कीवर्डहरू -

चैत महिनामा मोबाइल वालेटबाट ११ अर्ब बढीको भुक्तानी

चैत महिनामा मोबाइल वालेटबाट ११ अर्ब बढीको भुक्तानी

मुलुकका डिजिटल भुक्तानीमा वृद्धि भइरहेको बेला मोबाइल वालेटबाट एक महिनामा ११ अर्ब २ करोड १० लाखको भुक्तानी भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकअनुसार चैत महिना उक्त कारोबार भएको हो ।

यो यसअघिको महिनाको भन्दा २३ करोड २० लाख रुपैयाँले बढि हो हो । फागुन महिनामा १० अर्ब १८ करोड रुपैयाँको कारोबार भएको थियो ।

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा पनि मोबाइल वालेटको भुक्तानी उच्च थियो । उक्त महिनामा १० अर्ब २२ करोड २० लाख रुपैया भुक्तानी भएको थियो ।

नवौ महिनामा कनेक्ट आइपिएसबाट १ खर्ब ४१ अर्ब ८० करोड २० लाख रुपैया भुक्तानी भएको छ । त्यस्तै, क्युआर कोडमार्फत भएको भुक्तानी २ अर्ब ७२ करोड २० लाख रहेको छ ।