कीवर्डहरू -

अबको आवश्यकता ‘इन्टरनेट अफ थिङ्स’ र ‘यु–लर्निङ’ नै हो – डा. मनिश पोखरेल

अबको आवश्यकता ‘इन्टरनेट अफ थिङ्स’ र ‘यु–लर्निङ’ नै हो – डा. मनिश पोखरेल

डा. मनिश पोखरेल काठमाडौं विश्वविद्यालयका एशोसिएसट प्रोफेसर हुन् । ई–गभर्नेन्स र क्लाउड कम्प्युटिङ विषयमा विद्यावारिधी हासिल गरेका पोखरेल २० वर्षदेखि प्राध्यापन पेशामा छन् ।

सूचना प्रविधि विज्ञकाे रूपमा परिचित डा. पाेखरेल पछिल्लाे समय स्मार्ट सिटी निर्माण अभियानमा लागिपरेका छन् । उनीसँग सूचना सञ्चार प्रविधि क्षेत्रकाे समसामयिक विषयमा कुराकानी गरेका छाैं :

नेपालको सूचना प्रविधि क्षेत्रको विकासक्रमलाई कसरी मूल्याकंन गर्नुहुन्छ ?
राष्ट्रको विकासमा कम्प्युटरको विकास आवश्यक छ भनेर हामीले नबुझेको होइन । तर, यति हुँदाहुँदै पनि हामीले प्रविधिको द्रुत गतिको विकासलाई पछ्याउन सकेनौं । धेरै देशहरुले हामीलाई पछाडि पारिसकेका छन् । तर, अहिले पनि ठोस नीतिनियम र निर्देशिका बन्ने हो भने सूचना प्रविधिले देशको मुहार फेर्छ । अहिले हामी कता कता अलमिलएको छौं जस्तो छ । सुचना प्रविधि हाम्रो प्राथमिकतामा परेकै छैन ।

यसबीचमा सकारात्मक काम पनि भएका छन् नि, होइन ?
सकारात्मक काम पनि धेरै भएको छ । संयुक्त राष्टसंघले हरेक २ वर्षमा ई–गभर्नेन्सको र्याकिंङ निकाल्छ । त्यसमा २००८ देखि २०१४ सम्म क्रमशः हामी तल–तल गएका थियौं । तर, २०१६ मा १६५औं स्थानबाट १३५औं स्थानमा आएका छौं । यो हाम्रो लागि सन्तोषजनक उपलब्धी हो । मन्त्रालय, आइटी विभाग, एनआइटिसी लगायतका निकायको भमिकालाई प्रशंसनीय मान्नपर्छ । तर यो हुँदाहुँदै पनि हामी सन्तोष हुनुपर्छ भन्ने होइन । अरू देशकाे दाँजाेमा हामीले धेरै गर्नुपर्ने अवस्था छ ।

\"\"

उद्योग, कलकारखाना, शिक्षा, कृषि, पानी आदिलाई व्यवस्थापन गर्ने हो भने आइटी नै चाहिन्छ । अहिले पुर्वी युरोपका पोल्यान्ड, रोमानिया आइटीकै कारणले माथि आएका हुन् । यस्ता ज्वलन्त उदाहरण धेरै छन् ।

नेपालको सन्दर्भमा सुचना प्रविधिको विकासका लागि के कस्ता सूचक महत्वपुर्ण छन् ?
संयुक्त राष्टसंघले सूचना प्रविधिको विकास वा ई-गभर्नेन्सका लागि मूख्य तीन ओटा कुरालाई ध्यान दिन्छ । जनतालाई अनलाइनबाट सविधा दिनपर्ने, बिजुली, इन्टरनेट जस्ता पुर्वााधारको उचित विकास गर्नुपर्ने र मानव संसाधनको विकास गर्नुपर्ने । नेपालमा टेलिकम इन्फ्रास्टक्चर पनि औसतमा पर्याप्तै छ । जनशक्ति निर्माणको सन्दर्भमा पनि विश्वविद्यालयले राम्रा विद्यार्थी उत्पादन गरिरहेका छन् । हाम्रोमा खस्किएको वा कमजोर पक्ष भनेको अनलाइन सर्भिस हो । यसमा चै विशेष ध्यान दिन जरुरी छ ।

