कीवर्डहरू -

हामीले विद्यार्थीलाई गुणस्तरीय शिक्षाको प्रतिवद्धतासँगै उत्कृष्टलाई छात्रवृत्तिको व्यवस्था गरेका छौं- गंगा सुब्बा

हामी उत्कृष्ट ५ जनालाई १-१ लाख रुपैयाँको स्कलरसीप प्रदान गर्छौं

हामीले विद्यार्थीलाई गुणस्तरीय शिक्षाको प्रतिवद्धतासँगै उत्कृष्टलाई छात्रवृत्तिको व्यवस्था गरेका छौं- गंगा सुब्बा

त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजीले बिगत केही वर्षदेखि नेपालमा आइटी शिक्षा प्रदान गरिरहेको छ । कलेजले हाल ब्याचलरमा त्रिभुवन विश्वविद्यालयका बीएससी सीएसआईटी र बीसीए कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यो वर्ष कोरोना महामारीले शैक्षिक शत्र केही ढिला हुन गयो र ब्याचलर्सका कोर्षहरु भर्खर शुरु हुने तयारीमा छन् । अहिले कलेजहरुले भर्ना लिइरहेका छन् ।

ब्याचलरका कोर्षहरु भर्खर शुरू हुने तयारी हुँदा कलेजको तयारी कस्तो छ, कस्ता कस्ता कोर्ष पढाइ हुन्छन्, शूल्क कति छ लगायतका विषयमा सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजीकी कार्यक्रम संयोजक गंगा सुब्बा सँग आइसिटी समाचारका लागि कमल केसी ले गरेको कुराकानीः


कोरोना महामारीको समयमा कोर्ष र कलेज कसरी सञ्चालन गर्नुभयो ?

कोरोना ममाहारीको समयमा हामीले कक्षा चाँही अनलाइनबाटै सञ्चालन गरेका थियौं । तर कलेज प्रशासन भने खुल्ला नै रहेको थियो ।

साथै अनलाइनबाटै कक्षा सञ्चालन गर्न हामीले जूम र फ्युज क्लासरूम सफ्टवेयर प्रयोग गरेका थियौं ।

यस वर्षको स्नातक तहका कोर्षहरु भर्खरै सुरु हुने तयारीमा छन्, यसमा तपाईहरुको के कस्तो तयारी रहेको छ ?

हो, यसवर्षका स्नातह तहका कोर्षहरु भर्खर शुरु तयारीमा छन् । भर्ना प्रक्रिया शुरु भएको छ । यसका लागि हामीले तयरी गरिरहेका छौं । अब हामी भौतिक रुपमा नै कक्षा सञ्चालन गर्छौं । हामीलाई त्रिभुवन विश्वविद्यालयबाट पनि निर्देशन आइसकेको छ ।

भर्नाका लागि पनि हामीले प्रोमोसनल अन्तरगत मोक टेष्ट, लर्नाथन लगायतका कार्यक्रम गर्दैछौं । सगरमाथा इन्जिनियरिङ कलेज र सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजीको सहकार्यमा हामीले लर्नाथन कार्यक्रम सञ्चालन गरिरहेका छौं ।

भर्नाका लागि पनि हामीले प्रोमोसनल अन्तरगत मोक टेष्ट, लर्नाथन लगायतका कार्यक्रम गर्दैछौं । सगरमाथा इन्जिनियरिङ कलेज र सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजीको सहकार्यमा हामीले लर्नाथन कार्यक्रम सञ्चालन गरिरहेका छौं ।

यस कार्यक्रम अन्तरगत हामीले वेब डिजाइनिङको कोर्ष निःशूल्क सिकाइरहेका छौं । यो एक हप्ताभरी सञ्चालन हुन्छ । जो विद्यार्थी आइटीमा आउन चाहन्छ । उनीहरुको एउटा आधार तयार होस् भनेर हामीले वेब डिजाइनिङको कोर्ष निःशूल्क सिकाइरहेका छौं ।

हामीले विद्यार्थीहरुलाई एक हप्ताको कोर्ष प्रदान गरिसकेपछि प्रोजेक्ट प्रतियोगिता पनि गराउँछौं र उनीहरुले बनाएको उत्कृष्ट प्रोजेक्टलाई चाँही हामी नगद पुरस्कार प्रदान गर्छौं । यसरी हामीले कक्षा १२ पास गरेका विद्यार्थीलाई आइटीमा आउन प्रेरित गरिरहेका छौं ।

