कीवर्डहरू -

यस संस्करणको ‘क्यान इन्फोटेक विथ मोबाईल एक्सपो’लाई ऐतिहासिक बनाउने छौं

यस संस्करणको ‘क्यान इन्फोटेक विथ मोबाईल एक्सपो’लाई ऐतिहासिक बनाउने छौं

क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्स्पो कम्प्यूटर एसोसिएसन अफ नेपाल क्यान महासंघ कास्की साखाको आयोजनामा तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी समितीको सह–आयोजनामा यही २०७३ फाल्गुण ५ देखि ८ सम्म सम्पन्न हुन गइरहेको आठौं क्यान इन्फोटेक २०१७ को सन्दर्भमा यस संस्थाका सचिव एवं सूचना प्रवक्ता रुकमागत भण्डारी (विश्वास) सँग लिइएको अन्तवार्ताको विवरण

१. क्यान इन्फोटेक भनेको के हो ? 
क्यान महासंघ कास्कीका बार्षिक कार्यक्रम मध्यको एउटा महत्तवपूर्ण मेघा इभेन्ट इन्फोटेक मेला हो र जसको मुख्य उद्देश्य सूचना तथा प्रविधिमा भइरहेका नविनतम गतिविधिहरुलाई एउटै छानामुनिवाट प्रदान गर्नुका साथै प्रतिस्पर्धात्मक वजारको सृजना गरी सुपथ मूल्यमा गुणस्तरिय आइटी प्रोडक्टहरुको विक्रि तथा वितरण गर्नु हो ।

२. आठौं क्यान इन्फोटेक सम्म आइपुग्दा विगतका वर्षहरुमा भन्दा के फरक पाउनु भएको छ ? 
क्यान इन्फोटेक केन्द्रमा २३ औं पटक भव्य रुपमा सफल भएको र मोफसलमा कास्की जिल्लामा २०६५ सालदेखि निरन्तर सातौं क्यान इन्फोटेक भव्य रुपमा सफर पारी आठौं क्यान इन्फोटेकको अन्तिम तयारी स्वरुप लागि रहदा हामीले ठूलो परिवर्तन भएको महसुस गरिरहेका छौ । सुरुको क्यान इन्फोटेकहरुमा हामीलाई धेरै चुनौतिहरु थिए ताकी क्यान इन्फोटेक भनेको के हो ? के का लागि गरिन्छ ? साथै स्पोन्सर व्यवस्थापन , भौतिक व्यावस्थापन आदि विषयहरुमा हाम्रा लागि चुनौतिका पाटाहरु थिए तर हामी अहिले यी सवै व्यवस्थापनहरुमा परिपक्व भएको महसुस गरेका छौं ।

३. आठौं क्यान इन्फोटेक सम्म आइपुग्दा दर्शकहरुले के अपेक्षा गरेको पाउनु भएको छ ?
तपाई हामी सबैलाई थाहा छ कि आइसिटी क्षेत्र एउटा एकदमै तिव्र रुपमा चेन्जिङ्ग क्षेत्र हो । यो क्षेत्रमा यति धेरै छिटो परिवर्तन हुन्छकी यदी तपाई हामी पनि अपग्रेड हुन सकेनौ भने पछाडी पदछौ र हामी क्यान इन्फोटेकको उद्देश्य पनि अघिल्लो क्यान इन्फोटेक देखि यो इन्फोटेक सम्म आइसिटी क्षेत्रमा भएका परिवर्तनहरुलाई प्रदर्शनी गर्ने हाम्रो प्रयास रहेको हुन्छ र दर्शकको अपेक्षाको वारेमा कुरा गर्नु पर्दा यो क्षेत्रसँग सम्वन्धित दर्शकहरुले यो मेलाहरुबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा फाइदा लिन पाउनु भएको छ ।

४. यो मेलाका मुख्य आकर्षणका रुपमा के–के कुराहरुलाई राख्नुभएको छ ?
मेलालाई थप आकर्षक र मनोरन्जनात्मक बनाउनका लागि हामीले विभिन्न इभेन्टहरुलाई जोड्ने प्रयास गरेका छौ । जसमा मेला अवधिमा खुल्ला जिल्ला तथा क्षेत्रिय टाइपिङ्ग प्रतियोगिता, आई.सी टी.कन्फरेन्स, आइटी क्विज कन्टेस्ट, रोवर्ट प्रदर्शनी, मोवाइल गेमिङ्ग कम्पीटिसन, लेटेस्ट टेक्नोलोजीका मोवाइलहरुको प्रर्दशनी एवं विक्री साथमा फ्रि कम्प्यूटर,ल्यापटप तथा मोबाइल मर्मत सेवा आदि जस्ता कुराहरु मेलाका आकर्षणका विषयवस्तु हुन ।

