कीवर्डहरू -

फाइभजीको भू–राजनैतिक पाटो

आखिर फाइभजीमा त्यस्तो के विशेषता रह्यो र आज विश्वलाई हल्लाइराखेको छ ? किन विश्वका शक्तिशाली देशहरू फाइभजी प्रविधिमा आफ्नो वर्चस्व कायम गर्न तँछाडमछाड गर्दै छन् ?

फाइभजीको भू–राजनैतिक पाटो


ई. रवीन्द्र फोजू

नेपाल चौथो पुस्ताको मोबाइल प्रविधि (एलटिई) देशव्यापी विस्तारको चरणमा रहँदा संसार मोबाइल प्रविधिको पाँचौं पुस्ता फाइभजीको विश्वव्यापी दौडमा प्रवेश गरिसकेको छ । विगत केही वर्षदेखि अन्तर्राष्ट्रिय जगतमा पाँचौं पुस्ताको ताररहित प्रविधिको चर्चा, छलफल र बहस चुलिँदै गएको छ ।


पहिलो पुस्ताको मोबाइल प्रविधि भित्रिँदा अमेरिकी कम्पनी मोटोरोलाको मोबाइल फोन सन् १९८५ सम्ममा विश्वको कुल फोनको सत्तरी प्रतिशत थियो । दोस्रो पुस्ताको प्रवेशसँगै युरोपका नोकिया, इरिक्सनलगायत नेतृत्वकर्ताको रूपमा उदय भयो । तेस्रो र चौथो पुस्ता र सन् २००७ मा स्मार्टफोनको आगमनसँगै फेरि अमेरिका ताररहित प्रविधिको गुरुत्वको केन्द्र बन्यो । यता पहिलो र दोस्रो पुस्ताको समयमा गुमनाम, थ्रीजीमा विदेशी प्रविधिसँग तेस्रो निर्भर र चौथो पुस्ताको प्रविधिमा सीमित मात्रामा भूमिका निर्वाह गर्न सकेको चीन पाँचौं पुस्ताको प्रविधिमा आफ्नो बलियो उपस्थितिका निम्ति जोडबल गर्दै छ ।

फाइभजी प्रविधिको अध्ययन, अनुसन्धान र विकासका विस्तारका लागि चीनको अधिक लगानीका कारण थ्रीजी र फोरजीमा आफ्नो वर्चस्व कायम गर्न सफल अमेरिकाका अधिकारीहरू फाइभजीको प्रतिस्पर्धामा चीनभन्दा नाटकीय रूपमै धेरै पछाडि परेको अनुभव गर्दै छन्, जसका कारण विगत केही वर्षदेखि अमेरिका र चीनबीचको व्यापार र प्रविधिको टकराव निरन्तर तीव्रतर छ । अमेरिकाको अर्थतन्त्र, राष्ट्रिय सुरक्षा, चीनको उदय, उसको उच्च प्रविधिको विकास, आर्थिक विकासका लक्ष्यलगायतका मूलभूत मुद्दाहरू फाइभजीको विकास र विस्तारसँग जोडिएका कारण फाइभजी भू–राजनीतिको चपेटामा परेको छ । शत्रुतापूर्ण प्रतिद्वन्द्विताका कारण उनीहरू युद्धको पासो ‘थुसेडाइड्स ट्रयाप’मा फस्दै गएका छन् ।


आखिर फाइभजीमा त्यस्तो के विशेषता रह्यो र आज विश्वलाई हल्लाइराखेको छ ? किन विश्वका शक्तिशाली देशहरू फाइभजी प्रविधिमा आफ्नो वर्चस्व कायम गर्न तँछाडमछाड गर्दै छन् ? किन यो २१औं शताब्दीको अर्थतन्त्रको स्नायु केन्द्र बन्ने सम्भावनाको आकलन गर्दै छ ? परिचर्चाको विषय बनेको छ ।


