कीवर्डहरू -

७ विधामा नेसनल आईसीटी अवार्ड प्रदान गर्दै सरकार, तपाई पनि यसरी दिनुहोस् आवेदन

७ विधामा नेसनल आईसीटी अवार्ड प्रदान गर्दै सरकार, तपाई पनि यसरी दिनुहोस् आवेदन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न सात विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेसनल आईसीटी अवार्ड) प्रदान गर्ने भएको छ । 

आगामी वैशाख २० गते मनाइने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सात विधामा अवार्ड वितरण गर्नेछ ।  

यस वर्ष सरकारले नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ , नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ (वुमन), नेसनल आइसिटी इनोभेसन अवार्ड २०२४, नेशनल आइसिटी अवार्ड २०२४ (पब्लिक सेक्टर), नेसनल आइसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर), नेसनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर – प्रोभिन्सियल) र नेसनल आईसिटी स्टार्टअप अवार्ड २०२४ प्रदान गर्ने जनाएको छ । 

यी विधामा सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुऱ्याउने व्यक्ति तथा सार्वजनिक संस्था/कार्यालय/कम्पनीले आवेदन दिन सक्ने छन् । प्राप्त आवेदन मध्येबाट सर्वोत्कृष्टलाई अवार्ड वितरण गरिने छ । 

आगामी वैशाख ४ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन फारामको ढाँचा मन्त्रालय सूचना प्रविधि विभागको वेबसाइटमा उपलब्ध रहेको छ । आवेदन मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराउन वा इमेल [email protected] मा पठाउन सकिने छ ।