हालसालै स्थानीय तहको निर्वाचन सम्भव भर्इ प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचन हुँदैछ । अब नयाँ व्यवस्थामा आइटीको प्रयाेग र याे क्षेत्रकाे विकास गर्न के गर्नुपर्ला ?
एउटा के करा बझ्र्नपर्छ भने हाम्रो देशको विकास  पनि आइटीबाटै सम्भव छ । यो विश्वभर प्रमाणित भएको कुरा हो । हामीले हरेक क्षेत्रमा अाइटीको प्रयोग गर्न सक्नपर्छ । यदि आइटीलाई माइनस गर्यो भने विकास सम्भव छैन । उद्योग, कलकारखाना, शिक्षा, कृषि, पानी आदिलाई व्यवस्थापन गर्ने हो भने आइटी नै चाहिन्छ ।

अहिले पुर्वी युरोपका पोल्यान्ड, रोमानिया आइटीकै कारणले माथि आएका हुन् । यस्ता ज्वलन्त उदाहरण धेरै छन् । हामीले आइटीलाई प्राथमिकतामा राख्ने हो भने ५ वर्षमा देशलाई कायापलट गर्न सक्छौं । यसकारण अबकाे राज्य संरचनामा यसकाे प्रयाेगलार्इ ध्यान दिन अत्यावश्यक छ ।

स्मार्ट सिटी भनेको नेपालामा एयरपोर्टदेखि कलंकीसम्म फ्लाइगं ओभर हुँदै होइन । काठमाडौंमा मोनोरेल हुँदै होइन । ५ वर्षमा सब वे सम्भव नै छैन । मल्टी स्टोरिज बिल्डिङ पनि गार्हाे छ । अहिले ट्राफिक जाम, फोहर व्यवस्थापन, खानेपानी व्यवस्थापन मुख्य चुनौती बनेर आएको छ । यसको समाधानका लागि नै इन्टरनेट अफ थिंङ्स मुद्धा उठाएका हौं ।

\"\"

अहिले स्मार्ट सिटीको खुबै चर्चा भइरहेको छ। के हो स्मार्ट सिटी ? नेपालमा कसरी स्मार्ट सिटीको अभ्यास भइरहेको छ ?
चुनावमा मख्य एजेन्डा नै स्मार्ट सिटी भएको पाइयो । यो सकारात्मक कुरा हो । मेयर साबहरुले पक्कै बझेर याे कुरा गर्न भएको होला । सरकारले पनि स्मार्ट सिटी निर्माण गर्ने बताइरहेको छ । यो झारा टार्ने बहाना भने हुनुहुदैन । सुरूमा नेपालमा स्मार्ट सिटीको औचित्य के छ भनेर प्रस्ट्याउन जरुरी छ ।

काठमाडौं विश्वविद्यालयले स्मार्ट सिटी प्रोजेक्टमा कसरी काम गरिरहेको छ ?
स्मार्ट सिटीका लागि मुख्यतः अनुसन्धान नै आवश्यक भएकाले हामीले रिसर्च सेन्टर खोलेका छौं । यसमा आइटीलाई मुख्य प्राथमिकतामा राखिएको छ । जसअन्तर्गत इन्टरनेट अफ थिंङ्स अर्थात् आइओटी अनिवार्य रहेछ । यसपछि आइओटीको अनुसन्धान गर्दा इन्टरनेटश्नल युनिभर्सिटीका एक प्रोफेसर भेट्टायौ । सो युनिभर्सिटीसग हामीले एमओयु गरेर आइओटीमा काम गरिरहेका छौं । स्मार्ट सिटीकाे कुरा अाउँदा हामी अमेरिका, बेलायत, जापानको उदाहरण लिन्छौं । तर, उनीहरुको स्मार्ट सिटीको परिभाषा हाम्रोभन्दा विल्कल फरक छ ।

