कीवर्डहरू -

मलेसियाको प्रसिद्ध विश्वविद्यालयको आइटी डिग्री ल्याएका छौं

मलेसियाको प्रसिद्ध विश्वविद्यालयको आइटी डिग्री ल्याएका छौं


अमरदिप मण्डल, हेड, मार्केटिङ एन्ड एडमिसन, पाटन कलेज फर प्रोफेसनल स्टडिज 


लर्डबुद्ध एजुकेशन फाउन्डेशनले मलेसियास्थित एसियाकै प्रसिद्ध एशियन प्यासेफिक युनिभर्सिटीको बिएससी आइटी अध्यापन गराउँदै आएको छ । अहिले तेस्रो इन्टेक चलिरहेको छ ।

लर्डबुद्ध एजुकेशन फाउन्डेशनले मलेसियास्थित एसियाकै प्रसिद्ध एशियन प्यासेफिक युनिभर्सिटीको बिएससी आइटी अध्यापन गराउँदै आएको छ । अहिले तेस्रो इन्टेक चलिरहेको छ ।

इन्टरन्याश्नल इन्डस्ट्री र कन्जुमरलाई ध्यानमा राखेर विकास गरिएको बिएससी आइटीको अर्को विशेषता भनेको टेक्नोलोजीमा परिवर्तन आउनासाथ कोर्स अपडेट भइहाल्छ । कोर्सले एप्लिकेशनका साथै प्रयोग गर्ने टुल्सलाई त्यति नै ध्यान दिएको छ । नेपालमै मलेसियन डिग्री हासिल गर्ने अवसर दिएको कलेजले मात्र ७ लाख रुपियाँमै विद्यार्थीलाई अध्यापन गराइरहेको छ ।

यो ग्लोबल्ली रिकग्जाइज्ड क्वालिफिकेशन भएकाले अमेरिका, क्यानडा, आयरल्यान्ड आदि देशमा क्रेडिट ट्रान्सफर गरी पढ्न सकिन्छ । जुनसुकै विषयमा प्लस टु अध्ययन सकेका र एसएलसीमा गणितमा कम्तीमा ६० अंक ल्याएका तथा सूचना प्रविधिको क्षेत्रमा करिअर बनाउन चाहने जोसुकैले लर्डबुद्धमा आएर बिएससी आइटीको अध्ययन गर्न सक्नेछन् ।

हाम्रो अर्को कलेज पाटन कलेज फर प्रोफेसनल स्टडिजमा बेडफर्डसाइर युनिभर्सिटीबाट सम्बन्धन लिई कम्प्युटर, साइन्स एन्ड सफ्टवेयर इन्जिनियरिङ कार्यक्रम सञ्चालन गरेका छौं ।