कीवर्डहरू -

सुरक्षित नेटको लागि इन्टरनेटका ग्राहकलाई बुलगार्ड निशुल्क

सुरक्षित नेटको लागि इन्टरनेटका ग्राहकलाई बुलगार्ड निशुल्क

अनिल महर्जन
जनरल म्यानेजर, फाल्कन इन्टनेशनल

पछिल्लो समय बुलगार्ड एग्रेसिभ रुपमा बजारमा आएको हो ?
दुई बर्ष अघिनै बुलगार्ड नेपाली मार्केटमा लन्च गरेको हो । तर अहिले फेरी यसको युजर इन्टरफेस परिवर्तन गरेर राम्रो तथा उपयोग गर्न सजिलो इन्टरफेस उपभोक्ताहरु माझ ल्याएका छौँ । वास्तवमा हामीले यो बर्षबाट बजारमा आफ्नो प्रभाव जमाउनको लागी मार्केट पोलिसी र प्रोमोसनलाई धेरै ध्यान दिएका छौं र सोही अनुसार योजना बनाउँदै अघि बढिरहेका छौं । पहिलेका कमी कमजोरीलाई पनि सुधार गर्दै लागिरहेका छौँ । यसकारण पनि हाम्रो यसपटक पहिलेको भन्दा बलियो र आक्रामक रुपमा अघि बढ्ने योजना छ ।


वर्ल्डलिंकसँगको अफरको बजारमा चर्चा छ । उक्त अफर कसले कसरि प्राप्त गर्न सक्छन ?
नेपालकै लिडीङ आएसपी वर्ल्डलिंकसँग हालै हामीले टाईअप गरेका हौँ । वर्ल्डलिंकका नयाँ तथा रिन्यु गर्ने वार्षिक ग्राहकहरुलाई बुलगार्ड इन्टरनेट सेक्युरिटी फ्रीमा दिएका छौ । पहिलो एकलाख ग्राहकहरुले यो अफर प्राप्त गर्नुहुनेछ । वर्ल्डलिंकमा यो अफर लिनको लागी धेरै नै सजिलो छ । यसको लागि उपभोक्ताहरुले वर्ल्डलिंकको इन्टरनेट सब्स्क्राईब गर्नु पर्ने हुन्छ । साथै रिन्यु गर्ने उपभोक्ताहरुले पनि पाउनुहुनेछ । यसको थप जानकारी वर्ल्डलिंकको वेब साइटमा पनि राखिएको छ ।

अब बुलगार्डका ग्राहक कती पुग्ने अनुमान गर्नु भएको छ ? यो स्किमले बुलगार्डलाइ बजारमा स्थापित गराउला ?
वास्तवमा नेपाली बजारमा एन्टीभाइरस तथा इन्टरनेट सेक्युरिटीको माग बढ्दो छ । खासमा ग्राहकहरु यतिनै भनेर भन्ने अवस्था त छैन् तर पनि हामीले लगभग पाँच लाखको हाराहारीको नयाँ बुलगार्ड प्रयोगकर्ताहरुको डाटा निकालेका छौँ ।

देशमा इन्टरनेट प्रयोगकर्ताहरुको बृद्धी, टेलिकमले ल्याएका थ्रीजी तथा फोरजी सेवाहरुको कारण स्मार्ट डिभाइस प्रयोग गर्नेको संख्यामा बृद्दी भईरहेको छ । यस हिसाबले पनि पछिल्लो समयमा एन्टीभाइरस तथा इन्टरनेट सेक्युरिटीको प्रयोग गर्नेहरु बार्षिक रूपमा बढिरहेका छन् । यसरि सम्पूर्ण ग्राहकहरुलाई सेवा प्रदान गर्नका लागी डाटाहरुलाई विश्लेषण गरेर सोहि अनुसार योजना बनाउँदै अगाडी बढ्ने सोच छ ।

\"\"

नेपाली बजारमा बुलगार्ड बाहेक अन्य धेरै ब्राण्डका एन्टीभाइरसहरु उपलब्ध छन् त्यसैले बजारमा ठुलो प्रतिस्पर्स्धा  छ, यस बीचमा कसरी अघि बढ्ने सोच्नु भएको छ  ?


नेपालको मार्केट सिनारियो हेर्दा, यो पहिलो केस हो जहाँ एउटा सफ्टवेयर कम्पनी जसले एन्टीभाइरस तथा इन्टरनेट सेक्युरिटीको किहरु यत्रो ठुलो परिमाणमा (१००,०००) इन्टरनेट सेवा प्रदायक कम्पनी सँग मिलेर निशुल्क प्रदान गर्दैछ,  यो हाम्रो कम्पनीको लागि च्यालेज र अपर्चुनीटी दुवै हो ।

नेपाली बजारमा बुलगार्डसँगको प्रतिष्पर्धामा अन्य धेरै ब्रान्डका एन्टीभाइरसहरु छन् । सबै कम्पनीले प्रतिष्पर्धाको लागी आफ्नै पोलिसी र प्लानिंगहरु तयार गरेका हुन्छन, यसकारण मार्के्टिङको लागि हामीले पनि छुट्टै बजार रणनीतिहरु तयार गरेका छौँ । बजारमा भोलिका दिनमा कस्तो अवस्था देखा पर्छ त्यसै अनुसार निश्चित योजना बनाएर अगाडी बढ्ने सोचेका छौँ ।


आक्रामक बजारिकरणमा त आउनुभयो तर बजारमा थुप्रै एन्टिभाइस प्रडक्ट छन, अब बताइदिनुस बुलगार्ड नै किन प्रयोग गर्ने ?
बुलगार्ड प्रयोग गरिरके पछि पनि कम्प्युटरमा कुनै परिवर्तन आउदैन् । साथै यसमा पिसी अप्टिमाइजेसन सिस्टम यसमा छ,जसले कम्प्युटरमा भएका नचाईने फाइलहरु अटोमेटिक डिलिट गरेर बुस्ट अप गर्ने काम पनि गर्छ । त्यसैले पर्फर्मेन्सको हिसाबले हेर्दा बुलगार्डले कम्प्युटर स्लो हुन नदिईकन, मेलवेयर तथा भाइरसहरु डिटेक्ट गर्छ । बुलगार्डले ईसेट तथा कास्पर्सकाइ आदि एन्टीभाइरस कम्पनिहरुसँग प्रतिस्पर्धा गरिरहेको छ ।

\"\"
यो एन्टीभाइरसले सबैखालको मेल्वेयरहरु, बैंकिङ डाटाहरु चोर्न तयार गरिएका मेलवेयर,फिजीङ तथा ट्रोजान आदि) को बिरुद्धमा पावरफुल लेयर प्रोटेक्सन प्रदान गर्दछ । साथै यसले र्यान्समवेयरबाट पनि बचाउने गर्दछ । बुलगार्डले नेक्स्ट जेनको एन्टीमेल्वेयर प्रदान गरेको छ । उत्कृष्ट बिशेषताहरुमा यसले तीन चरणको प्रोटेक्सन प्रदान गर्द्छ । प्रथम चरणमा यसले ट्रस्टेड साइट र एप्लीकेशनको पहिचान गर्दछ र दोश्रो चरणमा यसले मेलवेयरसँग सम्बन्धित सिग्नेचर तथा एनोमेलिसको कोड लगातार स्क्यान गर्ने गर्द्छ । तेस्रो चरणमा यदि कुनै मेलवेयर प्राप्त भएमा त्यसलाई निस्क्रिय पर्ने काम पनि यो बुलगार्डको एन्टिभाइरसले गर्ने गर्दछ ।