कीवर्डहरू -

फाइभजी सम्भावनालाई बढवा दिन फोरजी फाउन्डेसन सुदृढ गरिदै

फाइभजी सम्भावनालाई बढवा दिन फोरजी फाउन्डेसन सुदृढ गरिदै

पार्टनर सामग्री: १४० कमर्सियल फाइभजी नेटवर्क ५९ देशहरूमा तैनाथ भए संगै २०२० मा फाइभजी डिप्लोइमेन्टको गति तिब्र भयो र इकोसिस्टम पनि द्रुत रूपमा परिपक्व हुँदैछ ।

८ लाख बढी फाइभजी साइटहरू विश्वव्यापी रूपमा रोल आउट गरिएको छ तथा कम्पेटिबल ह्यान्डसेटको मूल्य ३५० डलर सम्म झरेको छ ।

चार वा पाँच बर्षमा जीएसएमए इन्टेलिजेन्सको पूर्वानुमानबाट फाइभजी डाटा, कुल मोबाइल कनेक्सनको आधा भन्दा बढीको हुनेछ । यसको मतलब फाइभजी नेटवर्कले कम्तिमा पनि अर्को दशक सम्म धेरै देशहरूमा डाटा ट्राफिकलाई सहायता दिनेछ । किनकि यो प्रयोगकर्ता अनुभवको लागि अन्तर्निहित स्तम्भ रहिरहनेछ ।

विभिन्न राष्ट्रहरू जहाँ अझै फाइभजी रोल आउट भएको छैन, उनीहरुको लागि फोरजी (एलटिई) कभरेज अझ महत्वपूर्ण हुनेछ किनकि यो मोबाइल ब्रोडब्यान्ड कनेक्टिविटीको लागि आधार हो ।

यी एमडब्लुसी शंघाई २०२१ मा आयोजित वायरलेस फाउन्डेशन शिखर सम्मेलनका वक्ताहरूबाट लिने मुख्य टेकवेहरू थिए जसले भविष्यको वायरलेस फाउन्डेशन नेटवर्क कसरी बनाउने भन्ने बारे छलफल गरे जुन मोबाइल अपरेटरहरूको लाभदायक व्यवसायलाई सहयोग पुर्‍याउन शक्तिशाली, सरल र दक्ष हुनुपर्दछ ।

फाइभजी कर्नर स्टोन

ग्लोबल वायरलेस नेटवर्क मार्केटिङ र सोलुसन ह्वावेका भीपी मोहम्मद मडकौरले भने ‘उद्योग फाइभजी युगमा दृढ भईरहेको छ जुन चीनको संख्याले देखाउँदछ र तपाईसंग भएको स्पेक्ट्रमको आधारमा, तपाईको पूर्वाधार कत्तिको उन्नत छ र तपाईको बजार कत्तिको विकसित छ भन्ने कुराहरुमा निर्भर रहेर त्यहाँ लक्ष्यित नेटवर्कमा पुग्ने विभिन्न रणनीतिक मार्गहरू हुनुपर्दछ ।’

प्रत्येक देश र हरेक अपरेटरले अहिले छन् लाई हेरिरहेको हुनुपर्दछ भन्ने कुरामा सहमत छन । तर यो भइरहँदा उनले भने कि धेरै डाटा अझै द्धन् मार्फत नै हुनेछ जसलाई सबैका लागि एक विश्वव्यापी टेक्नोलोजीको रूपमा मान्नु पर्दछ ।

‘एलटिईका लागि प्रमुख ड्राइभर समग्र इकोसिस्टम हो’ उनले बने ‘जसमा ह्यान्डसेटको मूल्य न्युनतम १५ डलरमा झरेको छ र टेक्नोलोजीको उच्च दक्षताले वर्षौंसम्म यसलाई मोबाइल ब्रोडब्यान्डको मुख्य प्रविधि बनाउने छ ।’

‘यहाँ कुनै शंका छैन कि फोरजी कनेक्शन अझै विस्तार हुँदैछ । उनले एलटिई टेक्नोलोजी धेरै लामो समयसम्म रहिरहने निश्चित भएकोले डाटा प्रयोग बढ्दै जाँदा फोरजीको भारी प्रयोग जारी रहनेछ’ उनले भने ।

