कीवर्डहरू -

‘तपाई जस्तो प्रतिभावान व्यक्तिका लागि संसार कुर्दैं छ’

‘तपाई जस्तो प्रतिभावान व्यक्तिका लागि संसार कुर्दैं छ’

सोफी एलकर्न हुवावे आइसिटी अवार्ड २०२० की सल्लाहकार हुन् । उनी अमेरिकाको क्यालिफोर्नियामा रहेको एल्कोर्न इमिग्रेसन लकी संस्थापक पनि हुन । उनी टेकक्रन्चमा ‘डियर सोफी’ कोलमकी लेखक समेत हुन् ।

उनले टेक स्टार्टअप इमिग्रेसन कानूनका बारेमा पोडकास्ट समेत सञ्चालन गर्दैं आएकी छन् । उनै सोफी एलकर्न सँग आइसिटी अवार्ड र स्टार्टअपका विषयमा आइसिटी समाचारका लागि स्नेहा झा ले गरेको कुराकानीः

तपाई आइसिटी अवार्ड २०२० को जुरी सल्लाहकार टिममा हुनुहुन्थ्यो । कस्तो अनुभव गर्नुभयो ?

मैले आफूलाई एकदमै भाग्यशाली ठानेकी छु । क्यालिफोर्नियामा आफ्नै घरबाट विश्वभरिको मान्छेसँग जोडिन पाउँदा एकदमै खुशी लागेको छ । सिलिकन भ्याली र नेपाललाई एकैसँगै जोड्ने अवसर पाएकोमा म एकदमै कृतज्ञ छु ।

तपाईको बारेमा केही कुरा बताइदिनुस न । नेपालीरुले तपाईलाई कसरी चिन्ने ?

म क्यालिफोर्नियामा द्रुत गतिमा विकास भइरहेको कानून फर्मकी संस्थापक हुँ । मैले अरुलाई आफ्नो सपना चिन्न मद्दत गर्ने र उहाँहरुको कम्पनीलाई अमेरिका सम्म पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेकी छु ।

म क्यालिफोर्नियामा उद्यमी र एक सोचकर्ताको रुपमा शीर्ष इमिग्रेशन वकील हुँ । मैले एल्कोर्न इमिग्रेशन लको स्थापना गरेकी थिए । म टेकक्रन्चमा ‘डियर सोफी’ भन्ने कोलम लेख्ने गर्दछु र टेक स्टार्टअप इमिग्रेसन कानूनका बारेमा पोडकास्ट समेत सञ्चालन गरिरहेकी छु ।

सार्वभौम राष्ट्रहरुले प्रायजसो इमिग्रेसन र आर्थिक नीतिबारे मेरो सल्लाह लिने गर्दछन् । मेरो लक्ष्य भने आफ्नो क्षमता पत्ता लगाएर आफ्नो मनको सुन्दै सपना बाच्नु रहेको छ । मैले कानूनी विशेषज्ञता बोर्ड द्वारा इमिग्रेसशन र राष्ट्रियता कानूनमा प्रमाणित विशेषज्ञको स्थान पनि पाएकी छु ।

अमेरिकाको टेक इन्डस्ट्रीको तुलनामा नेपालको उद्योग धेरै कलिलो नै छ । नेपाली प्रविधि कम्प्युनिटीलाई कसरी विकास गर्न सकिएला ?

प्रविधि कतै नगइकनै पुरै विश्वमा द्रुत गतिमा फैलिरहेको छ । मेरो विचारमा नेपालमा जति चाँडो राम्रो सपनाहरु बोक्ने नवप्रवर्तक र स्टार्टअपहरु विश्वका अन्य भागसँग जोडिन सफल हुनुहुन्छ, त्यतिनै चाँडो उहाँहरुले सफलता पाएर अघि बढ्न सक्नुहुनेछ ।

यो सबै एकअर्कासँग कसरी जोडिने भन्ने विषयमा भर पर्ने गर्दछ । एक जनालाई सहयोग पुर्‍याउने चीजले सबैलाई सहयोग पुर्‍याउन सक्छ ।

पछिल्लो समय नेपालमा स्टार्टअप र इन्नोभेसनमा लाग्नेहरु बढिरहेका छन । तर पनि ग्लोबल अपचुनिर्टी कमि छ ? उहाँहरुलाई विश्वसँग कसरी कनेक्ट गर्न सकिएला ?

