कीवर्डहरू -

‘हाम्रो बजार सधैंभरि निःशुल्क नै रहन्छ’ - रोहित तिवारी

‘हाम्रो बजार सधैंभरि निःशुल्क नै रहन्छ’ - रोहित तिवारी

विगत १० वर्षदेखि सञ्चालनमा रहेको इकमर्स कम्पनी हाम्रो बजारलाई मुभर्स एण्ड सेकर्स (एमएनएस) इनभेष्टमेन्टले खरिद गरेको छ । एमएनएसले खरिद गरेपछि हाम्रो बजारको सीईओमा रोहित तिवारीलाई नियुक्त गरेको छ ।

यसै सन्दर्भमा अब हाम्रो बजार कसरी अगाडि बढ्छ ? आगामी योजनाहरु के के छन् ? लगायतका विविध विषयमा हाम्रो बजारका सीईओ रोहित तिवारी सँग आईसिटी समाचारका लागि कमल केसी ले गरेको कुराकानीः


तपाई हिजो मात्रै इकमर्स कम्पनी हाम्रो बजारको सीईओमा नियुक्त हुनु भएको छ । अब हाम्रो बजारलाई कसरी अगाडि बढाउनुहुन्छ ? आगामी योजनाहरु के के छन् ?

हाम्रो बजार सधैंभरि निःशुल्क नै रहन्छ । मानिसहरुले निःशुल्क आफ्नो सामानहरु हाम्रो बजारमा राख्न पाउछन् । हाम्रो बजारलाई विस्तारै परिवर्तन गर्दै लैजान्छौं । हामीले एन्ड्रोइड र आईओएका लागि नयाँ मोबाइल एपको विकास र वेबसाइटमा पनि केही चेन्जेजहरु गर्दै लैजान्छौं ।

अहिले हाम्रो बजार प्रयोग गरिरहेका ग्राहकहरुलाई गार्‍हो नपर्ने गरी विस्तारै विस्तारै चेन्जेजहरु गर्दै लैजान्छौं । हाम्रो बजारलाई हामी अपग्रेड मात्रै गर्छौं ।

नेपालमा ई कमर्सको अवस्था कस्तो छ ?

विगत ५-६ वर्षको भन्दा नेपालमा अहिले इकमर्सको अवस्था राम्रो छ । इकमर्स प्रयोगकर्ताहरु पनि बढि रहेका छन् । नेपालमा कोरोना महामारी पछि त झनै इकमर्सको प्रयोग बढेको छ ।  धेरै जनाले आवश्यक तरकारी, खाद्यान्न लगायतका अन्य सामानहरु अनलाइनबाटै खरिद गर्न थालेका छन् ।

नेपालको अहिले इकमर्स खोल्ने क्रम बढ्दो छ । के यति धेरै इकमर्सको कम्पनीको आवश्यकता छ नेपालमा ?

नयाँ इकमर्सले आ आफ्नो ठाउँबाट मार्केट बढाउने काम त गर्छ नै । आ आफ्नो तर्फबाट उहाँहरु नयाँ डिजाइन लिएर आउनुहुन्छ । नयाँ प्रविधि ल्याएर आउनुहुन्छ । कुन चाहिँ कम्पनीले के के गर्न मिल्ने भन्ने कुराको लिमिट हुनुपर्छ ।

इकमर्सका लागि सरकारले नयाँ कानून पनि लिएर आउँदैछ । इकमर्स कम्पनी ग्राहकप्रति जिम्मेवार हुनुपर्‍यो । नयाँ इकमर्स कम्पनीहरुले गुणस्तरमा ध्यान दिनु पर्‍यो । राम्रो सेवा दिनुपर्‍यो । इकमर्स खुल्दा नयाँ ग्राहकहरु पनि आउँछन् र कारोबार पनि हुन्छ । इकमर्सबाट ग्राहकहरुको विश्वास चाहिँ हट्नु भएन ।

नेपालमा अझै पनि मानिसहरुले इकमर्सलाई विश्वास गर्ने अवस्था छैन ? यस्तो अवस्था किन आएको हो ?