स्मार्ट सिटी भनेको नेपालामा एयरपोर्टदेखि कलंकीसम्म फ्लाइगं ओभर हुँदै होइन । काठमाडौंमा मोनोरेल हुँदै होइन । ५ वर्षमा सब वे सम्भव नै छैन । मल्टी स्टोरिज बिल्डिङ पनि गार्हाे छ । अहिले ट्राफिक जाम, फोहर व्यवस्थापन, खानेपानी व्यवस्थापन मुख्य चुनौती बनेर आएको छ । यसको समाधानका लागि नै इन्टरनेट अफ थिंङ्स मुद्धा उठाएका हौं । प्रविधिले अब नयाँ शहर निर्माणमा मुख्य भूमिका खेल्नुपर्छ ।

यसका साथमा काठमाडौं विश्वविद्यालयलले अहिले युलर्निङ प्राेजेक्टमा पनि काम गरिरहेकाे छ, याे काम कहाँ पुग्याे ?
पछिल्लो समय विद्यार्थीहरुले पढ्ने अवस्था धेरै नै कम पाइएको छ । १०/१२ वर्ष पहिलेको अवस्था जस्तो छैन । विद्यार्थीहरु किताब पढ्नै खोज्दैनन् । लाइब्रेरीमा जान्छन् तर किताब राम्रोसँग खोलेको कमै देखेको छु । बरू ल्यापटप र मोबाइल चलाउँछन् । यो भनेको च्यालेन्ज हो । अब पनि केही नगरे १० वर्षपछि त ठूलो बिडम्बना हन्छ भनेर हामीले कम्प्यटर साइन्सका सरहरु बसेर छलफल गर्दा विद्यार्थीहरु कसरी रमाउँछन्, त्यसरी नै पढाअाैं भन्ने निश्कर्ष अायाे । उनीहरुले धेरै समय मोबाइल ट्याब्लेट र आप्याड चलाउँदा रहेछन् । यसकारण हामीले शिक्षा सिकाइमा नयाँ प्रविधि यु-लर्निङ ल्याउने प्रयास गरेका हौं । यसको रिसर्च ल्याब पनि छ । यो प्रोजेक्टका लागि कोरियाको एउटा संस्थासँग एमओयू भइसकेको छ ।

\"\" अहिले स्मार्ट एजुकेशनको चर्चा धेरै नै भइरहेको बेला यसलाई सफल पार्ने भनेकै यु-लर्निङ हो । यो राष्टकै आवश्यकताको विषय भएकाले हामीले सरकारी सहयोगको आवश्यकता महसुस गरेका छौं ।

यु–लर्निङको लागि पनि चु्नौती पनि धेरै छन् नि होइन ?
पेपर एन्ड पेन्सिल बेस्ड लर्निङ हुँदै कम्प्युटर बेस्ड लर्निङ र त्यसपछि ई-लर्निङ आयो । यी सबै एक समायमा लोकप्रिय थिए । आधुनिक समयमा अर्को शिक्षण विधि आइसकेको छ, जसबाट विद्यार्थीले घर, क्यान्टिन वा जहाँ बसेर पनि शिक्षकको असाइनमेन्ट पाउन, बुझाउन, लेक्चर सुन्न सक्नछन् ।

हामी यसलाई Ubiquitous Learning  वा U- Learning भन्छौं । जुनसुकै समयमा जहाँबाट पनि कुनै डिभाइसको प्रयोगबाट यो सम्भव छ । एनटिएको एमआईएस रिपोर्टअनुसार हरेकको हातमा मोबाइल पुगिसेको छ । यसमा पनि स्मार्टफोन प्रयोगकर्ता बढिरहेका छन् । साथमा ग्रामीणतहमा शिक्षाको स्तर उकास्न यो प्रविधिको भूमिका महत्वपूर्ण हुने हाम्रो अनुसन्धानले तथ्य ल्याएको छ ।