फाइभजीका विशेषता
फाइभजी प्रविधि फोरजी भन्दा सिद्धान्ततः सय गुणा गतिवान् हुने भए तापनि यसको मुख्य विशेषता विशाल र अधिक उपकरणहरू सहजतापूर्वक जोड्न सक्ने उच्च क्षमता र उपकरणहरूबीच सञ्चार स्थापित गर्न लाग्ने अति कम विलम्बता (अल्ट्रा लो लेटेन्सी) हुनु हो ।

फाइभजीको आगमनले कनेक्टिभिटीको नयाँ युग शुरु हुनेछ । दैनिक जीवनका हरेक पक्षहरू र तत्वहरूमा यसको प्रत्यक्ष असर पर्ने छ । यसले स्मार्टफोनको माध्यमबाट मानिस र मानिसबीच सम्पर्क र सञ्चार स्थापित गराउने मात्र नभई अनगिन्ती वस्तुहरूले एकअर्काबीच कम विलम्बतामा हरेक दिन, पूरै दिन सञ्चार स्थापित गराउनेछ । भोलिका दिनमा यसले सडक गुडिरहेका स्वचालित सवारीसाधनहरूबीच एकदमै कम समयमा आपसमा सूचना आदानप्रदान गरी दुर्घटना हुनबाट बचाउन सहयोग गर्नेछ । दुर्गम क्षेत्रका बिरामीहरूलाई टाढाको अस्पतालबाट सटिक र यथार्थपरक रोबोटिक्स चिरफार अर्थात् सर्जरी गर्न सम्भव हुनेछ ।

\"\"

फाइभजीको आगमनले कनेक्टिभिटीको नयाँ युग शुरु हुनेछ । दैनिक जीवनका हरेक पक्षहरू र तत्वहरूमा यसको प्रत्यक्ष असर पर्ने छ । यसले स्मार्टफोनको माध्यमबाट मानिस र मानिसबीच सम्पर्क र सञ्चार स्थापित गराउने मात्र नभई अनगिन्ती वस्तुहरूले एकअर्काबीच कम विलम्बतामा हरेक दिन, पूरै दिन सञ्चार स्थापित गराउनेछ ।

स्वचालित रोबोटिक्सको प्रयोगले उद्योग र कलकारखानाको दक्षतालाई सुधार गरी उत्पादकत्व वृद्धिमा ठूलो योगदान गर्नेछ ।फाइभजी जडित एआर र भीआरको आधारमा उपभोक्ताहरूले आफ्नो बैठक कोठामा कस्ता–खाले फर्निचर उपयुक्त हुन्छ र आफ्नो शरीरमा कस्तो रङ्ग र किसिमका लुगाहरू शोभनीय हुन्छ, शरीरमा लुगा नलगाइकनै हेर्न सक्छ । त्यसैगरी उपभोक्ताहरू आफै सुपरमार्केट धाउनुको साटो सुपरमार्केट स्वयम् स्वचालित किनमेल ठेलागाडीले मागबमोजिम ट्राफिक सिस्टमसँग वार्तालाप गरी उपभोक्ताको घरैसम्म सामानहरू पु¥याउने बन्दोबस्त हुने भविष्यवाणी गरिँदै छ । यसले सबै वस्तुहरूलाई जोड्ने भएकाले भविष्यमा फाइभजी विद्युत्भन्दा बढ्ता महत्वपूर्ण हुने परिकल्पना गरिँदै छ ।


व्यापार, व्यवसाय, उद्योगधन्दा, यातायात, ऊर्जा, कृषि उत्पादन स्वास्थ्य रक्षा, शिक्षा, मनोरञ्जनलगायतका सबै क्षेत्रहरूको महत्वपूर्ण र तीव्र विकास यसमा निर्भर रहनेछ । जीएसएमएका अनुसार सन् २०२० सेप्टेम्बरमा संसारका सात प्रतिशत जनतामा प्रवेश गरेको फाइभजी बढेर सन् २०२५ सम्ममा २० प्रतिशतमाझ पुग्ने र सन् २०३५ मा भएको अर्थतन्त्र १३ ट्रिलियन अमेरिकी डलर हुने प्रक्षेपण छ ।