उनका भने ‘फोरजीमा गरिएको प्रत्येक लगानी फाइभजी समेतको लागि पनि हो । मुख्य ध्यान दिनु पर्ने कुरा के हो भने समग्रमा हामीले फोरजी र फाइभजीलाई कसरी साथमा राख्न सक्छौं होला ताकि हामी अनुभवलाइ राम्रो बनाउन सकौं ।’

एलटिई र न्यू रेडियोको सहकार्यमा स्मार्ट एकंर सामेल भएको र यसले बुद्धिमानीका साथ फाइभजी सक्रिय गर्ने दर १०० प्रतिशतसम्म बढाउन एकंरलाई छनौट गर्न सक्दछ ।

थप रूपमा E-UTRA-NR डुअल कनेक्टिविटीले फाइभजी प्रयोगकर्ता अनुभवमा, खास गरी पाइभजी सेल एज क्षेत्रका प्रयोगकर्ताहरूका लागि, उल्लेखनीय सुधार ल्याउन सक्दछ जबकि डाइनामिक स्पेक्ट्रम शेयरिङ्गले एलटिई र एनआरबीच साझा स्पेक्ट्रम प्रयोग गरी छिटो फाइभजी डिप्लोय र एलटिई ट्राफिक ग्रोथ आवश्यकताहरू पूरा गर्न सक्दछ ।

क्षमता विकास

सीएमपाकको नेटवर्क योजना विभाग प्रमुख फारुख रजा खानले भने, ‘देशका अपरेटरहरूले स्पेक्ट्रममा १० प्रतिशत राजस्व खर्च गरिरहेका छन्, जुन पाकिस्तानमा मोबाइल ब्रोडब्यान्ड विकासलाई ढिला बनाउने धेरै मध्ये एउटा कारक हो ।’

धेरै अवरोधहरूको बाबजुद बितेका दुई बर्षमा फोरजी पेनिट्रेसन तीन गुणाले बढेर २३ प्रतिशतबाट ६५ प्रतिशतमा पुगेको उनले बताए ।

उनले उल्लेख गरे अनुसार मुलुकमा डाटाको उच्च मागलाई जनाउँदछ । सोही अवधिमा यसको ट्राफिक झन्डै २०० प्रतिशतले बढेको र जसमा उच्च उपयोग साइटहरूको संख्या द्रुत रूपमा बढेकाले प्रयोगकर्ता अनुभव कायम राख्न तत्काल क्षमता विस्तार आवश्यक पर्दछ ।

थप चुनौतिहरू भनेको साझेदारी साइटहरूमा टावर स्पेस सीमित भएको कारण उपकरण अपग्रेड गर्नमा कठिनाई हो ।

द्रुत एलटिई ट्राफिक वृद्धि र यसको विशिष्ट आवश्यकताहरू पूरा गर्नका लागि साझा टावरमा बनेको साइटहरूको एक तिहाइ भन्दा बढीमा अपरेटरले ह्वावेको एफडिडि स्मार्ट 8T8R सोलुसनलाई छनोट गर्‍यो जसमा १८०० मेगाहर्ट्ज र २१०० मेगाहर्ट्ज डुअल–ब्यान्ड डत्डच् च्च्ग्क र सफ्टवेयर डिफाइन्ड एन्टेना छन् ।

एनआरमा अपग्रेड पछि थप लाभका लागि डाइनामिक बीमफर्मिङ मार्फत ग्राहकको अनुभवमा सुधार ल्याएको छ र ट्विन बिम प्रयोग गरेर एलटिई सेल क्षमता विस्तार गरेको छ ।

२०१८ मा टीआईएम ब्राजिलले यसको दुई मुख्य प्रतिस्पर्धीहरूको तुलनामा स्पेक्ट्रम ग्यापको सामना गरेको थियो जसले ग्राहकहरूलाई डेलिभर गर्ने डाटाको गति सीमित पारेको थियो ।

टीआईएम ब्राजिलका सीटीआईओ लियोनार्डो क्यापडेभिलले व्याख्या गरे कि बेस स्टेशनहरू थप गर्नु भनेको विकल्प होइन किनकि नयाँ साइटहरू लिन महँगो पर्दछ र देशले शहरहरूमा आवश्यक साइटहरूको संख्या कडा रुपमा सीमित गरेको छ ।

