कीवर्डहरू -

एसइई परीक्षापछि व्यवसायिक कम्प्युटर तालिम

एसइई परीक्षापछि व्यवसायिक कम्प्युटर तालिम

विकास भुर्तेल
प्रबन्ध निर्देशक,  सेगा कम्प्युटर लिङ्क, पाेखरा

एसइईको परीक्षा दिएर फुर्सदिला बनेका विद्यार्थीहरु आफ्नो भविष्यका योजना पनि बनाउँदै छन् । अब विद्यार्थीहरुले के गर्ने हुन्, कस्तो खाले विषयमा  प्लस  टु गर्ने हुन् भनेर अभिभावक समेतले चिन्ता लिने विषय हो यो । धेरै विद्यार्थीहरु उच्च पढाइ गर्न एसइईदेखि प्लस  टु’सम्म पुग्न ब्रिज कोर्श गर्न लागेका छन् ।

\"\" यति मात्रै होइन अहिले थुप्रै व्यवसायिक तालिम केन्द्रहरुले कम्प्युटरलगायतका सीपमूलक तालिम व्यवस्था गर्दैछन् । विद्यार्थीले बेसिक कम्प्युटरदेखि ग्राफिक्स डिजाइनिङ, वेब डेभलपमेन्ट र डिजाइनिङ, प्रोगामिङ लगायतका कम्प्युटर कोर्शहरु पनि गर्न सक्ने छन् । यसैबीच हामीले पोखरा आसपासका विद्यार्थीका लागि चिरपरिचित कम्प्युटर तालिम प्रदायक सेगा कम्प्युटर लिंकले एसईई दिएर बसेका विद्यार्थीका लागि उपलब्ध गराउन लागेका सेवाहरुको चर्चा गर्दैछौं :

पोखरा १० अमरसिंहचोकमा अवस्थित सेगा कम्प्युटर लिंकको स्थापना २०६३ सालमा भएको हो । हाल यसको शाखा कार्यालय पोखरास्थित सिर्जनाचोकमा विस्तार भएको छ । स्थापनाकालदेखि नै यस क्षेत्रमा दक्ष कम्प्युटर जनशक्ति उत्पादनमा सरिक यस संस्थाले कम्प्युटरसम्बन्धी बेसिकदेखि एडभान्स्ड कोर्शका साथमा सूचना प्रविधि उद्योगले पछिल्लो समय माग गरिरहेका विभिन्न जनशक्ति पोखरामै योग्य पार्ने काम गरिरहेको छ ।

पोखरा क्षेत्रमै सबैभन्दा धेरै विद्यार्थी भर्ना गर्न सफल सेगाले एसइई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी विभिन्न कम्प्युटर कोर्शहरु सञ्चालनमा ल्याउन लागेको छ ।

कोर्षहरु  बेसिक कोर्शदेखि डिप्लोमा इन कम्प्युटर, ग्राफिक्स डिजाइनिङ , वेब पेज डिजाइनिङ, वेब डेभ्लोपमेन्ट, हार्डवयर एण्ड नेटर्वकिङ, एकाउन्टीङ प्याकेज, जाभा प्रोग्रामिङ तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण कोर्षहरु ।

सेगामा नै किन पढ्ने त ?

  • कम्प्युटर ल्याबमा ल्यापटप प्रयोग गरिएको ।
  • अनुभवी आइटी प्रशिक्षकद्धारा अध्यापन गराइने ।
  • क्यान कास्कीबाट आयोजना हुने प्रतियोगिताहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल
  • क्यानबाट लागू गरिएको अनलाइन परीक्षा लिइने र मार्कसिट प्रदान गरिने
  • विद्यार्थीको प्रमाणपत्रमा क्यानले प्रमाणित गरेको होलोग्रामको व्यवस्था गरिएको ।
  • सैद्धान्तिक ज्ञानभन्दा प्रयोगात्मक ज्ञानलाई बढी जोड दिइएको ।
  • शान्त एव्म पारिवारिक वातावरणमा पढाइने ।
  • कोर्श पढिसकेपछि विद्यार्थीहरुलाई इन्टर्नसिप व्यवस्था भएको ।
  • इमेल तथा इन्टरनेटको व्यवस्था भएको ।