स्ट्यान्डर्ड संस्थामा प्रभाव स्थापित गर्ने धुन
फाइभजीको स्ट्यान्डर्र्ड निर्माण गर्ने संस्थाको नेतृत्वले स्वाभाविक रूपमा प्राविधिक विशिष्टीकरण Technical Specification निर्माण, नियन्त्रण र समन्वय गर्ने प्रक्रियामा प्रभाव पार्छ । त्यसैले संरा अमेरिका, चीन र युरोपियन युनियन स्ट्यान्डर्र्ड तयार गर्ने प्रक्रियामा आफ्नो प्रभावकारी भूमिका खोज्दै फाइभजी चिनियाँ व्यापारीमाझ ‘तेस्रो तह’को कम्पनीहरूले सामान उत्पादन गर्छन्, दोस्रो तहको कम्पनीले प्रविधि निर्माण गर्छ र पहिलो तहको कम्पनीले स्टाय्न्डर्र्ड निर्माण गर्छ भन्ने लोकोक्ति अति नै प्रचलित छ ।

उक्त लोकोक्ति प्रविधिको स्ट्यान्डर्र्ड निर्माणमा भूमिका बढाउनुपर्छ भन्ने मान्यतामा पनि प्रतिबिम्बित हुन्छ । त्यसैले २०१३ मा चीनको उद्योग र सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय विकास र पुनर्निर्माण आयोग र विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त प्रयासमा चाइनाज् आइएमटी २०२० (फाइभजी) प्रमोसन ग्रुप स्थापना भयो । यसको उद्देश्य चिनियाँ कम्पनीहरूलाई स्ट्यान्डर्र्ड निर्माण गर्ने प्रक्रियामा सहयोग गर्नु थियो । फलतः स्ट्यान्डर्र्ड निर्माण गर्ने संस्था UN , ITU , 3GPP लगायतमा चीनको प्रभाव बढ्दो छ ।


3GPP (3rd Generation Partnership Project) का तीन प्राविधिक विशिष्टीकरण समूह रेडियो एक्सेस नेटवर्क )(RAN) सर्भिस एन्ड सिस्टम एस्पेक्ट्स र कोर नेटवर्क एन्ड टर्मिनल (CT) को नेतृत्वकारी स्थानमा चिनियाँ कम्पनीहरू हुवावे, सीएटीटी र चाइना मोबाइलको पकडले टेलिकम्युनिकेसन पूर्वाधारका विश्वव्यापी सप्लाई चेनमा नेतृत्वकर्ताको आवरणमा आफ्नो अनुकुल स्ट्यान्डर्र्ड निर्माण गरेर विश्वलाई बेच्ने चिन्ता अन्य देशहरूलाई उत्तिकै रहेको छ ।


सर्भिस एन्ड सिस्टम एस्पेक्ट्सको अध्यक्ष पदका लागि चुनावको माध्यमबाट अमेरिकी क्वालकम कम्पनीलाई हुवावेले हराउनु, इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन  (ITU) को महासचिवमा पहिलो पटक चीनको ह्वाउलिन चाउ Houlin Zhao निर्वाचित हुनु अमेरिकी कम्पनीहरू नेतृत्वदायी स्थानमा नहुनु, स्ट्यान्डर्र्ड तयार गर्ने १४० संस्थाका २५० भन्दा बढी महत्वपूर्ण पदमा हुवावेले स्थान ओगटेका कारण प्राविधिक विशिष्टीकरण प्रक्रियामा चीनको अत्यधिक प्रभाव पर्ने फाइभजी देखेर त्यसलाई निस्तेज पार्न अमेरिकाको पहिलो ध्यान हुवावेलाई बन्देज लगाउनेतर्फ अग्रसर भयो ।

