कीवर्डहरू -

स्मार्ट सिटीको लागि \'स्मार्ट अर्थतन्त्र\' 

स्मार्ट सिटीको लागि \'स्मार्ट अर्थतन्त्र\' 

स्मार्ट सिटिको उद्देश्य जिबनस्तरको बिकास तथा डिजिटल प्रविधिको उपयोग गरेर आर्थिक लाभहरूको सिर्जना गर्नु हो । अबको तीन दशक पछि सात बिलियन मानिसहरु सहरी क्षेत्रमा बसोबास गर्ने अनुमान गरिएको छ ।


स्मार्ट सिटि हुनका लागि बिशेष मापदण्डहरु नभएता पनि शहर प्रबिधियुक्त हुन् जरुरि हुन्छ । उक्त शहरको आर्थतन्त्र,प्रशाशन,यातायात,वातावरण र नागरिक पनि स्मार्ट र प्रबिधिमय हुन पर्छ । स्मार्ट सिटिमा सूचना तथा संचार प्रबिधिलाइ अपनाएका स्मार्ट उद्ध्योग र कल कारखानाहरु स्थापना गरिएको हुन्छ । साथै वाताबरण मैत्री शहर हुनुपर्छ,नागरिकको जीवनशैली र चेतना उच्च स्तरको हुन जरुरि छ । स्मार्ट सिटी निर्माण गर्नका लागि आवश्यक तत्वहरुको मध्ये स्मार्ट अर्थतन्त्र पहिलो शर्त हो ।

\"\"

स्मार्ट अर्थतन्त्र
स्मार्ट अर्थतन्त्रको अवधारणा वैज्ञानिक र विभिन्न रणनीतिक दस्तावेजहरुमा अधिक लोकप्रिय छ ।यसको अवधारणा स्मार्ट सिटि डिजाइन र विकासमा र सहरको आर्थिक विकास तथा रणनीतिक योजना बनाउन ब्यापक प्रयोग गरिन्छ ।

अहिले सम्म स्मार्ट अर्थतन्त्रको सबैले स्वीकार गर्ने  परिभाषा नै छैन । तर ,हामीले अर्थतन्त्र र स्मार्ट शहरको बीचको अन्तरनै स्मार्ट अर्थतन्त्र हो भनेर बुझ्न सक्छौ ।  स्मार्ट अर्थतन्त्र परम्परागत अर्थव्यवस्था भन्दा फरक फरक हुन्छ । किनकि स्मार्ट सिटिका लागि उद्धोग र कलकारखानाहरुको स्थापनामा सूचना तथा प्रबिधिको भरपुर प्रयोग गरिएको हुन्छ ।


स्मार्ट सिटि निर्माणको लागि स्मार्ट अर्थतन्त्रले एकदम ठुलो महत्व राख्छ । स्मार्ट सिटिका लागि अर्थब्यबस्थालाई डिजीटल बनाउने क्रम भुक्तानीबाट सुरु हुन्छ । जस्तै बिटक्वाइन,मोबाइल पेमेन्ट र इ(वालेट आदि यसका उदाहरण हुन् । स्मार्ट अर्थतन्त्रमा बस्तुहरु उत्पादन गर्ने तथा बिक्रि वितरण गर्ने तरिकामा पनि फरक हुन्छ । यसमा प्रबिधिको प्रयोग गरेर उच्च गुणस्तरीय बस्तु उत्पादन गरिन्छ ।

सूचना तथा संचार प्रबिधीले ग्राहकको समानसँगको अन्तरक्रिया परिवर्तन गर्दछ अर्थात्, क्यु आर कोड प्रबिधि को प्रयोग गरि सेलफोनबाट समान स्क्यान गर्न सकिन्छ । साथै Near Field Communication (NFC _ एन एफसी टेक्नोलोजी जसमा  स्मार्टफोन बाट पेमेन्ट गर्न सकिन्छ ।

स्मार्ट अर्थतन्त्रमा डिजिटल प्रबिधी बाट सरल र सहज सेवाहरु नागरिकलाई प्रदान गरिन्छ । यसका साथै नागरिकहरुमा समेत उद्धमशिलताको भावना तथा केहि नयाँ गर्ने सोचलाइ समेत स्मार्ट अर्थतन्त्रले उत्साह प्रदान गर्दछ ।