कीवर्डहरू -

सिडस्टार्स काठमाण्डौमा अनलाइन आवेदन खुल्ला 

सिडस्टार्स काठमाण्डौमा अनलाइन आवेदन खुल्ला 


स्र्टाटअप कम्पनीको प्रतियोगीता सिडस्टार्स काठमाण्डौ लागि आवेदन खुल्ला भएको छ । अनलाइन आवेदन दिने अन्तिम मिति असोज ८ गते रहेको छ । यस वर्ष नेपालमा अनलिमिटेडले अन्र्तरप्रेरणाको सहयोगमा यो प्रतियोगीता गर्न लागेको हो ।


यो प्रतियोगीता ३ चरणमा हुने गरेको छ । पहिलो चरणमा स्थानिय, दोस्रो चरणमा क्षेत्र र तेस्रो चरणमा राष्ट्रिय र अन्तराष्ट्रियमा प्रतियोगीता हुने गरेको छ । स्थानिय र क्षेत्र चरणको सम्पूर्ण बिजेतालाई स्विजरल्यान्डमा लगेर अन्तराष्ट्रि स्तरमा प्रतिस्पर्धा गराईन्छ ।

स्विजरल्यान्डको प्रतिस्पर्धा बिजेतालाई १ लाख अमेरीकी डलर बराबरको लगानी प्राप्त गर्ने छन । यस प्रतियोगीतामा ६,००० भन्दा माथि अवेदन लिइने र ७०० स्र्टाटअप छनोट गरीन्छ । ७०० स्र्टाटअप मध्ये पनि ६५ वटा स्र्टाटअप अन्तिम चरणको लागी छनोट गरेर १ लाई बिजेता घोषण गरिन्छ ।


सन् २०१३ देखि अनलिमिटेडले सिडस्टार नेपालमा नयाँ कम्पनीहरु बिच प्रतियोगीता गराएर नयाँ प्रतिभालाई पुरस्कृत गर्ने कार्य गरीरहेको छ । यो प्रतियोगीताको लागी सिडस्टार वल्र्डले स्थानिय पार्टनर अनलिमिटेड माक्रोसफ्ट इनोभेसन सेन्टर नेपाल र अनलिमिटेड एभेन्चरस, मूख्य पार्टनर यूएनडिपी, टाइटल पार्टनर वाइ वाइ रहेका छन् । यस प्रतियोगीताको रेजिष्टरको लागी http://www.nepaliidea.com आफ्नो आईडियाको आवेदन दिन सकिनेछ ।