सन् २०२० मार्चमा विश्व बौद्धिक सम्पत्ति संस्था ( WIPO) को महानिर्देशक पदका लागि भएको चुनावमा चिनियाँ उम्मेदवारलाई भोट नगर्न अन्य देशहरूलाई चेतावनी दिँदै सिङ्गापुरका दारेन ट्याङ (Daren Tang) का पक्षमा अमेरिका लाग्नु र चिनियाँ उम्मेदवार वाङ विन्याङ (Wang Binying) लाई पराजित गर्न सक्नुमा उसको कूटनैतिक सफलता ठान्नु यसैको सिलसिला हो ।


स्पेक्ट्रम छनोट र लिलामी
फाइभजीलाई सफल बनाउन स्पेक्ट्रम ९कउभअतचगm० र यसको नियमनले आधारभूत रूपमै महत्वपूर्ण भूमिका निर्वाह गर्छ । उचित स्पेक्ट्रम फाइभजी छनौट र निर्धारणले फाइभजीको दौडमा को विजय हुने भन्नेमा दिशानिर्देश गर्छ नै । अमेरिकी प्रविधि क्षेत्रका विश्लेषकहरू अमेरिकाको गलत स्पेक्ट्रम फाइभजी छनौट र निर्धारणका कारण फाइभजीको प्रतिस्पर्धामा चीनभन्दा पछाडि पर्नेमा चिन्ता व्यक्त गर्दै फाइभजी ।

फाइभजी प्रविधिको सफल प्रयोगका लागि मिड ब्यान्ड अर्थात् सी ब्यान्ड स्पेक्ट्रमलाई गोल्डीलक स्पेक्ट्रम (Goldilocks Spectrum) को रूपमा व्याख्या गर्ने गरिन्छ । बृहत् भौगोलिक क्षेत्र समेट्नुका साथै तीव्रगतिमा सम्बन्ध र सञ्चार स्थापित गर्न सक्ने क्षमताका कारण यो स्पेक्ट्रम फाइभजीका लागि उचित मानिन्छ । चीनले सी ब्यान्डलाई फाइभजीको व्यावसायिक फिक्वेन्सीको रूपमा विश्व बजारमा प्रयोग गरिसकेको छ । उसले हालसम्म करीब सात लाख बेसस्टेसन निर्माण गरिसकेको छ भने सन् २०२१ मा थप ६ लाख बेसस्टेसन निर्माण गर्ने घोषणा गरिसकेको छ ।

\"\"

संरा अमेरिकामा सी ब्यान्ड स्पेक्ट्रमका 3.7GHz देखि 4.2 GHZ को फिक्वेन्सी ब्यान्ड टीभी प्रसारण र रेडियो सेवाका लागि प्रयोग हुँदै आएको छ । ती फ्रिक्वेन्सीहरू फाइभजीका लागि उपयोग गर्न स्याटेलाइट कम्पनीहरूले खाली गरिदिनुपर्ने हुन्छ । सन् २०२१ को अन्त्यसम्म ती फिक्वेन्सी खाली गरिदिने विश्वास गरिएको छ ।


सी ब्याण्डका अधिकांश फ्रिक्वेन्सीहरू सरकारी र सैन्य प्रयोजनका लागि प्रयोग भइसकेका कारण अमेरिका यता हाइब्यान्ड स्पेक्ट्रमको प्रयोग गर्ने सोचमा थियो । फाइभजीका लागि उच्च फिक्वेन्सी फाइभजी छनौट गरे ग्रामीण भेगमा उपयुक्त नहुने हुँदा सी ब्यान्ड फाइभजी छनौटका निम्ति विज्ञहरूले निरन्तर सुझाव र दबाब दिँदै आएका छन् ।

