कीवर्डहरू -

‘हाम्रो कलेजमा पढ्ने विद्यार्थी चारवर्ष पछि यात उद्यमी बन्ने छन् यात राम्रो जब पाउने छन्’

‘हाम्रो कलेजमा पढ्ने विद्यार्थी चारवर्ष पछि यात उद्यमी बन्ने छन् यात राम्रो जब पाउने छन्’

बिगत केही वर्षदेखि नेपालमा आइटी लगायतका अन्य शिक्षा प्रदान गरिरहेको छ । सम्वृद्धि ग्रुप अन्तरगत सञ्चालन भएको सम्वृद्धि कलेज त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त संस्था हो । सम्वृद्धि ग्रुप अन्तरगत सम्वृद्धि कलेजसँगै सम्वद्धि स्कूल र काठमाडौं विजनेस क्याम्पस पनि सञ्चालनमा रहेका छन् ।

सम्वृद्धि कलेजले हाल ब्याचलरमा त्रिभुवन विश्वविद्यालयका बीएससी सीएसआईटी र बीसीए, बीबीएस र बीएसडब्लु कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यो वर्ष कोरोना महामारीले शैक्षिक शत्र केही ढिला हुन गयो र ब्याचलर्सका कोर्षहरु भर्खर शुरु हुने तयारीमा छन् । अहिले कलेजहरु विद्यार्थी भर्ना प्रक्रियामा रहेका छन् ।

ब्याचलरका कोर्षहरु भर्खर शुरू हुने तयारी हुँदा कलेजको तयारी कस्तो छ, कस्ता कस्ता कोर्ष पढाइ हुन्छन्, शूल्क कति छ लगायतका विषयमा सम्वृद्धि ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेश प्रसाद श्रेष्ठ सँग आइसिटी समाचारका लागि कमल केसी ले गरेको कुराकानीः


कोरोना महामारीको समयमा कोर्ष र कलेज कसरी सञ्चालन गर्नुभयो ?

कोरोना महामारीको समयमा हामीले अनलाइनबाटै कक्षा र कलेज सञ्चालन गर्‍यौं । हामीसँग अनलाइन बाहेक अरु बिकल्प भएन । हामीले अनलाइनबाट कक्षा सञ्चालन गर्न जूम, गूगल क्लासरुम लगायतका सफ्टवेयरको प्रयोग गरेका थियौं ।

नेपालमा लकडाउन शुरु भएको एक हप्तापछि विद्यार्थीहरुलाई त्यतिकै राख्नु हुँदैन भनेर गूगल क्लासरूम प्रयोग गरेर हामीले सम्वृद्धि स्कूलको क्लास शुरु गरिसकेका थियौं ।

बैशाखमा आईसकेपछि हामीले अनलाइनबाटै नतिजा प्रकाशित गर्‍यौं र बैशाख १२ गतेदेखि हामीले अनलाइनबाटै पढाउन थालिसकेका थियौं । त्यसपछि हामीले सम्वृद्धि कलेजका विद्यार्थीहरुलाई अनलाइनबाटै पढाउन थाल्यौं ।

यस वर्षको स्नातक तहका कोर्षहरु भर्खरै सुरु हुने तयारीमा छन्, यसमा तपाईहरुको के कस्तो तयारी रहेको छ ?

सम्वृद्धि कलेजमा ब्याचर्सका कोर्षहरु बीएससी सीएसआईटी, बीसीए, बीएसडब्लु, बीबीएस सञ्चालनमा रहेका छन् । हामीले यी कोर्षमा भर्नाको तयारी गरिरहेका छौं ।

बीएससी सीएसआईटी र बीसीए कोर्षका लागि अहिले हामीले मोक टेष्ट समेत गराइरहेका छौं । त्यस्तै यो वर्षदेखि हामीले काठमाडौं विजनेस क्याम्पसको नाममा बालाजुमा नयाँ कलेज सञ्चालन गर्दैं छौं ।

त्यहाँ हामीले बीसीए र बीबीएस कार्यक्रम सञ्चालन गर्दैछौं । बीसीएका लागि मोक टेष्ट गराउने लगायतका काम भइरहेको छ ।

सम्वृद्धि कलेजमा कुन कुन कोर्षहरु पढाइ हुन्छन् र कसले पढ्न पाउँछन् ?

सम्वृद्धि कलेजमा बीएससी सीएसआईटी, बीसीए, बीएसडब्लु, बीबीएस कोर्षहरु पढाई हुन्छ । बीएससी सीएसआईटी पढ्न प्लस टु पास गरेको र साइन्स ब्याकग्राउण्डबाट हुनुपर्छ । अनि यो बीसीए चाही जुनसुकै फ्याकल्टीको विद्यार्थीले पनि पढ्न पाउँछन् ।

बीएससी सीएसआईटी र बीसीए पढ्नका लागि त्रिभुवन विश्वविद्यालयले लिएको प्रवेश परिक्षामा समेत पास हुनुपर्छ । भने बीएसडब्लु र बीबीएस कोर्ष पढ्न चाही जसले पनि पढ्न पाउँछ । त्यसमा प्रवेश परिक्षाको व्यवस्था गरिएको छैन् ।

नयाँ ब्याचको कोर्ष कसरी सन्तुलन गर्नुहुन्छ ?