यस कार्यक्रममा हालसम्म १० वटा ग्रुपले रजिष्ट्रेसन गरिसकेका छन् । हरेक ग्रुपमा ४०-५० जना विद्यार्थी छन् । सहभागी भएका १० वटा ग्रुपलाई समेटेर १० हप्तापछि अन्तिममा प्रोजेक्ट ट्यालेन्ट भनेर राख्छौ । जसबाट हामीले उत्कृष्ट २ प्रोजेक्ट छनौट गर्छौं र १-१ लाखको नगद पुरस्कार प्रदान गर्छौं ।

यो नगद पुरस्कार भनेको स्कलरसीप हो । हामीले हाम्रो कलेजमा पढ्ने २ जनालाई १-१ लाख रुपैयाँको एउटा बीएससी सीएसआईटटी र अर्को बीसीए कार्यक्रममा स्कलरसीप दिन्छौं । हाल हामीले लर्नाथनको तेस्रो ग्रुपलाई अध्ययन गराइ रहेका छौं । लर्नाथन कार्यक्रम अनलाइन माध्यमबाट सञ्चालन भइरहेको छ ।

सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजीमा कुन कुन कोर्षहरु पढाइ हुन्छन् र कसले पढ्न पाउँछन् ?

सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजीमा बीएससी सीएसआईटी र बीसीए कोर्ष पढाई हुन्छ । बीएससी सीएसआईटीमा ४८ कोटा हुन्छ भने बीसीएमा ३५ कोटा हुन्छ ।

हामीले हाम्रो कलेजमा पढ्ने २ जनालाई १-१ लाख रुपैयाँको एउटा बीएससी सीएसआईटटी र अर्को बीसीए कार्यक्रममा स्कलरसीप दिन्छौं ।

बीएससी सीएसआईटी पढ्न विद्यार्थीहरु प्लस टु पास गरेको र साइन्स ब्याकग्राउण्डबाट हुनुपर्छ । यो कोर्ष बायो र फिजिकल दुबैले पढ्न पाउछन् । बीएससी पढ्ने विद्यार्थीहरुले हरेक विषयमा ग्रेड सी ल्याएको हुनुपर्छ । अर्को कुरा त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संस्थानले लिएको प्रवेश परिक्षामा पास हुनुपर्छ ।

बीसीए कोर्ष पढ्न त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त संस्थाबाट प्लस टु पास गरेको हुनुपर्छ । जसमा ४० प्रतिशत अंक वा डी प्लस ग्रेड वा २ सीजीपीए ल्याएको हुनुपर्छ । साथै त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक विज्ञान संकायले लिएको प्रवेश परिक्षामा पास हुनुपर्छ ।

नयाँ ब्याचको कोर्ष कसरी सन्तुलन गर्नुहुन्छ ?

नयाँ ब्याचको कोर्ष ४ वर्षमा नै सक्ने गरी कसरी काम गर्न सकिन्छ, यसको लागि त्रिभुवन विश्वविद्यालयसँग छलफल गर्नुपर्छ । हाम्रो हातमा यो हुँदैंन । यो कुरा त्रिभुवन विश्वविद्यालयसँग निर्भर रहन्छ ।

नयाँ भर्ना हुने विद्यार्थीका लागि कुनै छूट, छात्रवृत्ति तथा अफर केही छ ?

बीएससी सीएसआईटी र बीसीए पढ्ने विद्यार्थीका लागि यो पटक हामीले धेरै स्कलरसीप स्कीम ल्याएका छौं । मैले अगाडी नि तपाईलाई भनिसके लर्नाथन कार्यक्रममा सहभागी भएका २ जना विद्यार्थीले १-१ लाख रुपैयाँ बराबरको स्कलरसीप पाउँछन् । यो स्कलरसीप एउटा बिएससी सीएसआईटी र अर्को बीसीए कार्यक्रममा लागु हुनेछ ।

त्यसैगरी हामीले बीएससी सीएसआईटीका लागि सगरमाथा स्कलरसीप टेष्ट २०७७ समेत पनि ल्याउँदैछौं । यो टेष्ट हामी टियुले प्रवेश परिक्षा लिनु अगाडी लिन्छौं । यो मोक टेस्टको फर्म्याटमा हुन्छ । यसमा हामी उत्कृष्ट ५ जनालाई १-१ लाख रुपैयाँको स्कलरसीप प्रदान गर्छौं ।

त्यस्तै हामीले बीसीएका लागि पनि सगरमाथा स्कलरसीप टेष्ट २०७७ समेत पनि ल्याउँदैछौं । यो टेष्ट हामी टियुले प्रवेश परिक्षा लिनु अगाडी लिन्छौं । यो मोक टेस्टको फर्म्याटमा हुन्छ । यसमा हामी उत्कृष्ट ५ जनालाई १-१ लाख रुपैयाँको स्कलरसीप प्रदान गर्छौं ।