संरा अमेरिकामा सी ब्यान्ड स्पेक्ट्रमका 3.7GHz देखि 4.2 GHZ को फिक्वेन्सी ब्यान्ड टीभी प्रसारण र रेडियो सेवाका लागि प्रयोग हुँदै आएको छ । ती फ्रिक्वेन्सीहरू फाइभजीका लागि उपयोग गर्न स्याटेलाइट कम्पनीहरूले खाली गरिदिनुपर्ने हुन्छ । सन् २०२१ को अन्त्यसम्म ती फिक्वेन्सी खाली गरिदिने विश्वास गरिएको छ । अमेरिकाले सी ब्यान्ड फ्रिक्वेन्सी 3.7GHz (गिगाहर्ज) र 3.98 GHZ  गिगाहर्जबीचको स्पेक्ट्रम फाइभजीका लागि लिलामी (Auction) सन् २०२० डिसेम्बर ८ देखि मात्र शुरु गरेको छ । चीनमा फिक्वेन्सी ब्यान्ड अन्य देशमा जस्तै लिलामीका आधारमा नभई जिम्मेवारी प्रदान गरिने भएकोले चिनियाँ कम्पनीहरूले लाइसेन्सका लागि अर्बौं खर्चिन पर्दैन । अरूले लाइसेन्सका लागि खर्चिने अर्बौं रकम अनुसन्धान र पूर्वाधार निर्माण र विकासमा प्रयोग गर्न पाउनुले अमेरिकी र युरोपियन कम्पनीहरूको भन्दा चिनियाँको निम्ति महत्वपूर्ण पक्ष मानिन्छ ।


फाइभजी सम्बन्धी पेटेण्ट
आइप्लेटिक्सको पछिल्लो रिपोर्टअनुसार फाइभजी सम्बन्धी पेटेन्ट होल्डरको रूपमा चिनियाँ कम्पनीहरू (हुवावे, जेटीई सीएटीटी, ओपो) को हिस्सा ३५ प्रतिशत रहेको र अमेरिकी कम्पनीको जम्मा १४ प्रतिशत रहेको देखाउँछ । फाइभजी सम्बन्धी पेटेन्ट र स्ट्यान्डर्र्ड निर्माणको लागि प्राविधिक योगदान दुवैको तथ्यांकअनुसार चीन अग्रणी स्थानमा रहेको छ ।

यदि फाइभजी प्रविधि व्यापक रूपमा लागू भए नोकियाले अघिल्लो पुस्ताको प्रविधिको पेटेन्टबाट रोयल्टी संकलन गरे जस्तै चिनियाँ कम्पनीहरूले ठूलो मात्रामा रोयल्टी संकलन गर्ने सम्भावना छ । यद्यपि, पेटेन्टको सङ्ख्या बढ्दैमा चीन नेतृत्वकर्ता बन्छ नै भन्ने आधार नहुन सक्छ । दर्ता भएका सबै पेटेन्टको महत्व उति नै हुन्छ भन्ने छैन ।


व्यापार सम्बन्ध र सुरक्षा
ह्वाइट हाउस अफिस अफ साइन्स एन्ड टेक्नोलोजी पोलिसी अमेरिकाका चिफ टेक्नोलोजी अफिसर मिखाइल क्राट्सिओस् (Michael Kratsios) सूचना र प्रविधिको युगमा जसले वायरलेस प्रविधिमा जित हासिल गर्छ, उसैले संसारको नेतृत्व गर्छ भन्ने मान्यता राख्छ । चीन फाइभजी प्रविधि अङ्गीकार गर्ने पहिलो देश भएको नाताले फाइदा उसले लिने सम्भावना बढी हुन्छ । संवेदनशील पूर्वाधार उपलब्ध गराउने कम्पनीको हातमा दशकौंसम्म पूर्वाधारको साँचो प्राप्त गरे सरह हुने हुँदा चिनियाँ कम्पनीको बजार विस्तार भए फाइभजीमा चीनको एकाधिकार स्थापित हुने चिन्ता अन्य देशमा रहँदै आएको छ ।

\"\"

अमेरिका कुनै पनि हालतमा इन्टरनेट प्रविधिमा आफ्नै सर्वोच्चता गुमाउन चाहँदैन । तसर्थ ऊ जस्तोसुकै मूल्य चुकाउन परे पनि फाइभजी प्रविधिमा चीनको दबदबालाई न्यूनीकरण गर्न चाहन्छ ।