५.यो वर्ष मेला पोखरा इलेक्ट्रोनिक्स व्यवसाय समिति तथा मोबाइल डिलर एसोसिएसन (एनएमडिए) सँग सहकार्य गरी गर्ने तयारी गर्दै हुनुहुन्छ, के एक्लै सम्पन्न गर्न असफल हुने भएर हो ?
असफल नै भएर त पटक्कै होइन,किनकी सातौ क्यान इन्फोटेक सम्म हामी एक्लैले यो मेला सम्पन्न गर्न सफल भएका थियौ तर आजको सन्र्दभमा मोबाइल र कम्प्यूटर एक अर्काका प्रतिस्थापक बस्तुका रुपमा अगाडि आइरहेका छन । हिजो मोबाइलहरु मात्रै फोन कल रिसिभ गर्न र म्यासेजहरुका लागि मात्रै प्रयोग हुन्थ्यो तर आज मोवाइल एप्सका विकासका कारणले कम्प्यूटर ल्यापपबाट लिन सकिने सम्पूर्ण सुविधाहरु मोबइलबाट पूरा गर्न सकिने अवस्था आएको छ । फेरी अर्को हाम्रा टार्गेटेड दर्शक भनेका युवा पुस्ताहरु हुन र उनीहरुको बढि क्रेज मोवाइलहरुमा भएको कारणले गर्दा मोबाइल एसोसिएसन र कम्प्यूटर एसोसिएसन निकटतम ब्यवसाय भएको कारणले यी संस्था विच सहकार्य गर्दै अगाडि बढ्दा सबै खाले दर्शकहरुले एउटै छानामुनीबाट सवै प्रकारका सुविधा प्राप्त गर्ने अवसर प्रदान गर्नका लागि हामी सहकार्य गरी तयारी गरिरहेका छौ ।

६. मेलामा स्टलको संख्या कति र टिकटको ब्यवस्थापन के–कस्तो रहेको छ ? 
मेलामा जम्मा १२६ वटा स्टल रहने छन जसमध्ये करिव ४० वटा स्टलहरुमा मोबाइल प्रदर्शनी तथा विक्रि हुन्छ भने अन्य स्टलमा आइटी प्रोडक्ट तथा अन्य आइटीसँग सम्बन्धित स्टलहरु रहने छन भने टिकटको सम्बन्धमा साधारण टिकट रु ५० विद्यार्थी टिकट रु ३० र अनलाइन टिकट २५ रहेको र ग्रुप टिकट ३०० रहेको छ ।

७. मुख्य प्रायोजकको तथा अन्य कुन कुन संस्थाहरुले प्रायोजन गर्नु भएको छ ? 
जेरक्स कम्पनीको मुख्य प्रायोजन रहेको यो मेलामा डायमन्ड स्पोन्सरका रुपमा रिको, गोल्ड स्पोन्सरका रुपमा पोखरा इन्टरनेट, सिल्भर स्पोन्सरका रुपमा नेटिस र हिटाची, टिकट स्पोन्सरमा एसेस वल्र्ड, बैंकिङ पार्टनरमा नेपाल बैंक छन् । त्यसैगरी इन्सुरेन्स पार्टरमा युनाइटेड इन्सुरेन्स, लोटरी पार्टनरमा चिट्टा डटकम, आइटी पार्टरमा आइपे र वेबसफ्ट टेक्नोलोजी नेपाल, प्रिन्टिङ पार्टरमा क्यानोन, अफिसियल टेलिभिजनमा हिमालयन टेलिभिजन, एबिसी टेलिभिजन, गण्डकी टेलिभिजन, फेवा टेलिभिजन, गोल्डेन आइ टेलिभिजन, पोखरा टेलिभिजन रहेका छन् । पोखरा उद्योग वाणिज्य संघ र पोखरा उप–महानगरपालिका प्रवद्र्धक छन् ।

८. कति दर्शकको अपेक्षा गर्नुभएको छ?
यो वर्ष मोवाइल एक्सपो पनि साथमा रहने हुँदा विगतका वर्षहरुमा भन्दा भिजिटरहरुकोव संख्या अत्याधिक बढ्ने अपेक्षा गरेका छौं । करिव १ लाख दर्शकले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

९. आम्दानी तथा खर्चको सम्वन्धमा अबस्था कस्तो छ ?
वास्तवमा यो मेलाको उद्देश्य नाफा कमाउनु नभएर हाम्रो संस्थाले यस क्षेत्रमा भएको विभिन्न गतिविधिहरुलाई जन समक्ष पुर्याउनु हो र मेला सम्पन्न गर्नका लागि करिव २० लाख खर्च र करिव २२ लाख आम्दानी गरी रु २ लाख बचत गर्नेछौं र सो रकम क्यान कास्कीका बार्षिक अन्य गतिविधिहरुमा खर्च गर्नेछौं ।

१०. अन्तयमा के भन्न चाहनुहुन्छ ?
अन्त्यमा यो मेला क्यान महासंघ कास्कीको मात्रै मेला नभएर सूचना र प्रविधिको क्षेत्रमा काम गनेृ वा यी सेवा लिइरहने सवैको मेला हो । सम्पूर्ण दर्शकहरुलाइ म के भन्न चाहन्छु भने मेलामा आएर सामान किन्ने पर्दछ भन्ने होइन । धेरै कुराहरु जानकारी लिन सकिने र भारी छुटमा गुणस्तरिय सामान पनि पाइने हुँदा एक पटक अवश्य पनि मेला हेन आइदिनु हुन हार्दिक अनुरोध गर्दछु ।