कीवर्डहरू -

एमआइटीका अन्वेषकले विकास गरे ड्रोन,रोबोट तथा इलेक्ट्रोनिक डिभाइसहरु बनाउने सक्ने प्रणाली 

एमआइटीका अन्वेषकले विकास गरे ड्रोन,रोबोट तथा इलेक्ट्रोनिक डिभाइसहरु बनाउने सक्ने प्रणाली 

एमआइटीको कम्प्यूटर साइन्स तथा आर्टिफिसियल इन्टेलिजेन्स ल्याबका अन्वेषकहरुले ड्रोन,रोबोट या अरु इलेक्ट्रोनिक डिभाइसहरु आफै बनाउन सक्ने प्रणालीको विकास गरेका छन् ।

यसको नाम लेजर फ्याक्ट्री रहेको छ । यसमा दुई भागमा सेटअप गर्न मिल्ने लेजर कटर पनि रहेको छ । लेजर फ्याक्ट्रीमा रहेको सफ्टवेयरले डिभाइसहरु डिजाइन पनि गर्न सक्छ ।

यसमा टूडी एडीटरको प्रयोगले डिजाइन सेट गर्न मिल्छ र आफूलाई उपयुक्त लाग्ने डिजाइन प्राप्त गरेपछि लेजरफ्याक्ट्री हार्डवेयरको प्रयोगले उपकरण निर्माण गर्न मिल्छ ।

लेजर फ्याक्ट्रीले आफूलाई चाहिएको जस्तो आकार काट्न दिन्छ र चाहिएको सामाग्रीहरु हाल्न समेत दिन्छ ।

सीएसएआईएलको भिडियोमा हेर्दा लेजर फ्याक्ट्रीमा निर्माण गरिएको ड्रोन बन्ने बित्तिकै उड्न सकेको थियो ।

यसलाई प्रयोग गरेर उद्धार कार्यहरु र डेलिभरी गर्न धेरै मात्रामा ड्रोनको उत्पादन गर्न सकिने एमआइटीको विश्वास रहेको छ ।

डिजाइनर तथा निर्माणकर्ताले यसलाई प्रयोग गरेर वेयरेबल जस्तो इलेक्ट्रोनिक सामाग्रीहरुलाई चाँडै प्रोटोटाइप गर्न सक्छन् ।  यसले फोल्ड गर्न मिल्ने उपकरणहरु पनि बनाउने गर्दछ ।

अन्वेषकहरुले यो प्रणालीलाई अझै विकसित बनाएर जटिल खालको उपकरण पनि बनाउने लक्ष्य राखेका छन् ।