कीवर्डहरू -

स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सरले कसरी काम गर्छ ? 

स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सरले कसरी काम गर्छ ? 

उपभोक्ताको मोबाइललाई सुरक्षित राख्न कम्पनीहरुले नयाँ नयाँ फिचरहरु ल्याइरहेका छन् । एक व्यक्तिको मोबाइल अर्कोले सजिलै खोल्न नसकोस् भनेर उत्पादकले सुरुमा पिनकोड, पासवर्डहरु प्रयोग गर्न थाले ।

पछि प्याटन लक गर्ने चलन आयो । बिस्तारै यसलाई अझ सजिलो बनाउन फिङ्गरप्रिन्ट, फेस रिकोगनाइज गर्ने सेन्सर आइसकेका छन्।

मोबाइलका गोप्य दस्तावेज र आफ्ना डेटालाई सुरक्षित गर्न पिनकोड, पासवर्ड, प्याटन जस्तै फिङ्गरप्रिन्ट र फेसरिकोगनाइजको प्रयोग हुन थालेको छ ।

आफ्नो मोबाइलको डेटालाई सुरक्षित राख्न फिङ्गर प्रिन्ट अर्थात औंठा छाप सजिलो र लोकप्रिय बनेको छ । आफ्नो औंला प्रयोग गरेर मोबाइल फोन अनलक गर्न सकिने भएको छ ।

यसमा पासवर्ड, पिनकोड जस्तै सम्झिरहनुपर्ने बाध्यता छैन । पासवर्ड वा पिनकोड कसैले थाहा पाउलान भन्ने डर पनि भएन । आफ्नो औंला प्रयोग गरिने भएपछि सजिलो र सुरक्षित छ । जसले गर्दा यो निकै लोकप्रिय पनि बनेको छ ।

फिङ्गरप्रिन्ट सेन्सरको विकास

फिङ्गरप्रिन्ट सेन्सरका पहिलो प्रयोग सन् २००७ मा तोसिवा जी ५०० र जी ९०० मोबाइल फोनमा गरिएको थियो । सन् २०१५ मा एप्पलले आईफोन ५ एसमा  फिङ्गरप्रिन्ट स्क्यानरको प्रयोग गरेको थियो ।

त्यसपछि एप्पलले आफ्ना सबै नयाँ प्रोडक्टमा यसको अप्सन राख्दै आएको छ । त्यसैगरी, सामसङले आफ्नो फ्लागसिप फोन ग्यालेक्सी एस५ मा फिङ्गर प्रिन्ट सेन्सरको प्रयोग गरेको थियो ।

यसका साथै एन्ड्रोइड ६.० मार्सम्यालो अपरेटिङ सिस्टममा आइओएसको टचआइडी जस्तै लाग्ने फिङ्रप्रिन्ट स्क्यानर सपोर्ट फिचर राखिएको थियो ।

त्यसपछि प्रायः एन्ड्रोइड स्मार्टफोनहरु फिङ्रप्रिन्ट स्क्यानरतर्फ आकर्षित हुन पुगेको देखिन्छ । हिजोआज फिङरप्रिन्ट सेन्सर स्मार्टफोनको लागि अनिवार्य भएको छ ।

फिङ्रप्रिन्ट सेन्सरले कसरी काम गर्छ ?

एप्पलमा फिङरप्रिन्टसँग सम्वन्धित सफ्टवेयरलाई टच आइडी भनिन्छ । आइफोनको होम बटनमा फिङ्रप्रिन्ट सेन्सर रहेको हुन्छ । यो लेजरले काटिएको सेफायर (निलम)बाट बनेको हुन्छ जसमा स्क्रयाच लाग्दैन ।

स्क्रायाच लागेको खण्डमा फिङ्गरप्रिन्ट स्क्यानरले राम्ररी काम गर्न सक्दैन । त्यसैगरी, सामसङमा पनि मोडलअनुसार फिङ्गरप्रिन्ट स्क्यानर होम बटन वा पछाडिको भागमा राखिएको हुन्छ ।

अन्य मोबाइलमा पनि अगाडी वा पछाडी राखिएको हुन्छ । ती सेन्सरहरुले क्यापासिटिभ टचको प्रयोग गर्छ जसले प्रयोगकर्ताको फिङ्रप्रिन्ट डिटेक्ट गर्ने काम गर्छ । जसका कारण फिङ्रप्रिन्टको डिजिटल इमेज क्यापचर गर्छ ।

फिङ्रप्रिन्ट सेन्सरको प्रयोग गरेर प्रयोगकर्ताले एक सेकेन्डभन्दा कम समयमा आफ्नो मोबाइल अनलक गर्न सक्नेछन भने आफ्ना गोप्य दस्ताबेजहरु पनि सहजै लक वा अनलक गर्न सक्नेछन । आफ्नो व्यक्तिगत जानकारीहरु गोप्य राख्न यस प्रविधिलाई प्रभावकारी मानिएको छ ।

फिङ्रप्रिन्ट सेन्सरको भविष्य

फिङ्रप्रिन्ट सेन्सर प्रविधि सहज र सुरक्षित मानिएको प्रविधि हो । यसप्रति आजका मोबाइल खरिदकर्ताको आकर्षण बढेको छ । प्रयोगकर्ताको आकर्षण बढेसँगै मोबाइल फोनमा यस प्रविधिको प्रयोग बढ्दो छ ।

हिजो आज महँगा फ्लागसिप स्मार्टफोनहरुमा मात्र नभई मिडरेन्ज स्मार्टफोनहरुमा पनि यस फिङरप्रिन्ट सेन्सरको प्रयोग गर्न थालिएको छ ।

यसका अलावा मोबाइल खरिदकर्ताहरुको फिङ्रप्रिन्ट सेन्सर प्रतिको क्रेजलाई मध्यनजर गरि फिङ्रप्रिन्ट सेन्सरयुक्त बजेट स्मार्टफोनहरुको विकासमा मोबाइल विकासकर्ताहरुको ठूलो हिस्सा त्यस तर्फ अग्रसर भएको देखिन्छ ।

अत्याधुनिक र सुरक्षित मानिएको यस फिङ्रप्रिन्ट स्क्यानर प्रविधि अगामी दिनमा प्याटर्न लम पिन लक र पासवर्ड जस्तै मोबाइल सेक्युरिटीको अनिवार्य प्रविधि बनेको छ ।