कीवर्डहरू -

३० भन्दा बढी ठाउँमा इन्टरनेट विस्तार गर्दै सीजी नेट

३० भन्दा बढी ठाउँमा इन्टरनेट विस्तार गर्दै सीजी नेट

सीजी नेटले अबको २ महिनाभित्रमा काठमाडौं, ललितपुर र भुक्तपुरका अधिकांश ठाउँमा इन्टनेट विस्तार गर्ने भएको छ ।

आक्रमक रूपमा बजारमा प्रवेश गरेको सीजी नेटले २ महिनाभित्र काठमाडौं उपत्यकाका अधिकांश ठाउँमा इन्टरनेट विस्तार गर्ने जानकारी दिएको हो ।

कम्पनीले अबको २ महिनाभित्र काठमाडौंको महाराजगञ्ज, शंखमूल, गोंगबु, धापासी, शान्तिनगर, जोरपाटी, कपन चाबहिल, धर्मस्थली, टोखा, कालिमाटी, बल्खु, पेप्सीकोला, सीतापाइला, स्युचाटार, लाजिम्पाट, विशालनगर, गौशाला, रानीबारी, बूढालिकण्ठ, ठमेल, न्यूरोड, पुतलिसडक र मुलपानीमा विस्तार गर्ने जनाएको छ ।

त्यस्तै ललितपुरको सातदोबाटो, भैसेपाटी, हात्तीवन, इमाडोलमा पनि २ महिनाभित्र इन्टरनेट विस्तार हुने कम्पनीले जनाएको छ ।

साथै अबको २ महिनाभित्र भक्तपुरको कौशलटार, राधे राधे, सानोठिमी, सूर्यविनायक र बालकोटमा पनि इन्टरनेट विस्तार हुनेछ ।

चौधरी ग्रुप अन्तर्गतको सीजी नेटले ९९९ रूपैयाँमा १२० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।

सीजी नेटको सेवा हाल जावलाखेल, लगनखेल, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा (रिङरोड) पुलचोक, कुलेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, कलंकी, सतुंगल, छाउनी, बालाजु र बल्खुमा उपलब्ध रहेको छ । कम्पनीले तिब्र रूपमा आफ्नो इन्टरनेट विस्तार गरिरहेको छ ।