यो इभोलुसनको प्रक्रिया नै हो । पहिला अनलाइनबाट अर्डर नै हुँदैन्थ्यो । विस्तारै अनलाइनबाट अर्डर हुन थाल्यो । लकडाउन पछि चाहिँ धेरै जनाले अनलाइनबाटै खरिद गर्नुहुन्छ ।

अब यो समयनै यस्तो थियो जुन बेला सबैजनाले इकमर्स खोल्छु, डिजिटल्ली सेल गर्छु र एउटा किराना पसलले पनि सकेसम्म अनलाइनमै सेल गरौं भनेर सानो सानो अनलाइन पोर्टलहरु शुरु गर्नुभयो ।

त्यो बेला सर्भिसमा सधै कमजोरी भयो । इकमर्स कम्पनीले २ दिनमा डेलिभरी गर्छौं भनेर बाँचा गर्नुभयो भने त्यो बेला ३ दिनमा डेलिभरी भयो । कसैले १ दिनमा भन्मनुभयो २-३ दिनमा डेलिभरी भयो होला । सामान सोचेको जस्तो आएन होला ।

यो स्केलसँग आउने समस्या हो । भन्न खोजेको पहिला काठमाडौंभरि १०० वटा अर्डर आउदा १०० मा ९९ चाहिँ राम्रो हुन्थ्यो होला । जुन बेला दिनको टोटल अर्डर ५० हजार, ६० हजार, १ लाख पुग्न थाल्छ, त्यो बेला समस्या बढ्छ ।

निश्चित नै स्केलसँगै समस्या पनि बढ्छ । जुन बेला १ जनालाई ग्राहलाई मात्रै समस्या हुन्थ्यो अब चाहिँ ५०० जनालाई अप्ठ्यारो भइरहेको होला । हजार जनालाई अप्ठ्यारो भइरहेको होला । यो कुरालाई मिनिमाइज गर्दै जानुपर्छ । पर्फेक्ट कोही पनि हुँदैन् । तर मिनिमाइज चाहिँ गर्नुपर्छ ।

\"\"

इकमर्स कम्पनीले ग्राहकको विश्वास जित्न के गर्नुपर्ला ?

पहिलो कुरा सबै ग्राहक केन्द्रित हुनुपर्‍यो । कस्टुमहरूको विश्वास दुइवटा कुराले जित्न सकिन्छ । इकमर्स कम्पनीहरु मूल्य र अरु कुराहरुमा ट्रान्सपेरेन्सी हुनु पर्‍यो। इकमर्सको आफ्टर सेल सर्भिस पनि राम्रो हुनुपर्‍यो ।

रिफण्ड पोलिसीहरु क्लिन र क्लियर हुनुपर्‍यो । सामान बेचिसकेपछि कति समय सम्म सामान रिटर्न गर्न पाउने र रिटर्न गरिसकेपछि कति समय सम्ममा पैसा फिर्ता पाउन सकिन्छ त्यसको लिमिट राख्नुपर्‍यो । रिटर्न र रिफण्ड पोलिसी क्लियर भयो भने विश्वास बढ्छ ।

यस्तो हुँदैन की मैले एउटा सामान मगाए ला अब मेरो सामान फिर्ता लिदैन् । यो मैले मगाएको सामान थिएन अब फिर्ता लिदैन भन्ने हुनु भएन । यसको लागि सबै इकमर्स कम्पनीहरु सँगै आएर एउटा सिस्टममा जानुपर्छ ।

नेपालमा इकमर्सको कानून पनि आउँदै छ । सरकारले ड्राफ्ट तयार पारेको छ । यसमा तपाई के भन्नु हुन्छ ? केही सुझाब छन् ?

त्यो एकदमै ठुलो ड्राफ्ट छ । यसमा धेरै कुराहरु समावेश पनि भएका छन् । ड्राफ्ट तयार गर्दा हामीसँग समेत छलफल गर्नु भएको थियो । सबै इकमर्सका मान्छेहरु सँगै बसेर यी परिवर्तनहरु गर्नुपर्‍यो भनेर हामीले उहाँहरुलाई भनेका छौं ।

इकमर्सलाई अब नियम कानून आवश्यक पर्छ भनेर सरकार अगाडि बढेको छ । त्यसको लागि हामीसँग सल्लाह पनि लिनुभएको छ ।

तपाई अनलाइन फुड डेलिभरी गर्ने कम्पनी फुडमारियोको संस्थापक तथा सीईओ पनि हुनुहुन्छ । अब फुडमारियो कसरी अगाडि बढ्छ ?

फुडमारियो अब हाम्रो बजार फुडको एउटा पार्ट हुनेछ । हाम्रो बजार फुड बाई फुडमारियो भनेर हामी हाम्रो बजार भित्रै लिएर आउँछौं र त्यसबाट नै हामी छलफल गर्छौं ।