कीवर्डहरू -

ह्वावेको रणनीतिः फाइभजी विस्तार देखि सिमलेस सेवा प्रदान गर्नेसम्म

ह्वावेको रणनीतिः फाइभजी विस्तार देखि सिमलेस सेवा प्रदान गर्नेसम्म

ह्वावेले शेन्जेनमा १८ औं ग्लोबल एनालिस्ट समिट आयोजना गरेको छ । उद्योग र वित्तीय विश्लेषकहरू, मुख्य ओपिनियन लिडरहरू र मिडिया प्रतिनिधिहरू सहित ४०० भन्दा बढी अतिथिहरू अन–साइटमा कार्यक्रममा सामेल भएका थिए ।

साथै अनलाईन मार्फत विश्वभरका विश्लेषकहरू र मिडिया प्रतिनिधिहरूले भाग लिएका थिए । ह्वावेका रोटेटिङ अध्यक्ष एरिक जूले २०२० मा कम्पनीको व्यवसाय प्रदर्शनका साथै पाँचवटा रणनीतिक पहलहरू अगाडि बढिरहेको कुरा सेयर गरेका थिए । जूका अनुसार ह्वावेले यी कामहरु गर्नेछ ।

•    व्यापार लचिलोपन बढाउन यसको पोर्टफोलियो अनुकूलन गर्नु । यी प्रयासहरूको एक हिस्साको रूपमा ह्वावेले आफ्नो सफ्टवेयर क्षमतालाई सुदृढ पार्नेछ र अत्याधुनिक प्रक्रिया प्रविधिहरूमा कम निर्भर हुर्ने व्यवसायहरूमा साथै इन्टेलिजेन्ट सवारीका लागि चाहिने कम्पोनेन्टहरूमा बढी लगानी गर्नेछ ।
•    मोबाइल संचारको विकासलाई ड्राइभ गर्न उद्योगका पाट्नरहरूसँग फाइभजीको भ्यालु बढाउने र फाइभझीलाई परिभाषित गर्नेछ ।
•    सिमलेस, प्रयोगकर्ता–केंद्रित र अल युजर सिनारियोमा इन्टेलिजेन्ट अनुभव प्रदान गर्नेछ ।
•    कम कार्बन खपत गर्ने संसारको लागि ऊर्जा आविष्कार गर्नेछ ।
•    आपूर्ति निरन्तरताका चुनौतीहरूको सम्बोधन गर्नेछ ।

‘उद्योगलाई फेरि ट्र्याकमा ल्याउन विश्वव्यापी सेमिकन्डक्टर सप्लाई चेनमा विश्वासको पुनःनिर्माण र सहयोगको पुनः स्थापना अत्यन्त महत्वपूर्ण छ’ एरिकले भने ।

‘अगाडि बढ्दै जाँदा हामी आफूलाई जटिल र अस्थिर वैश्विक वातावरणमा पाउनेछौं । कोभिड–१९ को पुनरुत्थान र भू–राजनीतिक अनिश्चितताले हरेक संगठन, व्यवसाय र देशका लागि जारी चुनौतीहरू प्रस्तुत गर्दछ । उनले भने, ‘हामी डिजिटल टेक्नोलोजीको शक्तिमा विश्वास गर्दछौं जसले हामी सबैले सामना गर्ने समस्याहरूलाई नयाँ सोलुसन प्रदान गर्दछ । त्यसैले हामी नयाँ ग्राहक र साझेदारहरूको साथ प्रत्येक व्यक्ति, घर र संगठनमा पूर्ण रुपमा कनेक्टेड इन्टेलिजेन्ट संसारका लागि डिजिटल अबलमबन गर्न डिजिटल रुपान्तरणलाई अगाडि बढाउने क्रमलाई जारी राख्नेछौं ।’

बोर्डका निर्देशक र ह्वावेका रणनीतिक अनुसंधान संस्थानका अध्यक्ष विलियम जूले आगामी दशकमा सामाजिक कल्याणलाई प्रभाव पार्ने चुनौतीहरूको बारेमा छलफल गरेका थिए । जसमा बढ्दो जनसंख्या र बढ्दो उर्जा खपत रहेको छ ।

उनले २०३० को इन्टेलिजेन्ट संसारमा ह्वावेको दृष्टिकोणलाई अघि सारेका छन्, जसमा नौ प्राविधिक चुनौतीहरू र अनुसन्धान प्रयासहरूको लागि प्रस्तावित निर्देशनहरू समावेश छन् । यसमा समावेश छन्ः

•    फाइभजीको परिभाषाले अरबौंको विभिन्न प्रकारका कनेक्सनहरूको समर्थन गर्ने
•    फाइबर क्षमतालाई वृद्धि गर्ने नानोस्केल अप्टिक्सको विकास गर्ने
•    सबै चीजहरू कनेक्ट गर्न नेटवर्क प्रोटोकलहरू अनुकूलन गर्ने
•    पर्याप्त उन्नत कम्प्युटिंग शक्ति प्रदान गर्दै इन्टेलिजेन्ट संसारलाई समर्थन गर्ने
•    औद्योगिक एआईमा सफलता ड्राइभ गर्न भारी डाटाको मात्राबाट ज्ञान निकाल्ने
•    १०० एक्स डेन्सर स्टोरेज प्रणालीहरूको लागि भ्यान न्युमेन आर्किटेक्चर भन्दा अगाडि बढ्ने
•    हाइपर–रियलिटी बहु–मोडल अनुभवको लागि कम्प्युटिंग र सेन्सिङलाई संयोजन गर्ने
•    मानिसहरूलाई अझ सक्रिय रूपमा आफ्नो स्वास्थ्यको हेरचाह ब्यबस्था गर्नका लागि महत्वपूर्ण संकेतहरूको निरन्तर स्वम–निगरानीको लागि सक्षम पार्ने
•    ग्रीनर इलेक्ट्रिसिटीको उत्पादन, स्टोरेज र खपतका लागि इन्टेलिजेन्ट इन्टरनेट अफ एनर्जी निर्माण गर्ने

‘आउँदो दशकमा हामी समाजमा धेरै ठूलो सुधारहरू देख्न सक्ने छौं । यी प्रयासहरूलाई प्रबर्धन गर्न हामी विभिन्न उद्योग, शिक्षाविद्, अनुसन्धान संस्थानहरू र अनुप्रयोग विकासकर्ताहरूसँग मिलेर विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्ने आशा राख्दछौं’ विलियम जूले भने ।

उनले भने, ‘एक साझा दृष्टि संगै, हामी सबैको अन्वेषण गर्ने एउटा भूमिका रहेको छ कि कसरी कनेक्शनहरू बलियो बनाउने, छिटो कम्प्युटिंग गर्ने र एनर्जी ग्रीनर गर्ने भनेर । आउनुहोस्, २०३० मा एक इन्टेलिजेन्ट संसारतिर अगाडी बढौं ।’

पहिलो ह्वावे ग्लोबल एनालिस्ट शिखर सम्मेलन २००४ मा आयोजित भएको थियो र त्यस बेलादेखि वार्षिक रूपमा आयोजना हुँदै आएको छ ।