कीवर्डहरू -

सन् २०१६ का उत्कृष्ट केहि मोबाइल एप्स

सन् २०१६ का उत्कृष्ट केहि मोबाइल एप्स

यो वर्ष एन्ड्रोइड र आइओएसलाई लक्षित गरेर स्मार्टफोन लक्षित हजारौँ नयाँ एपहरु सार्वजनिक भए । अघिल्ला वर्षहरुमै विकास भएका केही एपले लोकप्रियाता लिए भने केही यस वर्ष सार्वजनकि गरिएका एपले छोटो समयसमै लोकप्रियता हासिल गर्न सफल भए । यस्ता एपमध्येका केही उत्कृष्ट एपहरुको बारेमा यहाँ चर्चा गरिएको छ ।

ग्रिनिफाइ

स्मार्टफोनको ब्याट्री अनावश्यकरुपमा सकिनबाट जोगाउन चाहनेका लागि ग्रिनिफाइ ( Greenify ) उत्कृष्ट एप हो । केही स्मार्टफोनमा ब्याट्री सेभिङ मोड हुन्छ तर ग्रिनिफाइ यस्तो फिचर समावेश नभएका स्मार्टफोनका लागि त झनै उपयोगी छ । ग्रिनिफाई ब्याकग्राउन्डमा बसेर कुन एपले कति ब्याट्री खपग गरिरहेको छ भन्ने कुराको निगरानी गर्दछ । तपाइले प्रयोग नगरेको अवस्थामा त्यस्तो एपलाई फ्रिज गर्दिन्छ र आवश्यक परे डिप्रोस्ट गरेर पुःन प्रयोग गर्न सकिनेछ ।

\"\"
पोकेमन गो

एन्ड्रोइड र आइओएस दुबैका लागि सबैभन्दा लोकप्रिय मोबाइल गेम बन्न पुग्यो । निआन्टिक र निन्टेन्डोबीचको सहकार्यबाट बनेको यो गेम लोकेशनमा आधारित गेम हो । २०१६ को जुलाई मा केही सीमित देशका लागि मात्र थियो भने हाल विश्वका प्राय देशमा खेल्न मिल्दछ । जिपिएसमार्फत भर्चुअल प्राणी पोकेमनलाई खोज्ने, पक्रिने, युद्ध गर्ने तथा प्रक्षिण दिएर खेलिन्छ ।

\"\"

ओपेरा म्याक्स

स्मार्टफोनबाट मोबाइल डाटा प्रयोग गर्नेहरुका लागि ओपेरा म्याक्स (Opera Max) डाटा प्याकेज जोगाउन र डाटाको धेरैभन्दा धेरै उपयोग गर्नका लागि ओपेरा म्याक्स सबैभन्दा उपयुक्त एप हो । यस एपले इन्टरनेट ब्राउज गर्दा तस्विर तथा भिडियोको साइज घटाउने, वेबसाइट लोड हुने समय छिटो हुने हुदा डाटा र समयको बचत हुन्छ । यसले साधारणरुपमा खपत हुने डाटाको आधासम्म बचत गर्दछ ।

प्रिस्मा

फोटोलाई पेन्टिङजस्तै बनाउने प्रिस्मा ( Prisma ) ले निकै लोकप्रियता हासिल गर्यो । पछिल्लो समय सेल्फीको क्रेज बढ्दो छ । यही लहडमा प्रिस्माले सेल्फिप्रमीका लागि नौलो स्वाद दिन सफल भयो । यसरी, प्रिस्माले छोटो समयमै नसोचेको सफलता हासिल गर्न सफल भयो । विभिन्न आर्ट फिल्टर, आकर्षक फोटो इफेक्ट तथा फास्ट सेयरिङ प्रिस्माका मुख्य फिचर हुन् ।

\"\"

पकेट

तपाइले वेबमा पढ्न तथा हेर्न रुचाएको आर्टिल तथा भिडियो कहिलेकहीँ समयको चाप तथा फुर्सद भनएर तत्काल पढ्न÷हेर्न सक्नुहुन्न । तर पकेट (Pocket) त्यस्तो एप हो जसले तपाईलाई अर्टिकल तथा भिडियो सेभ गर्न र इन्टरनेट कनेक्सन नभएको समयमा पनि पढ्न तथा भिडियो हेर्न मिल्ने सुविधा प्रदान गर्दछ । लामो यात्रमा निस्कनेका लागि यो एप एक उत्कृष्ट एप हो । यो एप एन्ड्रोइड र आइओएस दुबैका लागि उपलब्ध छ ।