यसमा लोकल कन्टेन्टको चुनौती छ, यसलाई कसरी व्यवस्थापन गर्न सकिएला ?
यसमा हामीले अध्ययन गरिरहेका छौं । पक्कै पनि अंग्रेजीमा मात्रै कन्टेन्ट बनाउँदा बेरियर र च्यालेन्जहरु आउँछ । स्थानीय भाषा पनि कम्प्युटरमा आइदियो वा यु-लर्निङको डिभाइसमा आयो भने हाम्राे लागि निकै सफलता हुनेछ । कन्टेन्टलाई नेपालीमा अपलोड गर्न कुनै समस्या नै छैन । यसको लागि धेरै खर्च नि लाग्दैन । सबै पक्ष सहमत हुनपर्छ ।

म राज्यलाई पटक पटक के भनिरहेको छु भने आइटीलाई प्राथमिकतामा राखियोस् । आइटीबिना देशको विकास सम्भवै छैन । निजी क्षेत्रलाई अधिकतम उपयोग गरियोस् । युनिभर्सिटी, प्राइभेट सेक्टर र सरकारबीच समन्वय भए ५ वर्षमा देशले कायापलट गर्न सक्छ ।

\"\"

यु–लर्निङ प्रोजेक्टलाई राज्यको तर्फबाट के-कस्तो सहयोगको अपेक्षा राख्नुभएको छ ?
अहिले धेरै स्कुलहरुलाई मोडल स्कुलको रुपमा अगाडि सारेको छ । पहिले मोडल स्कुलको परिभाषामा स्पस्ट हुनुपर्यो । मोडल स्कुलमा यो यो सूचक अनिवार्य छ । अब यु-लर्निङको कम्पोनेन्ट समावेश गर्नैपर्छ । अहिले स्मार्ट एजुकेशनको चर्चा धेरै नै भइरहेको बेला यसलाई सफल पार्ने भनेकै यु-लर्निङ हो । यो राष्टकै आवश्यकताको विषय भएकाले हामीले सरकारी सहयोगको आवश्यकता महसुस गरेका छौं ।

विश्वविद्यालयहरुले तयार पारेका जनशक्ति विदेशीने क्रम रोकिएको छैन । यसलाई न्यूनीकरण गर्न के गर्नुपर्ला ?
ब्रेनड्रेनलाई रोक्ने हो भने राज्यले स्वदेशमै बहुराष्टिय कम्पनीहरुलाई ल्याउने काम गर्नुपर्यो । यो सम्भव छ । भारत बंगलादेशमा सिस्को, माइक्रोसफ्ट आएर काम गर्न सक्छ भने नेपालमा किन ल्याउन सकिदैन ? हाम्रा विद्यार्थीहरु ग्रयाजुएट भएर बाहिर राम्रा काम गरिरहेका छन् । यहाँ नसक्ने भन्ने नै होइन । यसका लागि स्वदेशमै आवश्यक वातावरण तयार पार्न जरुरी छ ।

म राज्यलाई पटक पटक के भनिरहेको छु भने आइटीलाई प्राथमिकतामा राखियोस् । आइटीबिना देशको विकास सम्भवै छैन । निजी क्षेत्रलाई अधिकतम उपयोग गरियोस् । युनिभर्सिटी, प्राइभेट सेक्टर र सरकारबीच समन्वय भए ५ वर्षमा देशले कायापलट गर्न सक्छ ।

लिभिंग विथ आइसिटीक सह सम्पादक शिब बस्नेत ले  लिएको डा. पोखरेल संगको अन्तर्वार्ता कार्तिक महिनाको लिभिंग विथ आइसिटीमा प्रकाशन भएको थियो म्यागजिन पढ्नको लागि यो लिंक क्लिक गरि डाउनलोड गर्न सकिनेछ ।