कीवर्डहरू -

एमआईटीले नेपालमा शुरु गर्यो ग्लोबल स्टार्टअप ल्याब्स्  

एमआईटीले नेपालमा शुरु गर्यो ग्लोबल स्टार्टअप ल्याब्स्  

अमेरिकाको म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजी (एमआईटी) ले काठमाडौं विश्वविद्यालय र एनसेलसँगको सहकार्यमा नेपालमा एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स् (जिएसएल) कार्यक्रमको शुरुवात गरेको छ । एमआईटी जिएसएलले विकासशील अर्थतन्त्रहरुमा प्रविधिमा आधारित उद्यमीहरुलाई सबल बनाउन तथा स्टार्टअपहरुको विकासका लागि आवश्यक अनुकल पारिस्थितिक प्रणालीको सिर्जना गर्न योगदान पु¥याउँदै आएको छ ।


एमआईटीले विगत १८ वर्ष देखि यो कार्यक्रम दक्षिण एसियाको भारत र श्रीलंका लगायत विश्वका विभिन्न २५ राष्ट्रहरुमा संचालन गर्दै आएको छ । कार्यक्रमले प्रविधिमा आधारित युवा उद्यमीहरुको प्रवर्धन गर्दै आर्थिक विकासमा समेत मद्दत पु¥याउदै आएकोछ । युवा उद्यमीहरुलाई प्रोत्साहन तथा प्रविधि विकासमा योगदान पुर्याउदै आएको एनसेलको सहयोगमा यो कार्यक्रम नेपालमा संचालन हुन लागेको हो ।


नेपालका लागि श्रीलंकाली राजदुत स्वर्ण परेरा, अमेरीकन दुतावासकी कल्चरल अफेयर्स अफिसर ग्रेस क्यारोल, नेपाल दूरसंचार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल, काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. भोला थापा, एमआईटीका इलेक्ट्रिकल इन्जिनियरिङ् र कम्प्यूटर साइन्स विभागका एसोसिएट विभाग प्रमुख तथा जिएसएलका फ्याकल्टी को—डाइरेक्टर प्रोफेसर समन अमरासिंघे र एनसेलका प्रबन्ध सञ्चालक सुरेन जे. अमरासेकराले शुक्रवार एक विशेष समारोह माझ कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।


एमआईटी जिएसएल कार्यक्रम एनसेलको व्यावसायिक सामाजिक उत्तरदायित्व पहल अन्र्तगत एमआईटी र काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा शुरु गरिएको हो । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका विद्यार्थी तथा विश्वविद्यालयका आल्मुनाईबाट छानिएका ३५ जना विद्यार्थीहरुले मोबाइल प्रविधि र उद्यमशीलता सम्बन्धि एमआईटीको अद्वितिय पाठ्यक्रम अन्तर्गत प्रशिक्षण प्राप्त गर्नेछन् ।

\"\"

कार्यक्रम गहन बुटक्याम्पको शैलीमा संचालन हुनेछ, जसमा एमआईटीका चार जना प्रशिक्षकहरुको नेतृत्वमा विशिष्ट ‘स्टुडेन्ट टु स्टुडेन्ट ल्याब’ कार्यक्रम संचालन हुनेछ । कार्यक्रम असार १ गते देखि श्रावण १७, २०७५ सम्म संचालन हुनेछ । अन्तिम दिन अर्थात श्रावण १७ गते ‘डेमो ड’े आयोजना गरिने छ, जसमा सहभागी विद्यार्थीहरुले आफ्नो परियोजनाका प्रोटोटाइप प्रस्तुत गर्नेछन् । विद्यार्थीहरुलाई उद्यमशीलताका ज्ञान प्रदान गर्नु र स्टार्टअपको विकासमा मद्दत गर्नु यो कार्यक्रमको लक्ष्य रहेको छ ।


“एमआईटी र काठमाडौ विश्वविद्यालयसँग सहकार्य गर्दै एमआईटी जिएसएल कार्यक्रम नेपालमा ल्याउन पाएकोमा हामी निकै हर्षित छौं । नेपाली युवा प्रतिभाहरुमा प्रविधिमा आधारित उद्यमशीलताको विकास गर्न मद्दत पु¥याउने हाम्रो उद्देश्य अनुरुप यो कार्यक्रम संचालन गर्न लागेका हौं,’’ एनसेलका प्रबन्ध सञ्चालक सुरेन जे. अमरासेकराले भने । ‘‘यस सहकार्यले युवा प्रतिभालाई मुख्य भूमिकामा राख्दै सामाजिक आर्थिक विकासका लागि आवश्यक पारिस्थितिक प्रणालीको थप विकासमा योगदान पु¥याउने एनसेलको प्रतिवद्घतालाई प्रतिबिम्बित गर्दछ ।”


एमआईटी जिएसएल कार्यक्रम सात हप्ताको गहन इनोभेटिभ बुटक्याम्प हुनेछ । यस अवधिमा सहभागी विद्यार्थीहरुले आफ्ना नविन सोचलाई शुरुवात गर्ने कार्य देखि त्यसलाई परिस्कृत गर्दै व्यावसायिक स्टार्टअप परियोजना विकास गरी त्यसको संचालन गर्नेसम्मको कौशल विकास गर्नेछन् ।


