कीवर्डहरू -

क्यास्परस्कीले बजारको मागअनुसारका प्रडक्ट ल्याएको छ

क्यास्परस्कीले बजारको  मागअनुसारका प्रडक्ट ल्याएको छ

शिवशंकर
ट्यान्जिबल सेल्स म्यानेजर, दक्षिण एसिया

शिवशंकर दक्षिण एसियाका लागि क्यास्परस्कीको ट्यान्जिबल सेल्स म्यानेजर हुन् । २ महिनाअघि मात्रै कार्यभार सम्हालेका उनले मुख्यतः भारत, नेपाल, बंगलादेश र श्रीलंकामा पार्टनर प्रोग्राम, इन्सेन्टिभ प्रोग्राम, कन्जुमर बिजनेस आदिको क्षेत्रमा काम गरिरहेका छन् । हालै नेपाल भ्रमणमा आएका उनीसँग लिभिङ विथ आइसिटीले कुराकानी गरेको छ ः

क्यास्परस्कीको ट्यान्जिबल सेल्स म्यानेजरका रुपमा नेपाल आउनुभएको छ । यस पटकको भ्रमणको उद्देश्य के थियो ?
म यहाँ क्यास्परस्कीको बजार कस्तो छ, कसरी काम भइरहेको छ भनेर बुझ्न आएको हुँ । सागर ग्रुप क्यास्परस्कीको नेपाल पार्टनर हो । यसले १० वर्षदेखि नेपालमा क्यास्परस्की विस्तार गरिरहेको छ । मेरो भ्रमणमा केकस्तो च्यानल पार्टनर प्रोगाम सुरु गर्न सकिन्छ, कस्तो इन्सेन्टिभ प्रोग्राम आवश्यक छ, यसबारे छलफल गरेको छु ।

साथमा एन्ड युजर क्याम्पियन तथा क्यास्परस्कीका नयाँ प्रडक्टको लञ्चका बारेमा कुरा भइरहेको छ । नेपाली बजारको मागअनुसार नयाँ प्रडक्ट कसरी ल्याउन सकिन्छ भन्नेमा हामी केन्द्रित छौं । कन्जुमर मार्केटबाहेक सरकार, टेलिकम, शिक्षा क्षेत्र, बैंक आदिका लागि लक्षित प्रडक्टहरु केके हुन सक्छन् भन्नेबारेमा पनि छलफल भइरहेको छ ।

क्यास्परस्की सुरु भएको दुई दशक पुगिसकेको छ । योबीचको साइबर सेक्युरिटी र क्यास्परस्कीको भूमिकालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
हामीले सन् १९९७ मा क्यास्परस्की सुरु गर्दा सन् २०५० सम्मको विश्वको साइबर सुरक्षा विश्लेषण गरेका थियौं । यो २० वर्षमा साइबर सेक्युरिटीको क्षेत्रमा धेरै परिवर्तन आइसकेको छ । यो क्षेत्रमा आएका साइबर आक्रमण र थ्रेट निकै जटिल रहेका छन् । व्यक्तिगत होइन, अहिले संस्थागत आक्रमण भइरहेको छ ।

व्यक्तिगत रुपले हेर्ने हो भने अब व्यक्तिका आर्थिक कारोबारसँग जोडिएका डाटाको सुरक्षा दिनु चुनौतीको विषय बनिरहेको छ । पिसीलाई क्र्यास गरी डाटा चोर्ने र पसर्नल आइडेन्टिटीमा एट्याक गर्ने क्रम बढिरहेको छ । हामी यस्ता समस्या र चुनौतीलाई समाधान गर्न निरन्तर अनुसन्धान तथा प्रडक्ट विकासमा लागिरहेका छौं ।

ग्लोबल साइबर स्पेसमा गम्भीर प्रकारका आक्रमण भइरहेका बेला क्यास्परस्कीका प्रडक्टहरु यो समस्या रोक्न सक्षम छन् ?
क्यास्परस्की साइबर सेक्युरिटी कम्पनीको रुपमा विश्वप्रसिद्ध छ । हामी रिसर्च एन्ड डेभलपमेन्ट कम्पनीका रुपमा पनि उत्तिकै चिनिन्छौं । क्यास्परस्कीले दैनिक २५ हजार नयाँ मालिसियस मालवेयरहरु डिटेक्ट गर्दछ । यो तथ्यले पनि स्पष्ट गर्छ कि हामी प्रडक्टमा बढी आर एन डी गर्छांै । हामीसँग साइबर सेक्युरिटी स्पेसमा ५० आफ्नै पेटेन्ट छन् । र महङ्खवपूर्ण कुरा हामीसँग सधैं लेटेस्ट टेक्नोलोजीमा काम गर्छौं ।

