मोबाइल वालेटहरुमा नेपाल टेलिकमको रिचार्ज गर्न समस्या हुदा अनलाइन भुक्तानीमा प्रभाव परेको छ ।
बिहीबार विहान ६ बजेदेखि वालेटहरुमा रिचार्जको समस्या देखिएको हो । इसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले विहान ६ बजेदेखि यस्तो समस्या आएको बताए ।
 
  ‘यो नेपाल टेलिकममा देखिएको प्रावधिक समस्या हो,’ सापकोटाले भने, ‘एकआधा घण्टामा समस्या समाधान होला ।’
  
  वालेटहरुमा रिचार्ज नभएपछि अनलाइन भुक्तानी प्रभावित भएको छ ।
 
 
                  
                  
              
                                      आईसीटी समाचार