रयाक हुन्छ ।

यसमा तपाई नपढेर र नबुझेर अगाडी बढ्न सक्नुहुन्न । पढेको हरेक २-३ हप्तामा टेष्ट हुन्छ । यदि तपाईले टेष्ट राम्रो गर्नुभएन भने फेरी थप क्लास लिएर रिपिट पढाइन्छ । त्यसपछि मात्रै तपाई अगाडी बड्दै जानुहुन्छ ।

एलएमएसमा हामीले भिडियो ट्युटोरियलहरु पनि बनाएर राखेका छौं । यदि विद्यार्थीले बुझेको छैन भने प्रश्न रेज गर्न पाउँछ र त्यसको छुट्टै भिडियो ट्युटोरियल हुन्छ ।