म्यासिभ मिमो समाधानको प्रमुख कार्यान्वयन पछि अपरेटरले साइटहरूको क्षमता तीन देखि पाँच गुणाले सुधार गर्न सकेको थियो ।

टीआईएमले २०० शहरहरूमा म्यासिभ मिमो तैनात गरेको छ । क्यापडेभिलले भविष्यका लागि यो डिप्लोइमेन्ट पनि एकदम महत्त्वपूर्ण छ । जब फाइभजी सुरु हुन्छ फाइभजी स्पेक्ट्रमलाई तल्लो ब्यान्डको संगै एग्रीगेसन गर्न सकिन्छ जसले टीआईएमलाई ब्राजिलको उत्तम मोबाइल नेटवर्क बनाउनेछ ।

सुधारिएको कभरेज

चीन टेलिकमले शहरी अनुप्रयोगहरूको लागि उपनगरीय र ग्रामीण कभरेज र एमएमवेभ स्पेक्ट्रम सुधार गर्न एलटिईबाट २.१ गिगाहर्ज ब्यान्ड प्रयोग गरी फाइभजी सेवा विस्तार गर्ने योजना बनाएको छ ।

चीन टेलिकमका प्रमुख विज्ञ की बिले कम फ्रिक्वेन्सी ब्यान्डको प्रयोगले भ्वाइस र आईओटी लगायत सबै अनुप्रयोगहरूको लागि उच्च कभरेज दिने बताए ।  दनका अनुसार उच्च फ्रिक्वेन्सी ब्यान्डले बढी क्षमताको लागि म्यासिभ मिमो टेक्नोलोजी प्रयोग गर्न सक्दछ ।

‘अपरेटरको एलटिई नेटवर्क ८०० मेगाहर्ट्ज ब्यान्डमा ४००,००० भन्दा बढी साइटहरू छन्’ कीले भने ‘ एनबि आईओटी र भोओएलटिई सेवाहरूको राष्ट्रव्यापी वितरणलाई सजिलो बनाएको छ । कम्पनीले २०२० मा क्षमता र थ्रुपुट सुधार गर्न यसको एनबी आईओटी नेटवर्क आर १४ मा अपग्रेड गरेको थियो ।

‘नतिजा स्वरूप हामीले २०१९ देखि २०२० सम्ममा १०० प्रतिशतको वृद्धिदर देख्यौं । हाल चीन टेलिकमसँग व्यापक एनबी आईओटी कनेक्सनहरू छन्, एनबी आईओटी अनुप्रयोगहरूको एक रिच सेटलाई सपोर्ट गर्ने ८० मिलियन भन्दा बढी कनेक्सनहरू छन्’ कीले भने ।

अपरेटरले विक्रेताहरूलाई पनि ह्यान्डसेटहरूमा भीओएलटिई डिफल्ट–अन सफ्टवेयर प्रदान गर्न प्रोत्साहित गरेको छ, जसले छ महिना भित्रमा २०० भन्दा बढी ह्यान्डसेट मोडेलहरू अपग्रेड गरेको छ ।

टुजी र थ्रीजीबाट भीओएलटिई माइग्रेसन ड्राइभ गर्न कम्पनीले कम मूल्यको भीओएलटिई फिचर फोन सुरूवात गर्न मद्दत गरेको छ । यी प्रयासहरूको साथ यसले दुई बर्षमा २०० मिलियन भीओएलटिई प्रयोगकर्ताहरू प्राप्त गरेको छ ।

यसै बीच, थाईल्याण्डमा एआईएसले भ्वाइस अनुभव सुधार गर्नका लागि आफ्नो एलटिई नेटवर्क ९०० मेगाहर्ज ब्यान्ड प्रयोग गरी ५ मेगाहर्जबाट १० मेगाहर्जमा विस्तार गरेको छ ।

उनले भने ‘एआईएसका राष्ट्रव्यापी अपरेशन र सपोर्ट विभाग प्रमुख, वासिट वट्टनसपले छन् भ्वाइस सेवाको जग भीओएलटिई हो, जुन कि हाम्रो लागि भीओएलटिई महत्वपूर्ण हुनुको कारण हो ।’