यसका लागि डिजिटल र सामाजिक सञ्जालहरु प्रयोग गरी वेबिनारमा भाग लिदै, गेस्टहरुसँग च्याट गर्ने, लिङ्कड इनमा एड गर्ने जस्तो कार्य गर्नुपर्ने हुन्छ । तपाईँले ग्लोबल सञ्जालको निर्माण गर्न सुरु गर्नुपर्छ ।

त्यसैगरी अमेरिकाको मिडियासँग जोडिने र अन्य टेक संस्थापकहरुलाई सहयोग गर्ने समूह र प्लेटफर्महरुसँग जोडिने प्रयत्न पनि गर्नुपर्ने हुन्छ । उदाहरुणका लागी म टेकक्रन्चमा लेख्ने गर्दछु ।

टेकक्रन्चले पनि धेरै प्रविधि क्षेत्रमा जोडिनु भएका व्यक्तिहरुलाई सहयोग गर्ने गर्दछ । संस्थापकहरुले आफै निःशुल्क वेबिनार पनि चलाउन सक्छन् ।

नेपालले सफ्टवेयर आउटसोर्सिङमा धेरै फाइदा लिनसक्छ । यसका लागि अमरिकाको ठुलो विजनेस लिन के गर्नुपर्ला ?

सफ्टवेयर आउटसोर्सिङ प्रायः विश्वासको साथ सुरु हुन्छ । विश्वास भने राम्रो ब्रान्डिङ् र सही च्यानलबाट मार्केटिङ्ग गरेर पाउन सकिन्छ । टेक कन्फेरेन्समा व्यक्ति सञ्जालले गरेर विभिन्न व्यवसायीहरु पनि संलग्न हुन सक्छन् र आउटसोर्सिँग चाहिएकाले सफ्टव्येर कम्पनीहरु सँग सम्वन्वय पनि गर्न सक्छन् ।

अहिले कोभिडका्े कारणले कन्फेरेन्सहरु अनलाइन माध्यमबाट हुन थालेका छन् जसले गर्दा अन्र्तक्रियाको अवसर पनि अझै बढदै गएको छ । संस्थापकका लागी धेरै इभेन्टहरु भएको यो वेवसाइट मा गएर पनि हेर्न सकिन्छ ।

स्टार्टअप कम्पनीले सफल हुन के के कुरामा ध्यान दिनुपर्दछ ?

सफलताको लागी सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै सही निर्णय लिनु हो र त्यसैलाई स्थिरताका साथ अनुसरण गर्नुपर्छ । मैले पाए अनुसार कानून, व्यवसाय र जीवनमा सही निर्णयले एकदमै ठूलो महत्व व्योहेरेको हुन्छ ।

गलत निर्णय वा निर्णय लिन अप्ठयारो मान्यो भने त्यसले व्यक्तिलाई पीडादायी बैठकहरु, कर्पोरेट संस्कृतिमा जातिवाद, आयुवाद, यौनवाद जस्ता गलत परिपेक्षमा सम्मेलित हुन वाध्य बनाइदिन्छ ।

यसले अरु असफल परियोजना, निर्बाध टोली जस्ता समस्याहरु पनि निम्तयाउन सक्छ । मेरो लागि निर्णय लिने कार्य यति आवश्यक छ की मैले हालैमा डिजिटलाइजड डिसिजन मेकिङ म्यानेजमेन्ट कम्पनी, केआईई ल्याबको सहसंस्थापना गरे । यसले हालैमा डिसिजनमेकर सार्वजनिक गरेको छ ।

यो एक निःशुल्क उपकरण हो र यसले प्रयोगकर्तालाई निर्णय लिनमा अझै निर्धक्क बनाउन सक्छ । https://www.k-i-e.com/en/ को तल तिर केआईई सिद्धान्त र अनुप्रयोगको बारेमा धेरै लेखहरु पाउन सकिन्छ ।

यदि तपाईले नेपाली स्टार्टअप तथा आइटी कम्पनीलाई सहयोग गर्न चाहनुभयो भने कसरी सहयोग गर्नुहुन्छ ?

यो नेपाली स्टार्टअप र आइटी कम्पनीको लक्ष्यमा आधारित हुन्छ । यदी तपाईले अमेरिकामा मार्केटिङ र भीसी कोष जम्मा गर्ने खालको रणनीति तयार पार्ने निर्णय लिइसक्नु भयो भने अमेरिकामा भिसा र ग्रीन कार्ड लिने थुप्रै कानूनी तरीका छ जसलाई अपनाएर तपाईहरु अमेरिका आएर आफ्नो सपनाहरु साकार गर्न सक्नुहुनेछ ।

आइसटी अवार्ड २०२० को नोमिनेशनमा पुगेकालाई तपाईको सन्देश के छ ?

यस्तो प्रतिष्ठित अवार्डबाट मान्यता पाउनु भएकोमा सबैलाई बधाई छ । जीवन राम्ररी जीउनको लागी हो । तपाईं आफ्नै हृदयलाई अनुसरण गर्दै  आफ्नो अन्तरज्ञानलाई आत्मसात गर्दै अघि बढनुहोस र सपनाहरुलाई पूरा गर्नुहोस् ।

तपाई जस्तो प्रतिभावान व्यक्तिका लागी संसार कुर्दैं छ । आइसिटी अवार्डले ग्लोबल अपर्चुनिटी पनि क्रिएट गरिरहेको छ ।