कीवर्डहरू -

कास्परस्की ल्याब : २० वर्षदेखि विश्वलाई सुरक्षित बनाउँदै 

कास्परस्की ल्याब  : २० वर्षदेखि विश्वलाई सुरक्षित बनाउँदै 

रसियाका नागरिक युजेन कास्परस्कीले तीन सहसंस्थापक र १९ जना कर्मचारीसहित सन् १९९७ मा कास्परस्की ल्याब सुरु गरेका थिए । आज कास्परस्की ल्याब २ सय देशमा विस्तार भएको छ भने विश्वभर ३ हजार ७ सय कर्मचारी छन् । विश्वको साइबर सुरक्षाका क्षेत्रमा धेरै चुनौतीका बाबजुद कास्परस्की ल्याबले २० वर्ष थुप्रै अत्याधुनिक सुरक्षा विशेषतासहितका प्रडक्टको विकास गर्दै साबइर स्पेसलाई सुरक्षित बनाउन योगदान दिइरहेको छ । 

‘हामीले सन् १९९७ मा कास्कपरस्की सुरु गर्दा सन् २०५० सम्मको विश्वको साइबर सुरक्षा विश्लेषण गरेका थियौं । यो २० वर्षमा साइबर सेक्युरिटीको क्षेत्रमा धेरै परिवर्तन आइसकेको छ,’ दक्षीण एसियाका लागि कास्परस्कीको ट्यान्जिबल सेल्स म्यानेजर शिव शंकरले भने । 

उनका अनुसार साइबर  यो क्षेत्रमा आएका साइबर आक्रमण र थ्रेट निकै जटिल रहेका छन् । ‘व्यक्तिगत होइन अहिले संस्थागत आक्रमण भइरहेको छ । व्यक्तिगत रुपले हेर्ने हो भने अब व्यक्तिका आर्थिक कारोबारसँग जोडिएका डाटाको सुरक्षा दिनु चुनौतीको विषय बनिरहेको छ । पिसीलाई क्र्यास गरी डाटा चोर्ने र पसर्नल आइडेन्टिटीमा एट्याक गर्ने क्रम बढिरहेको छ । हामी यस्ता समस्या र चुनौतीलाई समाधान गर्न निरन्तर अनुसन्धान तथा प्रडक्ट विकासमा लागिरहेका छौं ।’

कास्परस्कीले हाल विश्वभर आफ्ना ४० मिलियन प्रयोगकर्ता रहेको जानकारी दिएको छ भने २ लाख ७० हजार क्लाइन्टरहरु रहेको जानकारी दिएको छ । नेपालमा भने कास्परस्की ल्याब सन् २००८ मा भित्रिएको हो । १० वर्षदेखि सागर टेक्नोलिकंले नेपालको वितरकको रुपमा काम गरिरहेको छ । 

अन्तर्राष्ट्रिय बजारमा २० वर्ष र नेपालमा १० वर्ष एन्टिभाइरस र अन्य सुरक्षा उपकरणमा काम गरिरहेको कास्परस्की ल्याबले नेपाली प्रयोगकर्तालाई पछिल्लो समयमा मोबाइल प्रयोगकर्ता, टेलिकम, स्कुल, बैंकिङ क्षेत्र, परिवार सुरक्षा आदिका सेगमेन्टमा नयाँ प्रोटेक्सन टेक्नोलोजीहरु विस्तार गर्ने उनले बताए । 

कास्परस्की साइबर सेक्युरिटी कम्पनीको रुपमा विश्वप्रसिद्ध छ । हामी रिसर्च एन्ड डेभलपमेन्ट कम्पनीको रुपमा पनि उत्तिकै चिनिन्छौं । कास्परस्कीले दैनिक २५ हजार नयाँ मालिसियस मालवेयरहरु डिटेक्ट गर्दछ । ‘यो तथ्यले पनि स्पस्ट गर्छ कि हामी प्रडक्टमा बढी आर एन डी गर्छौ । हामीसँग साइबर सेक्युरिटी स्पेसमा ५० आफ्नै पेटेन्ट रहेका छन् । र महत्वपुर्ण कुरा हामीसँग सधैं लेटेस्ट टेक्नोलोजीमा काम गर्छौं,’ उनले भने ।