अब नयाँ ब्याचको कोर्षहरु कसरी सन्तुलन गर्ने भन्ने कुरा चाही त्रिभुवन विश्वविद्यालयले नै निर्देशन दिन्छ । कहिलेसम्म शैक्षिक शत्र सक्ने, त्यो सेड्युल चाही उहाँहरुले नै दिनुहुन्छ । त्यसमा आधारित भएर हामीले नयाँ ब्याचका कोर्षहरु सन्तुलन गर्छौं ।

हामीले कसरी लाने भनेर आन्तरिक तयारी गरिसकेका छौं । त्रिभुवन विश्वविद्यालयले जुन एउटा फ्रेमवर्क दिन्छ त्यो भित्र हाम्रो योजनालाई राख्न मात्रै बाँकी छ ।

नयाँ भर्ना हुने विद्यार्थीका लागि कुनै छूट, छात्रवृत्ति तथा अफर केही छ ?

नयाँ भर्ना हुने विद्यार्थीका लागि हामीले स्कलरसीपको व्यवस्था गरेका छौं ।  कक्षा ११ र १२ मा ल्याएको ग्रेडको आधारमा पनि हामीले विद्यार्थीलाई छुट दिन्छौं । छुट बाहेक हामीले कजेलमा सेन्टर फर आन्टरप्रेनरसीप र सेन्टर फर करियर डेभलपमेन्ट युनिट बनाएका छौं ।

सम्वृद्धि कलेज र काठमाडौं विजनेस क्याम्पसमा पढ्ने विद्यार्थी ४ वर्षपछि या उद्यामी बन्ने छन् या उनीहरुले खोजेको जब पाउनेछन् । मलाई लाग्छ सम्वृद्धि कलेज र काठमाडौं विजनेस क्याम्पसको विशेषता नै यही हुनेछ ।

यो वर्ष कोर्षहरुमा केही परिमार्जित गरिएको छ ?

यो वर्ष चाही कोर्षमा कुनै परिमार्जन गरिएको छैन् । हामीले विद्यार्थीहरुलाई पाठ्यक्रममा मात्र केन्द्रित नभएर अन्य विविध क्रियाकलापहरु गरिरहेका छौं । हाम्रो कलेजमा पढ्ने विद्यार्थी ४ वर्षपछि की त उद्यमी बन्छन् की त राम्रो आफुले खोजेको जागिर पाउँछन् ।

हामीले कजेलमा सेन्टर फर आन्टरप्रेनरसीप र सेन्टर फर करियर डेभलपमेन्ट युनिट बनाएका छौं । सेन्टर फर आन्टरप्रेनरसीपले विद्यार्थीहरुलाई उद्यमी बन्ने बाटोमा सहयोग पुर्‍याउँछ । उद्यमीहरुसँग भेटघाट गराउने, उद्यमशीलताको बारेमा सबै तालिमहरु दिने, पढ्दा पढ्दै विजनेस प्लान बनाउन सिकाउने, फन्डिङको सहयोग लगायतका कामहरु सेन्टर फर आन्टरप्रेनरसीप युनिटले गर्छ ।

त्यस्तै हामीसँग सेन्टर फर करियर डेभलपमेन्ट युनिट छ । यसले चाही विद्यार्थीहरुलाई जबमा लानको लागि स्कील डेभलपमेन्ट लगायत गर्नुपर्ने सबै कामहरु गर्छ ।

त्यसैगरी हामीसँग सम्वृद्धि सिस्को नेटवर्किङ एकेडेमी भनेर अर्को युनिट छ । यसले विद्यार्थीहरुलाई सिस्कोको विश्वस्तरिय ट्रेनिङहरु प्रदान गर्छ । जसले गर्दा हाम्रो कलेजमा पढेका विद्यार्थीहरु विश्वब्यापी रुपमा नै जब गर्न सक्षम हुनेछन् ।

कलेजको एडमिसन प्रक्रिया र शुल्क बारे केही जानकारी गराइदिनुस न ।

त्रिभुवन विश्वविद्यालयले दिएको निर्देशन अनुसार नै हामीले एडमिसन पक्रिया अगाडी बढाउँछौं । त्रिभुवन विश्वविद्यालयले फागुन २२ गते बीसीए र फागुन २४ गते बीएससी सीएसआइटीको प्रवेश परिक्षाको मिति तोकेको छ । बीसीए र बीएससी सीएसआईटी पढ्न चाहने विद्यार्थीहरु यो प्रवेश परिक्षामा सहभागी हुनु पर्‍यौं ।

त्यसपछि नतिजाको आधारमा चाही भर्ना हुन्छ । शुल्कको कुरा गर्दा बीएससी सीएसआईटी र बीसीएको शुल्क ४ लाख ५० हजार रुपैयाँको हाराहारिमा रहेको छ ।

बीएसडब्लु र बीबीएस शुल्क भने १ लाख ९० हजार रुपैयाँको हाराहारिमा पर्न आउँछ । साथै कलेजको वेबसाइटबाट पनि कलेजको बारेमा सम्पूर्ण जानकारी तथा भर्ना पक्रियाको बारेमा पनि जानकारी लिन सकिन्छ ।