कीवर्डहरू -

स्मार्टफोनको ड्यु क्यामेराले कसरी काम गर्छ ?

स्मार्टफोनको ड्यु क्यामेराले कसरी काम गर्छ ?

श्रृषभ न्यौपाने

मोबाइलको बजार हरिणको चालमा बढिरहेका बेला मोबाइल खरिदकर्ताहरु पनि बढ्दै छन । र, बढ्दो खरिदकर्ताको आकर्षण पनि मोबाइल स्मार्टफोनमा प्रयोग गरिएको नयाँ नयाँ प्रविधि तर्फ छ । जाभा बाट आइओएस र एन्ड्रोइड सम्म मोबाइल सफ्टवेयरले छलाङ् मार्दा हार्डवेयरमा पनि आमूल परिवर्तन हुँदै गइरहेको छ ।
उत्कृष्ट हार्डवेयर निर्माणका क्रममा आज स्मार्टफोनहरुमा प्रोसेसर, र्याम र डिस्प्ले आदिमा ध्यान त दिइएको छ नै त्यसका साथसाथै स्मार्टफोनमा उच्च प्रविधियुक्त क्यामेरा, फिङ्गरप्रिन्ट सेन्सर लगायतलाई पनि प्राथमिकतामा मोबाइल निर्माता कम्पनीहरुले राख्ने गरेका छन । यसै क्रममा पछिल्ला समय स्मार्टफोनहरुमा डूयल क्यामेरा, फिङ्गगरप्रिन्ट सेन्सर जस्ता अत्याधुनिक प्रविधिकोे प्रयोग ब्यापक रुपमा गर्न थालीएको छ ।

\"\"
डूअल क्यामेरा ः

डिएसएलआर क्यामेरा सवैको पहुँमा नहोला र डिएसएलआर क्यामेरा सबै क्यामेराप्रेमीले खरिद गर्न नसक्लान तर आज मोवाइल स्मार्टफोन क्यामेराको दुनियाँमा यस्तो चमत्कार भएको छ जसले डिएसएलआर क्यामेरा जस्तै उत्कृष्ट फोटो खिच्ने प्रविधि अंगालेको छ । यो प्रविधि हो मोबाइलमा रहेको डूअल क्यामेरा ।
अहिलेका स्मार्टफोनहरुले प्रयोग गर्ने क्यामेरा सम्बन्धी अत्याधुनिक प्रविधि हो डूयल क्यामेरा । यस प्रविधि अन्तर्गत क्यामेरामा दुइवटा लेन्सको प्रयोग गरिएको हुन्छ । अहिलेका प्रायः फ्लागसिप स्मार्टफोनहरुमा डूयल क्यामेरा प्रयोग गर्ने गरेको पाइन्छ । यति मात्र होइन मोवाइल विकासकर्ताको ठूलो झुण्ड हहिले डूअल क्यामेरायुक्त स्मार्टफोन निर्माणमा लागेको देखिन्छ ।

मोबाइलको बादसाह आइफोनले पनि आफ्नो पछिल्लो संस्करण आइफोन सेभेन प्लसमा डूअल क्यामेराको प्रयोग गरेको छ । यस अघि एलजी, एचटिसि, आइफोन सेभेन प्लस, हुवावे आदि स्मार्टफोनहरुमा पनि यस्तो डूअल क्यामेराको प्रयोग गरिएको थियो । डूअल क्यामेरा प्रति प्रयोगकर्ताको आकर्षण वढेसँगै हिजोआज मिडरेन्ज स्मार्टफोनहरुमा पनि डूअल क्यामेराको प्रयोग गर्न थालिएको छ ।

\"\"
डूअल क्यामेराको विकास

डूअल क्यामेरा आजका मोबाइल प्रयोगकर्ताका लागि बिल्कुलै नयाँ अनुभव भएपनि यो प्रविधि आज भन्दा झण्डै ६ बर्ष अघि नै २०११ मा एचटिसिले प्रयोग गरेको थियो । डूअल क्यामेराको इतिहास पल्टाँउने हो भने ‘एचटिसी इभो थ्री डी’ डूयल क्यामेरा प्रयोग गर्ने पहिलो स्मार्टफोन रहेको पाइन्छ ।

यस स्मार्टफोनमा डूअल क्यामेराको प्रयोग थ्री डी इमेज सिर्जना गर्नका प्रयोग गरिएको थियो जुन खासै सफल हुन सकेन । यस स्मार्टफोनमा रहेका दुइवटा लेन्सले दुइवटा फोटो सिर्जना गर्दथ्यो र त्यसलाई थ्रिडी स्वरुप दिने गर्दथ्यो जुन प्रयोग हास्यास्पद रहन पुग्यो । तर आज प्रयोग गरिएका डूअल क्यामेरा एक्दमै सफल प्रयोग हुन पुगेको देखिीएको छ ।

डूअल क्यामेराले कसरी काम गर्छ ?

\"\"
सामान्य स्मार्टफोनको क्यामेरामा एउटा मात्र क्यामेरा प्रयोग गरिएको हुन्छ र त्यस लेन्सले नै फोटो खिच्ने जुम गर्ने, इमेजको डेफ्त, लाइट आदि मिलाउने गर्दछ । तर, डूअल क्यामेराको हकमा एउटा लेन्सले फोटो खिच्छ भने अर्को लेन्सले अन्य जानकारी संकलन गर्ने गर्छ जस्तै इमेज डेफ्त, लाइट, जुम आदि । जसका कारणले उत्कृष्ट फोटो खिच्न मद्दत पुग्छ । डूअल क्यामेरामा कहिलेपनि एकै किसिमका दुई सेन्सरको प्रयोग गरिँदैन । डूअल क्यामेरामा प्रयोग हुने दुवै सेन्सर फरक किसिमका हुन्छन ।

डूअल क्यामेराप्रति ग्राहकको आकर्षण र मोबाइल विकासकर्ताले दिएको प्राथमिकतालाई हेर्दा आउँदा केही वर्षमा नै सिङ्गल लेन्स युक्त क्यामेरालाई डूअल क्यामेराले प्रतिस्थापन गर्ने लग्भग निष्चित प्राय ः देखिन्छ । विभिन्न फङ्सनका लागि प्रयोग गरिएपनि यसको मूल उद्देश्य भनेको फोटोको क्वालेटीलाई सुधारेर राम्रो फोटो खिच्नु हो । जसका कारण डूअल क्यामेरा आजको मोबाइल फोटोग्राफीका लागि एउटा कोसेढङ्गाका रुपमा लिन सकिन्छ ।

लेखकलाइ सम्पर्क गर्न यहाँ क्लिक गर्नुहोस ।