कीवर्डहरू -

बिहीबार राति नेपाली आकाशमा उल्का वर्षा देख्न सकिने

बिहीबार राति नेपाली आकाशमा उल्का वर्षा देख्न सकिने

बिहीबार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने भएको छ । मौसमले साथ दिएको खण्डमा बिहीबार राति ११ बजेदेखि शुक्रबार बिहान सुर्योदय सम्म नेपाली आकाशमा उल्का बर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जानकारी दिएको छ ।

बैशाख ३ देखि सक्रिय भएको वीणा उल्कबर्षा (लाइरिड मिटियोर सावर) बैशाख १७ गते सम्म सक्रिय रहने छ ।

‘अत्याधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिने छ,’ नासोले सार्वजनिक गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘थ्याचर नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुदा यो उल्का बर्षा देखिने गर्दछ ।’

थ्याचर पुछ्रेताराले सुर्यको एक परिक्रमा गर्न ४१५ वर्ष लगाउँदछ । पुछ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलाका कणहरु छोड्ने गर्छन जुन लाखौ किलोमीटर सम्म फैलिन सक्छन ।

यसरी फैलिएका धूलाका कणहरुले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ । परिक्रमा गर्ने क्रममा जब यी धूलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन तब उल्का देखिन्छ । यदि यस्तो दृश्यमा १० वा सो भन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने  गरिन्छ ।