पछिल्लो समयमा विश्वव्यापीरुपमा भएको सूचना तथा सञ्चार प्रविधिको विकासले परम्परागत रुपमा चल्दै आएको सञ्चारको माध्यम हुलाक संकटमा परेको छ ।
नेपालमा कुनै समय सञ्चारको लागि एक मात्र माध्यम बनेका हुलाक कार्यालयहरु अहिले भने विजनेस नपाएर जिर्ण बन्दै गएका छन् । हरेक वर्ष यसबाट पठाउने चिठीपत्र, पार्सलहरु घट्दै गएका छन् ।
महालेखापरीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदनअनुसार पछिल्लो तीन वर्षमा मुलुकमा हुलाकको प्रयोग ५६ प्रतिशतले घटेको छ ।
तथ्यांकअनुसार सन् २०१९ मा स्वदेशतर्फ साधारण, रजिष्ट्री, बीमा, पार्सल, बुकपोष्टलगायतका वस्तु आदानप्रदानको संख्या ३ करोड ३४ लाख ५२ हजार थियो । अर्थात उक्त संख्यामा पार्सलहरु आदानप्रदान भएका थिए ।
यो संख्या अर्को वर्ष सन् २०१८ मा २ करोड ५३ लाख ३४ हजारमा झरेको छ । त्यसअघिको वर्षसँग तुलना गर्दा उक्त वर्ष सामान आदनप्रदान २४ प्रतिशतले घटेर ८१ लाख १७ हजारमा झरेको छ ।
यस्तै, हुलाकबाट सामान आदनप्रदानको संख्या अर्को वर्ष दोब्बरले घटेको छ । सन् २०१९ मा हुलाकबाट सामान आदनप्रदान गर्नेको संख्या १ करोड ४४ लाख ८२ हजारमा भएको छ ।
सन् २०१८ को तुलनामा यो संख्या १ करोड ४४ लाख ८२ हजारले कमी हो । अर्थात एक वर्षमा ४२.८३ प्रतिशतले हुलाकको प्रयोग घटेको देखिन्छ ।
तीन वर्ष अर्थात सन् २०१७ को तुलनामा सन् २०१९ मा हुलाक प्रयोगको संख्या हेर्ने हो भने ५६ प्रतिशतले घटेको छ । यसरी हरेक वर्ष हुलाकको प्रयोग गर्दै जाने हो भने केही वर्ष मै यसको प्रयोग ठप्प हुने देखिन्छ ।
प्रत्येक वर्ष हुलाकको काम घट्दै गइरहेको छ । सूचना तथा सञ्चारको क्षेत्रमा भएको प्रविधिको विकास तथा निजी क्षेत्रले समेत चिठीपत्र, पार्सल तथा कुरियर सेवा सञ्चालन गरेकाले सरकारी हुलाक सेवाको कार्यक्षेत्र प्रतिस्पर्धी बन्दै गएको छ ।
सूचना प्रविधिको बढ्दो प्रयोगको स्थितिमा परम्परागत हुलाक सेवालाई विविधिकरण, विस्तार र भरपर्दो बनाउनुु पर्ने सुझाब महालेखाको छ । यसको लागि प्रतिस्पर्धी, व्यावसायिक, प्रविधियुक्त तथा आधुनिकीकरण गर्न आवश्यक नीनिगत, कानुनी तथा संस्थागत सुधार गनुपर्ने उसको ठहर छ । यसको प्रयोगको लागि नयाँ तरिका अपनाउनु पर्ने, नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने देखिन्छ ।
हुलाक बचत बैंक प्रभावकारी भएन
गोश्वारा र जिल्ला हुलाक कार्यालय ६८ ले हुलाक बचत बैंकको कारोबार सञ्चालन गरिरहेका छन् । ती बैंकमा यो वर्षको अन्त्यमा १ अर्ब ५८ करोड ३४ लाख मौज्दात रहेको छ ।
हुलाक बचत बैंकको हिसाब पूर्णरुपमा सफ्टवेयरमा नरहेको, कारोबार परीणाम प्रत्येक वर्ष वृद्धि हुदै गएको, केही जिल्लामा कार्यरत कर्मचरीबाट रकमको अपचलन भएको, लगानी गर्न मन्त्रालयले रोक लगाएकाले जाजरकोटलगायतका जिल्लामा आर्जित ब्याजभन्दा बढी ब्याज भुक्तानी गर्दा घाटा व्यहोनुै परेको जस्ता कारणले बैंक प्रभावकारी नदेखिएको महालेखाको भनाइ छ ।
बचत बैंक सञ्चालन गर्ने सम्बन्धमा पुनरावलोकन गर्नुपर्ने व्यहोरा गत विगत वर्षको प्रतिवेदनमा उल्लेख भए तापनि स्थिति यथावत रहेको उल्लेख गरेको छ ।