कीवर्डहरू -

फूल फ्लेजमा चल्ने आइइआर इम्प्लिमेन्टेसन सिस्टम लागू हुदैछ

फूल फ्लेजमा चल्ने आइइआर इम्प्लिमेन्टेसन सिस्टम लागू हुदैछ

मीन प्रसाद अर्याल
प्रवक्ता, नेपाल दूरसञ्चार प्राधिकरण

यसअघि हामी म्यानुअल सिस्टममा थियौ । अब आइएमइआर दर्तालाई अनलाइन प्रणालीमा ल्याउनको लागि एउटा सफ्टवेरको विकास गरिएको छ ।

अहिले परिक्षणकालमा रहेको छ । अब छिटै अनलाइनबाट आइएमआइबाट दर्ता हुन्छ । ग्रे मार्केटलाई निराकरण गर्न वाइट लिस्ट, ब्लाक लिस्ट र ग्रे लिस्टमा राख्ने व्यवस्था गर्दैछौँ ।

गैह्रकानुनीरुपबाट भित्रिएका मोबाइललाई ब्लक वा ग्रे लिस्टमा राखिनेछ । यस्ता चल्दै नचल्ने बनाउनको लागि फूल फ्लेजमा चल्ने आइइआर इम्प्लिमेन्टेसन सिस्टमको आवश्यकता पर्दछ ।

अहिले चाहिँ अन्तरिम प्रणालीमा छौँ । फूल फ्लेजमा जानको लागि थर्ड पार्टि मोडालिको आवश्यकता जसले सेन्टर डाटाबेस राख्ने र सबै अपरेटरहरुको नेटवर्क यसमा कनेक्ट गर्नेछ ।

यस्तो थर्ड पार्टिले ग्लोबल डाटाबेस अप्डेट गर्दछ र हामीले इम्पोर्ट भएका हेन्डसेटको आइएमइआइ पठाउछौँ र कानुनीरुपमा आयात नभएको र आइएमइआइ दर्ता नभएको लागि ब्लाक लिस्टमा राखेर बन्द गर्नेछौँ । यसको लागि अन्तराष्ट्र्रिस्तरको परामर्शदाता राखिसकेका छौँ ।

अबको तीन महिनामा उसले यससम्बन्धमा रिपोर्ट दिन्छ र सो रिपोर्टका अधारमा प्रतिस्पर्धामार्फत थर्ड पार्टीलाई छान्ने छौँ । यसका साथै इन्पोटर्सलाई जवाफदेही बनाउन टाइप अप्रुभल लागू गरिएको हो ।

टाइप अफ्रभलका लागि पनि अनलाइनबाट गर्न सकिने हिसाबले अनलाइन सिस्टमको व्यवस्था गर्दैछौँ । हाम्रै आफ्नै टेस्टिङ ल्याबको व्यवस्था गर्ने कुरामा पनि प्राधिकरणले सोचेको छ ।