कीवर्डहरू -

नेपाल दोस्रो स्लो इन्टरनेट कनेक्टिभिटी स्पीड भएको देश

नेपाल दोस्रो स्लो इन्टरनेट कनेक्टिभिटी स्पीड भएको देश


विश्वमा इन्टरनेटको प्रयोग दिन प्रति दिन बढि रहेको छ । यसले सबै वर्गको ध्यान केन्दि«त गराउन सफल भई रहेको छ । बालबच्चा, युवा वर्ग र वृद्धहरुको साथि एवंम जिज्ञासा मेट्ने एउटा माध्यम बनेको छ, इन्टरनेट । इन्टरनेटमा काम गर्नुका साथै मनोरञ्जन लिने÷दिने, शिक्षा लिने जस्ता कार्यहरु, डाउलोड÷अपलोड गर्ने कार्यमा प्रयोग र्भको देखन सकिन्छ ।


आधुनिक युगमा टेक्नोलोजी र इन्टरनेट हाम्रो जीवनको महत्वपूर्ण भाग बनेको छ । हाल विश्व भरको मानिसहरु टेक्नोलोजीबाट टाढा रहन सकेका छैनन् । मानिसहरु इन्टनेटलाई आफ्नो जीवनको आधारभूत सेवाको रुपमा प्रयोग गर्दै आएका छन् । सबैको हात हातमा टेक्नोलोजी पुगेको अवस्थामा इन्टरनेटले विश्वलाई एउटा सानो गाउँ बनाई दिएको छ ।


एक अनुसन्धानमा ढिलो इन्टरनेट कनेक्टिविटी स्पीड भएको देशहरुको सूचि तल तालिका मा प्रस्तुत गरीएको छ ।

\"\"


लेबनान उत्तरी अफ्रिकाको म्याग्रेब क्षेत्रको देश हो । २५६ केबिपिएस भन्दा तलको ५२ प्रतिशत इन्टरनेट कनेक्सन भएर लेबनान ढिलो इन्टरनेट कनेक्टिविटी स्पीड भएको देशको सूचिमा पहिलो स्थानमा पर्दछ । २००० ए.डी मा लेबनानमा इन्टरनेट प्रभावकारी बनेको थियो । यो समस्या ५.७ प्रतिशतनले घटे तापनि यस देशमा ढिलो इन्टरनेट कनेक्टिविटी स्पीड समस्या समाधानको राम्रो व्यवस्था छैन ।


२५६ केबिपिएस भन्दा तलको ३२ प्रतिशत इन्टरनेट कनेक्सन भएर नेपाल ढिलो इन्टरनेट कनेक्टिविटी स्पीड भएको देशको सूचिमा दोस्रो स्थानमा पर्दछ र यस समस्या समाधानको गति देशमा संतोषजन देखिदैन । नेपालमा इन्टरनेट प्रयोगकर्ता चाही तिव्र गतिमा वृद्धि भई रहेको अवस्था छ ।

सन् २०११ मा नेपालको कुल जनसङख्या मध्ये ९ प्रतिशत जनसङख्याले मात्र इन्टरनेट सेवा प्रयोग गरेका थिए । २०१७ मा इन्टरनेटको प्रयोगकर्ता वृद्धि भई ५४ प्रतिशत पुगेको छ । टिकेपीका अनुसार नेपालले गत बर्ष २.२५ लाख इन्टरनेट प्रयोगकर्ता थपेको छ ।


नाईजेरीया पश्चिम अप्रिकामा अवस्थित देश हो । यो देशमा इन्टरनेट १९९५ मा सुरु भएको थियो । यो तेस्रो देश हो जुन सबै भन्दा कम इन्टरनेट कनेक्टिविटी स्पीड रहेको छ । २५६ केबिपिएस भन्दा तलको ३१ प्रतिशत इन्टरनेट कनेक्सन रहेको छ । यो समस्या १६ प्रतिशतले घटेको देख्न सकिन्छ र यस समस्या समाधानको गति यो देशमा संतोषजन देखिन्छ ।


