कीवर्डहरू -

दिगो विकासको लागि शिक्षा,  स्वास्थ्य तथा बिधुतीय सुशासनको क्षेत्रमा नया योजना तर्जुमा गर्नुपर्नेमा सरोकारवालाको जोड

दिगो विकासको लागि शिक्षा,  स्वास्थ्य तथा बिधुतीय सुशासनको क्षेत्रमा नया योजना तर्जुमा गर्नुपर्नेमा सरोकारवालाको जोड

शिक्षा, स्वास्थ्य  तथा बिधुतीय शासनमा सूचना प्रबिधीको माध्यमबाट गुणस्तर बढाउन सम्बन्धीत निकायले बिभिन्न योजनाहरु ल्याउनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् । नेपाल दुरसञ्चार प्राधिकरणसगको सहकार्यमा इआइसिटी नेपाल प्रालिले रिसर्स पेपर माथि छलफल गर्दै सरोकारवालाहरुले सो कुरा बताएका हुन् ।


सयुक्त राष्ट्रसंघ अन्तर्गतको सूचना समाजको लागि बिश्व सम्मेलन ९ डब्लुएसआइएस ० ले राखेका उदेश्यहरु अनुरुप रहेर शिक्षा,  स्वास्थ्य तथा बिधुतीय सुशासनको क्षेत्रमा आगामी दिनका कस्ता कस्ता योजना बनाएर लागु गर्नु पर्छ भन्ने बारेमा गरिएको अध्ययन माथि बिभिन्न सुझावहरु दिइएका छन् । सूचना प्रबिधि क्षेत्रको लागि यो सम्मेलन बिश्व ब्यापी अभियान हो ।  यसमा नेपालले समेत हस्ताक्षर गरिसकेको छ । 


इआसिटीले गरेको अनुसन्धानमा यस सम्मेलनले राखेका दशवटा लक्ष्यहरु मध्ये हाललाई चारवटा लक्ष्यमा मात्र केन्द्रीत भएर अध्ययन गरेको छ । जस अन्तर्गत शिक्षा क्षेत्रको बिकासको लागि सबै प्राथमिक तथा माध्यमिक तहमा कनेक्टीभिटी पुर्याउने तथा सूचना र प्रबिधिको प्रयोग गरी पढाई र सिकाइलाई सहज बनाउनेबारेमा आगामी चार वर्षको लागी योजना बनाइकएको छ ।

त्यसैगरी स्वास्थ्य क्षेत्रमा हस्पिटल र सार्वजनिक स्वास्थ केन्द्रलाई कनेक्टीभिटी गर्ने तथा बिरामीको रेकर्डहरु डिजिटल रुपमा राख्नको लागी योजना बनाइएको छ । त्यसैगरी बिधुतीय सुशासन अन्तर्गत केन्द्रीय निकायहरुले सूचना र प्रबिधिको माध्यमबाट सेवाग्राहीलाई दिइने सेवा सुबिधा सम्बन्धी योजनाहरुको बिस्तृत खाका, समयसिमा तथा योजना बनाएको छ ।  यस अध्ययनमा शिक्षा क्षेत्रका सातवटा, स्वास्थ्यका  नौ वटा तथा बिधुतीय सुशासनमा १३ वटा योजनाहरु पहिचान गरिएको र कार्यान्वयनको लागि सम्बन्धीत निकायमा सिफारिस गरिएको छ । 


कार्यक्रममा पूर्व मन्त्री गणेश शाह, नेपाल दुरसंचार  प्राधिकरणका अध्यक्ष दिगम्बर झा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल, सुचना प्रविधि विज्ञ मनोहर प्रसाद भट्टराई, स्वास्थ मन्त्रालयका सहसचिव दिपेन्द्र रमण सिंह, नेपाल दुर सञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाल, सुचना प्रविधि विभागका महानिर्देशक लक्ष्मी प्रसाद यादवले सूचना प्रबिधि क्षेत्रमा अहिले भएका योजना र कार्यन्वयमा भएका चुनौती माथि प्रकाश पारेका थिए । भने अनुसन्धानकर्ताको तर्फबाट श्रीभद्र वाग्लेले अवको दिनमा यस क्षेत्रको बिकासको लागि बिभिन्न योजनाहरु प्रस्तुत गरेका थिए ।