नेपाली बजारमा क्यास्परस्कीको व्यवसायलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
मलाई लाग्छ, कन्जुमर सेगमेन्टमा हामी नम्बर वान नै छौं । इन्टरप्राइज सेगमेन्टमा पनि हामीले राम्रो गरिरहेका छौं । हामी सरकार, टेलिकम, शिक्षा आदि क्षेत्रका लागि सम्बन्धित सोलुसन्स लिएर आउने गर्छौं । होम युजरका लागि मात्रै नभई समग्र नेपालका लागि आवश्यकताको अध्ययन गरी सोलुसन्स ल्याइरहेका छौं ।

नेपाल सरकारसँग सहकार्य गरी यसअघि निःशुल्क एन्टिभाइरस प्रडक्ट वितरण गरिएको थियो, पुनः यस कार्यलाई निरन्तरता दिने योजना छ कि ?
हामीले यो कार्य विगतमा गरेका थियौं । पुनः यसलाई अभियानको रुपमा चलाउन सकिने के कस्तो अवस्था छ भनेर मैले हाम्रो नेपाल पार्टनरसँग छलफल गर्दै छु ।

क्यास्परस्कीको दक्षीण एसियाली बजारलाई कसरी हेर्नुहुन्छ ?
हामीले यो क्षेत्रमा टप प्लेयर हौं । भारत बिग मार्केट हो । यसपछि नेपाल, श्रीलंका र बंगलादेशमा राम्रो बजार हिस्सा छ । कन्जुमर सेगमेन्टमा राम्रो व्यवसाय छ भने विस्तारै इन्टरप्राइज लेभलका प्रडक्टहरुमा फोकस गरिरहेका छौं । हामीले इन्डस्ट्रीअनुसारका स्पेसिफक प्रडक्टहरुका लागि काम गरिरहेका छौं । समग्रमा भन्दा सबै सेगमेन्टका लागि राइट सोलुसन्स दिन खोजिरहेका छौं ।

निकट भविष्यमै नयाँ प्रडक्ट ल्याउने तयारी छ कि ?
हामीले क्यास्परस्की २०१९ भर्सन ल्याउँदै छौं । नयाँ प्रडक्टलाइनमा हामीले एन्ड युजरका लागि उपयोगी क्यास्परस्की सेक्युरिटी क्लाउड थपेका छौं । अन्य प्रडक्टमा पनि धेरै नयाँ फिचर र गुणस्तर थपिनेछ ।


नेपाल पार्टनरका रुपमा सागर ग्रुपसँग भइरहेको सहकार्यबाट कत्तिको उत्साही र सन्तुष्ट हुनुहुन्छ ?
उहाँहरुले निकै उदाहरणीय रुपमा काम गरिरहनुभएको छ । सरकार, टेलिकम, शिक्षा आदि क्षेत्रमा पनि क्यास्परस्कीको सफल विस्तार गरिरहनुभएको छ । हामीहरु यो सहकार्यले निकै उत्साही छौं । अहिले साइबर थ्रेट दिनदिनै बढिरहेको छ ।

नेपाली बजारमा अरु पनि सेक्युरटी प्रडक्ट छन् । प्रयोगकर्ताले किन क्यास्परस्की नै रोज्ने ?
हामी आफैले टप हौं भन्दैनौं । नेपालीहरुले विगत १० वर्षदेखि यो प्रडक्ट प्रयोग गरिरहेका छन् । ग्राहकले यति लामो समयसम्म देखाएको माया नै हाम्रा लागि सबैथोक हो । यहीकारण क्यास्परस्कीको व्यापार बढिरहेको छ । हामीले हरेक संस्करणमा बेस्ट फिचर दिँदै आएका छौं ।

हरेक समयमा नयाँ प्रडक्ट र नयाँ टेक्नोलोजी आइरहेका छन् । हामी प्रडक्ट बनाउने मात्रै कम्पनी नभई रिसर्च कम्पनी पनि हो । त्यसैले मार्केटको आवश्यकताअनुसार बढीभन्दा बढी सोलुसन्स ल्याइरहेका छौं । सन् २०१७ मा विभिन्न निकायले गरेका ८६ ओटा स्वतन्त्र परीक्षणमा ७२ परीक्षणमा क्यास्परस्की पहिलो नम्बरमा परेको थियो । यसबाट पनि थाहा हुन्छ क्यास्परस्की नै किन रोज्ने भनेर ।

अन्त्यमा, नेपाली प्रयोगकर्ताका लागि केकस्ता सचेतना कार्यक्रम ल्याउने तयारी हुनुहुन्छ ?
यसबारे मैले नेपाल पार्टनर सागर ग्रुपसँग छलफल गरिरहेको छु । पहिलो एजेन्डा त पार्टनर प्रोग्रामकै बारेमा छ । अन्य क्षेत्रको आवश्यकता के कस्तो छ, यसका बारेमा छलफल भइरहेको छ । मेरो विचारमा मोबाइल सेक्यरिटी अवेयरनेसका कार्यक्रम सञ्चालन गर्न आवश्यकता देखेको छु । यसका लागि प्रयोगकर्तालाई क्यास्परस्की एन्ड्रोइड सेक्युरिटी प्रयोग गर्न सल्लाह पनि दिन्छु ।