त्यसैगरी फिमेल विद्यार्थीलाई आइटीमा आउन प्रेरित गर्न हामीले बीसीए कार्यक्रममा एडमिसन शुल्क फ्री गरिदिएका छौं । आइटीमा फिमेलको सहभागी कम भएकाले कलेज शुरु भएदेखि नै हामीले यो योजना ल्याएका हौं । यो एडमिसन शुल्क फ्री योजना सीएसआईटी र बीसीएमा दुबैमा लागु हुनेछ ।

अर्को भनेको हामीले सगरमाथा मेरिट स्कलरसीपको व्यवस्था गरेका छौं । बीएससी सीएसआईटीका लागि मेरिट स्कलरसीप त्रिविको विज्ञान तथा प्रविधि संस्थानले लिएको प्रवेश परिक्षाको अंक र प्लस टुको अंकको आधारमा प्रदान गरिन्छ ।

त्यस्तै विज्ञान तथा प्रविधि संस्थानले लिएको प्रवेश परिक्षाको अंकको सेमेस्टर स्कलरसीप पनि प्रदान गरिन्छ । सेकेण्ड समेस्टर देखि चाही अघिल्लो सेमेस्टरको अंकको आधारमा स्कलरसीप प्रदान गरिन्छ । बीसीए कोर्षका लागि प्रि बुकिङ गरेमा पनि स्कलरसीपको व्यवस्था रहेको छ ।

बीसीए कोर्षका लागि मेरिट स्कलरसीप त्रिविको मानविकी तथा सामाजिक संकायले लिएको प्रवेश परिक्षाको अंक र प्लस टुको अंकको आधारमा प्रदान गरिन्छ । त्यस्तै मानविकी तथा सामाजिक संकायले लिएको प्रवेश परिक्षाको अंकको सेमेस्टर स्कलरसीप पनि प्रदान गरिन्छ । यसमा पनि सेकेण्ड समेस्टर देखि चाही अघिल्लो सेमेस्टरको अंकको आधारमा स्कलरसीप प्रदान गरिन्छ ।

यो वर्ष कोर्षहरुमा केही परिमार्जित गरिएको छ ?

यो वर्ष कोर्षहरुमा केही परिमार्जन गरिएको छैन् । कोर्ष परिमार्जन भयो भने त्रिभुवन विश्वविद्यालयले हामीलाई जानकारी दिन्छ । त्यस्तो कुनैपनि सूचना हामीलाई आएको छैन् । त्रिविले २-३ वर्षमा कोर्षहरु परिमार्जित गर्छ । ३ वर्ष अगाडी मात्रै कोर्ष परिमार्जित गरिएको हो ।

हामीले चाँही हाम्रो विद्यार्थीहरुलाई पाठ्यक्रममा भएको बाहेक थप ट्रेनिहरु प्रदान गर्छौं । एचटीएमएल, सीएसएस, पाइथन, मोबाइल एप डेभलपमेन्ट, जाभास्क्रीप्ट, नेटवर्ककिङ लगायतका विषयमा हामीले कोर्ष जस्तै लामो समयसम्म कक्षा सञ्चालन गर्छौं ।

साथै हामीले बजारको माग अनुसार ट्रेनिङहरु प्रदान गर्छौं । त्यस्तै हामीले प्रिजेन्टेसन, सीभी राइटिङ, रिपोर्ट राइटिङ लगायतका सफ्ट स्कील सम्बन्धि ट्रेनिहरु समेत दिइन्छ ।

कलेजको एडमिसन प्रक्रिया र शुल्क बारे केही जानकारी गराइदिनुस न ।

विद्यार्थीहरुले प्रवेश परिक्षाका लागि जुनसुकै विद्यालयबाट फारम भर्दा हुन्छ । फारम भरेर प्रवेश परिक्षा पास गरेपछि बीएससी सीएसआईटी र बीसीए पढाई हुने जुनसुकै कलेजमा भर्ना हुन पाउँछ । साथै कलेजको वेबसाइट बाट पनि भर्ना पक्रियो बारेमा जानकारी लिन सकिन्छ ।

शुल्कको कुरा बीएससी सीएसआईटीको ८ लाख ५० हजार रुपैयाँ रहेको छ । भने बीसीएको ५ लाख ४६ हजार रुपैयाँ शुल्क रहेको छ । बीएससी सीएसआईटी र बीसीए कोर्षको यो शुल्कमा यसअघि माथि उल्लेख गरिएका स्कलरसीप समेत समावेश गरिएको छ ।