कीवर्डहरू -

वर्ल्डलिंकले इन्टरनेटका ग्राहकलाइ विदेश घुमाउने

वर्ल्डलिंकले इन्टरनेटका ग्राहकलाइ विदेश घुमाउने

द्रूत गतिको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले नयाँ ग्राहकका लागि लक्षित गर्दै नयाँ अफर ल्याएको छ ।

नेपालीहरुको महान् पर्व दसैँ र तिहारलाई लक्षित गर्दै वर्ल्डलिंकले ल्याएको नयाँ अफरबाट २३ जोडी भाग्यशाली ग्राहकले विदेश घुम्ने अवसर पाउनेछन् ।


 ग्राहकहरुका लागि ‘इन्टरनेट फररर, विदेश सररर’ योजना ल्याउँदै वर्ल्डलिंकले आफ्ना ग्राहकहरुलाई विदेश घुमाउन लैजाने भएको हो ।


 वर्ल्डलिंकको इन्टरनेट जोड्ने ग्राहकहरुमध्येबाट २३ जोडी भाग्यशाली ग्राहकहरुले पेरिस, थाइल्याण्ड, सिंगापुर, दुबई, बाली र मलेसिया घुम्ने अवसर पाउने वर्ल्डलिंकले जानकारी दिएको छ  । 

वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्नो २३ औँ वर्ष पुरा गरेको खुसीयालीमा ती भाग्यशाली विजेताहरुलाई उपहार स्वरुप भ्रमणको अवसर प्रदान गर्न लागिएको हो ।

त्यस्तै, वर्ल्डलिंकको नयाँ ग्राहक बन्दा वा सेवा नविकरण गर्दा समेत ग्राहकहरुले भारी छुट पाउने जनाएको छ । नयाँ इन्टरनेट जडान गर्दा तथा नविकरण गर्दा ग्राहकहरुले एक वर्षको शुल्क एकै पटक भुक्तानी गरेमा ४० प्रतिशतसम्म छुट पाउने छन् ।

इन्टरनेट जोड्दा ग्राहकले छुटसँगै निशुल्क सेट अपबक्ससहित १२ महिना नेटटिभी (आइपी टिभी) निशुल्क प्राप्त गर्नेछन् ।