एमआईटी जिएसएलले विश्वव्यापी रुपमा विकासशील राष्ट्रका विश्वविद्यालय तथा कम्पनीहरुसँग सहकार्य   गर्दछ र एमआईटीका प्रशिक्षकहरुद्घारा प्रशिक्षण दिईने एडभान्स कोर्स सहितको कार्यक्रम आयोजना गर्दछ । योे कार्यक्रम मोबाइल र इन्टरनेट प्रविधिमा केन्द्रित छ र विद्यार्थीहरुले आफ्ना नविन सोचमा आधारित परियोजनाहरुको के कस्तो व्यवसायिक संभावना रहन्छ भनेर जान्न सक्षम हुन्छन् ।

विद्यार्थीहरुलाई आफ्नो नविन सोच तथा विचारलाई व्यावहारिक रुपमा स्टार्टअपमा बदल्नका लागि मद्दत पुर्याउन कोर्समा विस्तृत प्राविधिक पाठ्यक्रम, बजार अनुसन्धान, समुहको विकास र आईडियाको प्रस्तुती, बिजिनेश मोडल कार्यान्वयन,  गेष्ट लेक्चर, नेटवर्किङ कार्यक्रमहरु लगायतका विषयवस्तु समावेश गरिएका छन् ।


“एमआईटी जिएसएलले विश्वका २४ देशहरुमा ३००० उदियमान उद्यमीहरुलाई प्रशिक्षण प्रदान गर्दै उनीहरुलाई आफ्नो देश तथा विदेशमा नविन सूचना प्रविधिमा आधारित अर्थतन्त्रको नेतृत्वदायी भुमिकामा पु¥याएको छ,” इलेक्ट्रिकल इन्जिनियरिङ् र कम्प्यूटर साइन्स (ईईसिएस) विभागका एसोसिएट विभाग प्रमुख तथा जिएसएलका फ्याकल्टीको डाइरेक्टर प्रोफेसर समन अमरासिंगेले भने ।

कार्यक्रमका बारे थप प्रकाश पार्दै अमरासिंगेले भने, “एनसेलको उदार सहयोगमा एमआईटीले आफ्नो जिएसएल कार्यक्रमलाई  पहिलो पटक नेपालमा काठमाडौं विश्वविद्यालयमा ल्याउन पाएकोमा म उत्साहित छु । आशा छ सहभागी युवाहरुले यसको अनुभव प्रयोग गर्दै नेपाली डिजिटल पारिस्थितिक प्रणालीमा आमुल परिवर्तन ल्याउने छन् तथा विश्वव्यापी प्रभाव पनि पार्ने छन् ।”

\"\"

“काठमाडौं विश्वविद्यालयले शिक्षामा ६ वटा महत्वपूर्ण पहललाई अगाडि बढाएको छ, जसमा गुणस्तर, नविनता, समानता, ग्लोबल इन्गेजमेन्ट, पहिचान र प्रभाव रहेका छन् । एनसेलसँगको सहकार्यमा एमआईटी जिएसएल कार्यक्रमलाई नेपालमा ल्याउन पाउँदा हामी निकै उत्साहित छौं ।

यस कार्यक्रमले हाम्रा यी सबै महत्वपूर्ण पहललाई समेटेको छ । यस सहकार्यले विद्यार्थीहरुमा रहेको सृजनशील प्रतिभालाई उजागर गराउँदै, नेपालमा डिजिटल व्यावसायिक अवधारणालाई अघि बढाउन उत्प्रेरित गर्दै प्राविधिक उद्यमशिलताको विकासमा सघाउने छ  ।

एमआईटीका प्रशिक्षकहरुको प्रशिक्षणबाट विद्यार्थीहरुले आफ्ना आईडियाहरुलाई व्यवसायमा परिणत गर्न सक्षम हुनेछन् । विद्यार्थीहरुले आफ्ना समुदायका आवश्यकताहरु पहिचान गरी समुदायमा रहेका संभावनालाई पहिल्याउँदै इनोभेटिभ आईडिया ल्याउन सक्छन्, जुन विश्वव्यापी रुपमा मान्य तथा प्रसार हुन सक्छ ।

यसरी यस कार्यक्रमले क्याम्पसबाट समुदायका लागि (क्याम्पस टु कम्युनिटी) भन्ने हाम्रो सारभुत उद्देश्य प्राप्तिमा मद्दत गर्नेछ,” काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. राम कण्ठ मकाजु श्रेष्ठले भने । \"\"

पहिलो वर्षमा एमआईटी जिएसएल कार्यक्रमले डिजिटल प्रविधिमा आधारित आफ्ना नविन सोचलाई उद्यमशीलतामा परिणत गर्दै परिवर्तन ल्याउन चाहने काठमाडौं विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी  तथा विश्वविद्यालयका आल्मुनाई सदस्यहरुलाई लक्षित गरेको छ । कार्यक्रम दुई चरणमा संचालन हुनेछ जस अन्र्तगत ३५ जना छानिएका विद्यार्थीले  पहिलो चरणमा आफ्नो डिजिटल आईडियालाई अझ निखार्न गहन सिकाईमा सहभागी हुनेछन् ।

दोस्रो चरणमा आफ्ना आईडियालाई कसरी व्यावहारिक उत्पादन र व्यवसायमा बदल्ने भनेर समुहगत रुपमा काम गर्नेछन् । विद्यार्थीहरुका लागि आवश्यक संसाधन, प्रशिक्षण, उत्प्रेरणा तथा सहकार्य संभावनाका लागि एमआईटी र काठमाडौं विश्वविद्यालयले विद्यार्थीहरुलाई सहयोग गर्नेछ ।