ईरान पश्चिम एसियामा अवस्थित देश हो । यो देशमा इन्टरनेट सन् १९९३ मा सुरु भएको थिए । यो चौथो देश हो जाहाँ २५६ केबिपिएस भन्दा तलको ३० प्रतिशत इन्टरनेट कनेक्सन रहेको छ । यो समस्या ६ प्रतिशतले घटेको छ र यस समस्या समाधानको गति यो देशमा संतोषजन छैन् ।


भारत दक्षिण एसियामा अवस्थित देश हो । यो देशमा इन्टरनेट सन् १९९५ मा सुरु भएको थिए । यो पाँचौ देश हो जाहाँ २५६ केबिपिएस भन्दा तलको २७ प्रतिशत इन्टरनेट कनेक्सन रहेको छ । यो समस्या ५.६ प्रतिशतले घटेको छ र यस समस्या समाधानको गति यो देशमा संतोषजन छैन् ।


बोलिभिया मध्य दक्षिण अमेरीकामा अवस्थित देश हो । यो देशमा इन्टरनेट सन् २००० मा सुरु भएको थिए । यो छैटौ देश हो जाहाँ २५६ केबिपिएस भन्दा तलको २५ प्रतिशत इन्टरनेट कनेक्सन रहेको छ । यो समस्या २२ प्रतिशतले घटेको छ र यो देशले ढिलो इन्टरनेट कनेक्टिविटी स्पीड समस्या तिव्र गतिमा समाधान गर्दै अगाडी बढदै गएको देख्न सकिन्छ ।

\"\"
सिरिया पश्चिम एसियामा अवस्थित देश हो । यो देशमा इन्टरनेट सन् २००३ मा प्रभावकारी भएको थिए । यो सातौ देश हो जाहाँ २५६ केबिपिएस भन्दा तलको १९ प्रतिशत इन्टरनेट कनेक्सन रहेको छ । यो समस्या १० प्रतिशतले घटेको छ र यस समस्या समाधानको गति यो देशमा ढिलो रहेको छ ।
इंडोनेशिया दक्षिण पूर्वी एसियामा अवस्थित देश हो । यो देशमा इन्टरनेट सन् १९८३ मा सुरु भएको थिए । यो आठौ देश हो जाहाँ २५६ केबिपिएस भन्दा तलको १९ प्रतिशत इन्टरनेट कनेक्सन रहेको छ । यो समस्या १३ प्रतिशतले घटेको छ र यस समस्या समाधानको गति यो देशमा संतोषजन छ ।


कजाकिस्तान मध्य एसियामा अवस्थित देश हो । यो देशमा इन्टरनेट सन् २००१ मा प्रभाकिारी भएको थिए । यो नौव देश हो जाहाँ २५६ केबिपिएस भन्दा तलको १६ प्रतिशत इन्टरनेट कनेक्सन रहेको छ । यो समस्या ४.२ प्रतिशतले घटेको छ र यस समस्या समाधानको गति यो देशमा संतोषजन छैन ।
मलेसिया दक्षिण पूर्वी एसियामा अवस्थित देश हो । यो देशमा इन्टरनेट सन् १९९५ मा सुरु भएको थिए । यो दसौँ देश हो जाहाँ २५६ केबिपिएस भन्दा तलको १६ प्रतिशत इन्टरनेट कनेक्सन रहेको छ । यो समस्या ४ प्रतिशतले घटेको छ र यस समस्या समाधानको गतिमा खासै प्रगति भएको देखिदैन ।


त्यस्तै ढिलो इन्टरनेट कनेक्सन भएको देशको पछि छिटो इन्टरनेट सेवा भएको राष्ट्रहरुको कुरा गर्दा सबैभन्दा ठूलो कन्टेन वितरण नेटवर्क एक्यामेई, अमेरीका, २०१७ को रिर्पोट अनुसार छिटो इन्टरनेट सेवा भएको राष्ट्रहरु युरोपमा ५, एसिया प्रशान्त मा ४ र अमेरीका मा १ रहेको छ ।