मुलुकमा मोबाइलको पहुँच गाउँगाउँमा पुगेपछि आममानिसमा इन्टरनेटको पहुँच विस्तार भएको छ । मोबाइल नेटवर्कको विस्तार र स्मार्टफोनको प्रयोग बढेपछ मुलुकमा ९० प्रतिशतभन्दा धेरै जनसंख्यामा इन्टरनेट पुगेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको वैशाखको एमआईएस रिपोर्टअनुसार मुलुकमा ब्राृेडव्यान्ड इन्टरनेट प्रयोगकर्ताको संख्या ९०.५६ प्रतिशत पुगेको छ । यो भनेको २ करोड ७३ लाख ७५ हजारभन्दा धेरै जनसंख्या हो ।
यसमा सबैभन्दा ठूलो योगदान मोबाइल इन्टरनेटको छ । इन्टरनेटको पहुँचमा रहेको ९० प्रतिशत जनसंख्यामध्ये ६५.४७ प्रतिशत जनसंख्या मोबाइल ब्रोडव्यान्ड इन्टरनेट प्रयोग गरिरहेका छन् ।
मुलुकमा तीनवटा मोबाइल सेवा प्रदायकहरु नेपाल टेलिकम, एनसेल र स्मार्टसेलले मोबाइल सेवा दिइरहेका छन् । यि टेलिकम कम्पनीले मुलुकभर थ्रिजी र फोरजी विस्तार गरेका छन् । नेपाल टेलिकम र एनसेलका थ्रिजी चलाउनेको संख्या १ करोड १९ लाख ५६ हजार रहेको छ भने तीनवटै मोबाइल सेवाका फोरजी चलाउनेको संख्या झन्डै ७७ लाख रहेको छ ।
त्यस्तै फिक्स ब्रोडव्यान्ड इन्टरनेट चलाउनेको संख्या २४.४० पैतिशत रहेको छ भने वायरलेस फिक्स ब्रोडव्यान्ड चलाउने ०.६९ प्रतिशत मात्र रहेको छ ।
मुलुकमा ४० वटा इन्टरनेट सेवा प्रदायकले इन्टरनेट सेवा दिइरहेका छन् । पछिल्लो समयमा एफटीटीएच सेवा उपभोक्ताले मन पराएका छन् । यसको माग पनि बढ्दै गएको छ ।
४० वटा इन्टरनेट सेवा प्रदायकहरु मध्ये वल्र्डलिंक, भायनेट, सुविसु, नेपाल टेलिकम, क्लासिक टेकहरु अगाडि छन् । इन्टरनेट सेवा प्रदायकसँग अहिले ६१ लाख ५० हजार ग्राहक रहेका छन् ।
वर्डलिंकका ग्राहक ४ लाख ७८ हजार पुगेका छन् भने नेपाल टेलिकमका २ लाख ९३ हजार छन् । सुविसुका २ लाख र भायनेटका १ लाख ४४ हजार पुगेका छन् । क्लिासिक टेकका १ लाख ४३ हजार र टेकमाइन्ड्का ५९ हजार ग्राहक पुगेका छन् ।
नेपालमा ११ वर्षको अवधिलाई हेर्ने हो भने इन्टरनेटमा ४० गुणा वृद्धि भएको छ । मोबाइलको प्रयोग ६ गुणा वृद्धि भएको छ ।
आइटियुको २०१७ को रिपोर्टअनुसार ब्रोडव्यान्ड इन्टरनेटको प्रयोगमा १७६ देशमा नेपाल १४० औं स्थानमा नेपाल छ । सार्क देशमा हेर्न हो भने बंगालादेश, पाकिस्तान, अफगानिस्तानभन्दा अगाडि नेपाल छ ।
पछिल्लो चार–पाँच वर्षको तथ्यांक हेर्ने हो भने यस क्षेत्रबाट एक खर्बको हाराहारीमा राजश्व उठिरहेको छ । २०७१/७२ देखि २०७६/७७ सम्मको तथ्यांकलाई केलाउने हो भने औषत एक खर्बको हाराहारीमा टेलिकम क्षेत्रको राजस्व उठेको देखिन्छ ।