कीवर्डहरू -

एनसिआइटीमा ४ वर्षे अपडेटेड ‘बिसिए’ प्रोग्राममा भर्ना सुरु

एनसिआइटीमा ४ वर्षे अपडेटेड ‘बिसिए’ प्रोग्राममा भर्ना सुरु

नेपालको आइटी शिक्षामा लामो समयदेखि योगदान दिइरहेको नेपाल कलेज अफ इन्फर्मेशन आइटी (एनसिआइटी)ले हालै ब्याचलर अफ कम्प्युटर एप्लिकेशन (बिसिए) प्रोग्राम सञ्चालनमा ल्याएको छ ।

पाेखरा विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा आएको यो ८ सेमेस्टरको आइटी कार्यक्रम बिसिए एउटा अन्डरग्रयाजुएट कोर्श हो, जुन बिजनेस र म्यानेजमेन्टमा आइटीे समायोजन गरिएको उत्कृष्ट कोर्श हो ।

\"\"

आजको बहुआयमिक प्रविधिकोक्षेत्रमा दिनदिनै आइटी र कम्युनिकेशन सिस्टमका विज्ञ जनशक्तिहरुको माग बढिरहेको छ । कम्प्युटर साइन्सका सिद्धान्त प्रयोग गरी बिजनेश र टेक्नोलोजीसम्बन्धी समस्याको समाधान गर्ने यस्ता जनशक्तिको नेपालमै पनि उच्च माग बढेको छ ।

यही कुरालाई मध्यनजर गर्दै पोखरा विश्वविद्यालयले हालै ल्याएको ४ वर्षे बिसिए कार्यक्रमले विद्यार्थीलाई उच्चस्तरको आइटी प्रोफेसनल बनाई विभिन्न आइटी संगठन र उद्योगमा बिकाउ बनाउने सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

बिसिएको मूल उद्देश्य सैद्धान्तिक तथा प्रयोगात्मक दुवै पक्षबाट कम्प्युटर सिष्टम तथा एप्लिकेशनहरूमा काम गर्न सक्ने दक्ष जनशक्तिको उत्पादन गर्नु हो ।

\"\"

करियर सम्भावना
बिसिए अध्ययन गर्ने विद्यार्थीका लागि उत्कृष्ट रोजगारीका सम्भावना छन् । आइटी क्षेत्रमा दिनदिनै नयाँ–नयाँ रोजगारी सिर्जना भइरहेका छन् । पछिल्लो ट्रेन्डलाई हेर्ने हो भने नेपाल र नेपालबाहिर सबैभन्दा धेरै वृद्धि हँुदै आएको रोजगारी वा क्षेत्र नै आइटी बनेको छ ।

यो कोर्शले विद्यार्थीलाई स्वतन्त्रपूर्वक कम्प्युटर र आइटीसम्बन्धी कामहरु सञ्चालन गर्न सहयोग गर्दछ । उनीहरुले आफ्नै भेन्चर सुरु गर्नका लागि पनि राम्रा सम्भावना र अवसरहरु छन् ।

वेब र इन्टरनेट प्रोगामिङ : वेब प्रोग्रामरले हाई–इन्ड प्रोग्रामिगं टेक्नोलोजीको प्रयोग गरी इन्टरएक्टिभ वेबबेस्ड एप्लिकेशन निर्माण गर्न सघाउ पु¥याउँछ ।
सफ्टवेयर एप्लिकेशन : शिक्षा, मेडिकल, यातायातजस्ता क्षेत्रहरुको समस्याहरुको समाधान गर्न पनि कम्प्युटिङ टेक्नोलोजीको प्रयोग हुँदै आएको छ ।
हार्डवेयर एन्ड नेटवर्किङ : सूचना प्रविधिमा आधारित व्यापार र संगठनमा कम्प्युटर नेटवर्क आर्किटेक्ट, सिस्टम इन्जिनियर, नेटवर्क स्पेसालिस्टको आवश्यकता पुरा गराउँदछ ।

\"\"
इन्फर्मेशन म्यानेजमेन्ट : यो कोर्शले व्यापार वा संगठनको इन्फर्मेशन सिस्टम निर्माण एवं व्यवस्थापन गर्न सहयोग गर्दछ ।
सिस्टम इन्जिनियिरिङ : सूचना प्रविधिमा आधारित संगठनहरुमा हार्डवेयर र सफ्टवेयर आवश्यकताहरुको अनुमान गर्न, योजना बनाउन, कार्यान्वयन र व्यवस्थापन गरी राम्ररी सञ्चालन गर्न सिस्टम इन्जिनियरहरुको माग बढिरहेको छ ।
सफ्टवेयर डेभलपमेन्ट : सफेटवेयरसम्बन्धी कम्पनीहरु, एनजिओ, आइएनजिओ, निजी र सरकारी संगठनमा सफ्टवेयर इन्जिनियरको माग बढिरहेको छ ।
मोबाइल एप्लिकेशन डेभलपमेन्ट : सुविधायुक्त, परिस्कृत र उत्कृष्ट मोबाइलमा आधारित एप्लिकेशन गर्न यो कोर्शले सहयोग पु¥याउँछ ।

\"\"

बिसिए नै किन ?

  • बिसिए र म्यानेजमेन्टसँग आइटीको मिश्रण
  • इन्टर्नसिप र प्रोजेक्टको अनिवार्य प्रणाली
  • ठूलो संख्यामा इलेक्टिभ (वैकल्पिक) कोर्शहरु
  • सेमेस्टर सिस्टम कोर्श
  • अन्तर्राष्ट्रिय मूल्याकंन प्रणाली
  • आन्टरपे्रनरसिप र बिजनेश डेभलपमेन्टका लागि उत्कृष्ट कोर्श

बिसिएको पाठ्यक्रम अत्याधुनिक छ

\"\" निरञ्जन खकुरेल
प्रिन्सिपल, एनसिआइटी

यो कोर्श कम्प्युटर ल्याङ्ग्वेजको अध्ययन गरेर सफ्टवेयरको क्षेत्रमा काम गर्न चाहने विद्यार्थीलाई लक्षित गरेर तयार पारिएको हो ।

कोर्शले विद्यार्थीलाई कम्प्युटर सिस्टम, इन्फर्मेशन सिस्टम र कम्प्युटिङ एप्लिकेशनमा आबद्ध गराउँछ । कम्प्युटर एप्लिकेशन र म्यानेजमेन्टसम्बन्धी महत्वपूर्ण क्षेत्रको अवधारणा र ज्ञान प्रदान गर्ने यो कोर्शले भिज्युअल प्रोगामिङद्धारा प्रभावकारी हुमन कम्प्युटर इन्टरएक्सन डिजाइन गर्न मल्टिमिडिया, मोबाइल नेटवर्क र वेबबेस्ड सिस्टममा आधारित भई एप्लिकेशन डेभलप गराउन महत्वपूर्ण सहयोग गराउँछ ।