कीवर्डहरू -

बुढानिकलकण्ठमा विद्युतिय शुसासन सम्वन्धी कार्यक्रम सम्पन्न, २ बर्षमा उल्लेख्य प्रगति हुने मेयरको दाबि

बुढानिकलकण्ठमा विद्युतिय शुसासन सम्वन्धी कार्यक्रम सम्पन्न, २ बर्षमा उल्लेख्य प्रगति हुने मेयरको दाबि

भर्याङ नेपाल र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा पहुचयुक्त विद्युतिय शुसासन सम्वन्धी वर्कशप सम्पन्न भएको छ । शुक्रवार पार्क भिलेज रिसोर्टमा आयोजना भएको कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेलले अब सरकारी कामकाजलाइ डिजिटलाइज गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन ।
स्थानिय निकायमा प्रविधिमैत्री सेवाले गर्दा पहुचयुक्त शुसासन ल्याउन सकिने कुरामा जोड दिइएको थियो ।

सरकारले पछिल्लो चरणमा तीनै तहका सरकारी निकायलाइ समन्वय गर्नेगरी प्रविधिमैत्री सिस्टम विकास गर्न लागिरहेको आइटी विभागका निर्देशक सुवास ढकालले बताए ।  कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयका सञ्चार निर्देशनालय प्रमुख डा राजिब शुब्बाले स्थानिय निकायलाइ विद्युतिय शुसासनमा रुपान्तरण गर्न व्यत्ति, प्रणाली र प्रविधिको समन्वय हुनुपर्ने बताए ।


देशभरका स्थानिय निकायहरुलाइ विद्युतिय शुसासनमा जानको लागि सचेतनात्मक कार्यक्रमहरु गर्ने योजना सहित बुढानिलकण्ठबाट पहिलो कार्यक्रम सुरु भएको भर्याङ नेपालका उपाध्यक्ष तुषार न्यौपानेले बताए ।

बुढानिलकण्ठमा भएको कार्यक्रममा इ सेवाका तर्फबाट सिइयो रोशन लामिछाने, ब्रेनडिजिटका सिइयो निश्चल प्रधान र साइबरनेटिक्सका प्रवन्ध निर्देशक जेम्स न्युच्छेले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नगरपालिकाका प्रतिनिधि स्थानिय बुद्धिजिबी र विद्यालयका प्रतिनिधिहरु समेत एक सय २० जनाको सहभागिता रहेको थियो ।

\"\"
कार्यक्रममा अन्तिम चरणमा मेयर, उपमेयर, कार्यकारी अधिकृत लगायत आइटी विभागका निर्देशक सुवास ढकाल, डा. राजिब शुब्बा र टिजेएफ नेपालका अध्यक्ष विश्वास रेग्मी प्यानल डिस्कसनमा सहभागी भएका थिए । अबको दुइ वर्षभित्र बुढानिलकण्ठमा डिजिटल गर्भनेन्स सुरु गर्दै नगरपालिकाका सेवा र सुविधाहरु पहुचयुक्त शुसासनको रुपमा विकास हुने मेयर खरेलले बताएका छन ।

यसको लागि सहभागी कम्पनिहरु साइबरनेटिक्स, ब्रेनडिजिट र इसेवाले आफ्नो तर्फबाट सुन्दर र स्मार्ट बुढानिकलकण्ठ बनाउन सहयोग गर्ने बताए ।

\"\"
नेपाहरुले स्मार्ट सिटीको नारामात्र लगाए तर यसतर्फ के गर्ने भन्नेकुरामा नै कन्फ्युजन छ, तसर्थ हरेक स्थानिय निकायमा सचेतना र जागरुकताको लागि कार्यक्रमको आवश्यक्ता महशुस गरेर कार्यक्रमको सुरुवात गरिएको बुढानिलकण्ठ कार्यक्रमका संयोजक श्याम श्रेष्ठले जानकारी दिए ।
\"\"

\"\"