उनले भीओएलटिईको मुख्य फाइदा भनेको ह्यान्डसेटको ब्याट्री आयु लगभग ४० प्रतिशत बढाउने र कल सेटअप समयको गति पनि बढाउने बताए । ‘पछिल्लो चरणमा थप्न सकिने अन्य सेवाहरूमा च्ऋक् वा अन्य मल्टिमेडिया सेवाहरू छन्,’ वासिटले भने ।

एलटिईमा लिगसी सेवाहरूको माइग्रेसनको लागि लो–ब्यान्ड कभरेज आवश्यक छ । यद्यपि, लो–ब्यान्डहरू साँघुरो छन् र धेरै प्रयोगकर्ताहरूले मध्य ब्यान्डको तुलनामा यसको राम्रो कभरेजलाई प्राथमिकता दिंदा कनजेसन उत्पन्न हुन सक्छ जसले गर्दा विशेष गरी सेल एज प्रयोगकर्ताहरूको लागि नराम्रो अनुभव हुन जान्छ ।

मडकौरको प्रस्तुतिमा उहाँले लो–ब्यान्डको अनुभव बृद्धि गर्न लो–ब्यान्ड 4T4R सिंगलसेल सोलुसन प्रयोग गर्न सफारिस गरे ।

‘सिंगलसेलले सेलको मध्य भागको प्रयोगकर्ता ट्राफिक मध्य–ब्यान्डमा सेडुल गर्दछ र लो–ब्यान्डलाई सेल एज प्रयोगकर्तामा ध्यान दिन लगाउछ ।

यो गरेर सबै ब्यान्डहरू एक सेलको रूपमा निर्धारित हुनेछ र मिड–ब्यान्ड र लो–ब्यान्डको विशेषता पूर्ण रूपमा उपयोग गर्न सकिन्छ,’ मडकौरले भने  ‘जसले लो–ब्यान्ड 4T4R+SingleCell ले ५० प्रतिशत देखि ८० प्रतिशत सम्म लो–ब्यान्डमा प्रयोगकर्ताको अनुभव लाभ ल्याउन सक्छ भन्ने उल्लेख गरे ।

एलटिईमा जादा

काईओएस टेक्नोलोजीका सीईओ सेबास्टियन कोडभिलले लगभग २ अरब मानिसहरूले अझै पनि टुजी फिचर फोन प्रयोग गर्छन भनेर जोड दिए, र ‘यी टुजी प्रयोगकर्तालाई फोरजीमा पूर्ण रूपमा माइग्रेट गर्न इन्टरनेट जडित सस्तो फोनहरू चाहिन्छ’ भन्ने सुझाव दिए ।

कोही व्यक्ति इच्छाले इन्टरनेटमा कनेक्टेड छैनन् किनभने उनीहरू साधारण उपकरण प्रयोग गर्न चाहन्छन् । धेरैजसो कनेक्टेड छैनन् किनकि उनीहरूले इन्टरनेट जडित उपकरण किन्न सक्दैनन्’ उनले भने ।

कोडभिलले जीएसएमए डाटा फाइन्डिङ्ग उद्धृत गर्दै भने ‘स्मार्टफोनको लिन तपाईसँग एक दिनको कम्तिमा १० डलरको आय हुनु पर्दछ । उदीयमान बजारहरूमा उपकरणको किफायती नै मुख्य मुद्दा हो ।’

‘फिचर फोनको नयाँ प्रकारले जटिलताको यस अंशलाई समाधान गर्दछ । फोरजी वा फाइभजी माइग्रेसनको सुविधा प्रदान गर्दा यसले अर्को बिलियनलाई सस्तो मुल्यमा इन्टरनेट पहुँच प्रदान गर्दछ ।’

स्मार्ट फिचर फोनहरू काईओएसमा चल्दछन् र एलटिई नेटवर्कहरू सपोर्ट गर्दछ साथै पकाईस्टोरमा पहुँच राख्दछ जसले ९०० भन्दा बढी लोकप्रिय र आवश्यक अनुप्रयोगहरू होस्ट गर्दछ, र प्रयोगकर्ताहरूलाई बहुमूल्य डिजिटल सामग्रीबाट फाइदा लिन र मित्रहरू, परिवारसँग सम्पर्कमा रहन दिन्छ, उनले भने ।

भारतमा रिलायन्स जियोसँग तीन वर्ष काम गरे पछि अपरेटरका करिब २६ प्रतिशत ग्राहकहरूले काईओएस उपकरण प्रयोग गर्दछन् ।