कीवर्डहरू -

अब समुन्द्रमा नेपालको आफ्नै व्यान्डविथ ल्यान्डिङ स्टेसन, इन्टरनेटको मूल्य आधाभन्दा धेरै सस्तो हुनसक्ने  

अब समुन्द्रमा नेपालको आफ्नै व्यान्डविथ ल्यान्डिङ स्टेसन, इन्टरनेटको मूल्य आधाभन्दा धेरै सस्तो हुनसक्ने  

काठमाडौं । नेपालमा आयात हुने इन्टरनेसनल व्यान्डविथको मूल्य चर्को भइरहेको बेला त्यसलाई घटाउन नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै ‘सबम्यारिन ल्याण्डिङ स्टेसन’ बनाउने भएको छ ।

उक्त ल्यान्डिङ स्टेसन निर्माण भएपछि नेपालका इन्टरनेसनल व्यान्डविथ आयातकर्ताहरुले समुन्द्र सतहबाट सिधै व्यान्डविथ ल्याउने छन् । समुन्द्र सतहबाट सिधै व्यान्डविथ ल्याउन सकेमा आयात मूल्य अहिलेको तुलनमा आधाभन्दा धेरै घट्ने छ ।

प्राधिकरणले उक्त ‘सबम्यारिन ल्याण्डिङ स्टेसन’ बनाउन भनेर चालु आर्थिक वर्षको कार्यक्रममा समावेश गरेको छ । प्राधिकरणले उक्त स्टेसन निर्माणको लागि ३० करोड रुपैया विनियोजन गरेको छ । उक्त स्टेसन निर्माण भएपछि इन्टरनेट आयात सर्वसुलभ हुने प्राधिकरणको विश्वास छ ।

प्राधिकरणका उप निर्देशक अच्युतानन्द मिश्रले इन्टरनेसनल आयातमा भएको महंगो मूल्यलाई घटाउन उक्त स्टेसन बनाउन लागिएको बताए । ‘अहिलेसम्म नेपालको आफ्नै ल्यान्डिङ स्टेसन छैन्,’ मिश्रले भने, ‘त्यसैले हामीले समुन्द्र सतहमै उक्त स्टेसन निर्माण गर्न लागेको हौं ।’

विश्व व्यापार संगठन (डब्लुटीओ)को प्रावधानअनुसार भूपरिवेष्ठित राष्ट्रहरुले समुन्द्र सतहसम्म फाइबर पहुँचको अधिकार प्राप्त हुन्छ । सोही प्रावधानका आधारमा नेपाले भारत कै समुन्द्र सतहमा उक्त स्टेसन निर्माण गर्न लागेको हो । उक्त स्टेसन कहाँ निर्माण गर्ने भन्ने अहिले नै एकिन भएको छैन् ।

अहिलेसम्म समुन्द्र सतहमा नेपालको आफ्नै व्यान्डविथ ल्यान्डिङ स्टेसन छैन ।
समुन्द्रबाट नेपालको बोर्डरसम्म ल्याउँदा व्यान्डविथ धेरै महंगो परिरहेको छ । समुन्द्र सतहबाट नेपालको बोर्डरसम्म ल्याउँदा नै तीनदेखि चार भाग धेरै मूल्य तिर्नु परेको छ ।
‘समुन्द्रबाट नै हामीले ल्याउन सकेमा धेरै सस्तोमा व्यान्डविथ पाउन सक्छौं,’ मिश्र भन्छन्, ‘इन्टरनेरनेसनल व्यान्डविथमा अहिले जति खर्च भइरहेको छ त्यसको २ देखि ३ टाइम्ससम्म घट्न सक्छ ।’

समुन्द्र सतहबाट नेपालको बोर्डरसम्म टाटा, रिलायन्स, एयरटेल जस्ता भारतीय कम्पनीहरुले ल्याइदिएका छन् । नेपालका सुनौली, वीरगन्ज, रानीभन्सारसम्म ति कम्पनीले फाइबर ल्याइदिएका छन् । त्यहाँबाट इन्टरनेट सेवा प्रदायक, दूरसञ्चार सेवा प्रदायकले नेपालमा ल्याउँछन् ।

समुन्द्र सतहबाट नेपालको बार्डरसम्म ल्यादिएको खचै नै धेरै छ । नेपालका इन्टरनेट आयातकर्ताको पहुँच समुन्द्रसम्म नै भएमा यसले नेपालको इन्टरनेट मूल्य नै सस्तो हुनेछ ।
अहिले पनि इन्टरनेसनल व्यान्डविथ महंगो हुँदा नेपालमा इन्टरनेटको मूल्य घट्न सकेको छैन । इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेसनल व्यान्डविथको मूल्य घटाउन सक्ने र आन्तरिक कर घटाउने हो भने नेपालको इन्टरनेट मूल्य अझ सस्तो हुने बताउँदै आएका छन्।

उक्त स्टेसन निर्माणको लागि भने भारतको सहयोग र सहजीकरण अति महत्वपूर्ण हुनेछ । भारतले नेपालमा व्यान्डविथ निर्यातको लागि समुनद्र सतहसम्मको पहुँचको लागि सकारात्मक हुन अति आवश्यक छ ।

नेपालको सामान आयात र निर्यात तथा समुन्द्रसम्मको पहुँचलाई बेलाबेलामा अवरोध गर्ने गरिरहेको छ । प्राधिकरणले बनाउन लागेको उक्त स्टेसन निर्माणपछि अहिले बोर्डरसम्म फाइबर ल्याइदिएका इन्टरनेट कम्पनीको सहयोग पनि आवश्यक देखिन्छ ।