अमेरिका कुनै पनि हालतमा इन्टरनेट प्रविधिमा आफ्नै सर्वोच्चता गुमाउन चाहँदैन । तसर्थ ऊ जस्तोसुकै मूल्य चुकाउन परे पनि फाइभजी प्रविधिमा चीनको दबदबालाई न्यूनीकरण गर्न चाहन्छ । आफ्ना नजिकका फाइभ आइज (Five Eyes) देशहरू र अन्यलाई फाइभजी प्रविधिमा हुवावेको पूर्वाधार प्रयोग नगर्न चेतावनी दिइरहेको अमेरिकाले हुवावेलाई कूटनैतिक चेस खेलको मोहरा बनाएको विश्लेषकहरूको ठम्याइ छ । अन्य देशहरूले पनि हाल आएर हुवावेको सुरक्षा प्रणालीको विषयमा चासो लिइरहेका छन् । चीनबाट उत्पादित प्रविधिलाई आफ्नो बजारमा रोक्नका लागि विशेष ध्यान दिइरहेको छ ।


यद्यपि, हुवावेले फाइभजी प्रविधिको लागि इटाली, जर्मनी, फ्रान्स, स्वीजरल्यान्ड, पोर्चुगल, यूएई, ब्राजिल, रसिया र इन्डोनेसिया लगायतका देशहरूसँग सम्झौता गरिसकेको छ । प्रतिस्पर्धी कम्पनीले प्रस्ताव राख्ने नेटवर्क उपकरणको मूल्यभन्दा आधा मूल्यमा उनीहरूको भन्दा गुणस्तरीय उपकरण दिन सक्ने अलौकिक क्षमताका कारण अन्य कम्पनीले हुवावेसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमतामा ह्रास पैदा गरेको छ । सानो बजार हिस्सा र पूँजीका आधारमा नोकिया र इरिक्सन हुवावेभन्दा धेरै पछाडि रहेको र उनीहरूको ध्यान पश्चिमेली देशमै केन्द्रित हुनुपर्दा सानो संख्याको नेटवर्क अपरेटर र ठूलो पूँजी लगानी गर्न नसक्ने देशहरूले फाइभजी नेटवर्कमा हुवावेको प्रविधिलाई घटाउनै नसक्ने परिस्थितिमा छ ।


फाइभजी भावी प्रविधि एआई, रोबोटिक्स, आईओटी, एआर, भिआर लगायतको बृद्धि र विकासका लागि शक्तिशाली उत्प्रेरक हो । अबको विश्व अर्थतन्त्रको निर्णायक परिदृश्य यी प्रविधिहरूमा निर्भर हुनेछ । राष्ट्रियस्तरमा फाइभजीको अङ्गीकार गर्न ढिलाइ गरे देशको अर्थतन्त्रमा कमी आउने, आफ्नो देशका उद्योगहरूको अन्तर्राष्ट्रिय बजार विस्तारका महत्वाकांक्षामा हानि हुने सम्भावना प्रबल छ । अतः फाइजभीको अंगीकार र सुरक्षा प्रणालीका विषयमा धेरै देश संवेदनशील रहँदै आएका फाइभजी छन् ।


सन् २०१९ को शुरुवातदेखि नै संसारका दुई ठूला अर्थतन्त्र संरा अमेरिका र चीनबीचको व्यापार युद्धको केन्द्रबिन्दु फाइभजी र हुवावे बन्नुले डिजिटल प्रविधि दुई धु्रवमा विभक्त हुँदैछ । यसखाले प्रविधिगत पर्खाल अन्तरनिर्भर खुल्ला विश्व अर्थतन्त्रका लागि सुखद हुने छैन । प्रविधि युद्धतर्फ उन्मुख व्यापार युद्ध अझ पेचिलो बन्दै जानेछ । यो कसैको हितमा हुने छैन । यसले विश्वलाई कम समृद्धितर्फ धकेल्ने निश्चित छ ।

(लेखक ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य हुनुहुन्छ ।)

लेख लिभिङ विथ आइसिटी म्यागजिनको फागुन अंकमा प्रकाशन भएको थियो । म्यागजिन पढ्नको लागि यहाँ क्लिक गर्नुहोस ।