कीवर्डहरू -

किन जरुरी छ नेपालमा ड्रोन ? 

किन जरुरी छ नेपालमा ड्रोन ? 

दर्पण पुणासैनी

भौगोलिक क्षेत्रफलमा निकै नै सानो भएपनि विभिन्न प्राकृतिक सम्पदाको धनी नेपालका यस्ता कयौं कुराहरू र विशेषताहरू छन् जसले नेपाललाई विश्व सामु आफ्नो बेग्लै पहिचान दिएको छ। ती कयौं विशेषताहरू मध्ये नेपालको एक महत्वपूर्ण विशेषता हो यसको भौगोलिक बनौट।

समुद्री सतह देखी करिव ७० मिटरको होचाई देखी ८८४८ मिटरको संसारकै सबैभन्दा ठूलो उचाईसम्म यही सानो क्षेत्रफलमा ओगटेको नेपाल पृथ्विको स्वर्ग नै भन्न सकिन्छ। तर जति राम्रा यसका पक्षहरु भएपनि यही विविधताले गर्दा यहाँको जनजिवन कठिन भएको छ।

करिव ७२५ यहाँको जमिन भौगोलिक रूपमा अनियमित र कठिन छ जसका कारण आजसम्म पनि थुप्रै ठाउँहरुमा सहज बाटोहरू पुग्न सकेका छैनन्, जसको कमीले गर्दा शिक्षा, स्वास्थ्य र नेपाली जीवनशैलीमा ठूलो कठिनाई निम्त्याईदिएको छ।


जबसम्म नेपालका हरेक कुनाकाप्चामा सहज बाटाहरु र यातायातको सुविधा पुग्न सक्दैन, तवसम्म सबै अरू आवश्यकताहरु सबै ठाऊँमा पुर्याउन र नेपाली जीवनशैली उकास्न सम्भव छैन भन्दा कुनै अत्युक्नहोला। अहिलेको हाम्रो विकाशको गति, प्राकृतिक प्रकोपले निम्त्याएका विनाश र जथाहाभावी निर्माणलाई मध्यनजर गर्ने हो भने यो सपना पुर्ण हुन केही वर्ष नभएर थुप्रै दशकहरु बित्ने देखिन्छ।

\"\"

के यसको मतलव संसार चन्द्रमा र मङ्गल ग्रहमा जीवन विस्तार गर्ने प्रयासमा लागीरहेको वेलामा अझै धेरै नेपाली पिडीहरु सास्तीको जिवनमै सकिने हुन् त? आज संसारमा विज्ञानले यति ठूलो फड्को मारीसकेको छ की यसको सही प्रयोग गर्न सक्ने हो भने यहाँको जीवनलाई उकास्न दशकौं पर्खिरहन पर्दैन। नेपाली भूगोल, नेपाली जीवनको कठिनता र विज्ञानको एउटा सानो तर शक्तिशाली उपजको चर्चा गरौं, नेपालमा किन ड्रोन आवश्यक छ भन्ने चर्चा गरौं।


१. औषधी, रगत जस्ता अति आवश्यक स्वास्थ्यका आधारभूत कुरासम्म पनि यहाँका दुर्गम भेगका जनताहरूको पहुँच निकै न्यून छ। बजारमा पाईने औषधीको कमिमा कसैले ज्यान गुमाउनु भनेको निकै निन्दनीय हो । यस्ता घटनालाई न्यून पार्नु तथा सबै भेगका जनतालाई उचित स्वास्थ्य सेवा दिनुमा ड्रोनले निकै ठूलो भूमिका निर्वाह गर्न सक्छ। कम समयमा र कम खर्चमा जस्तो सुकै भेगमा पनि औषधी, रगत जस्ता कुराहरूलाई सजिलै ओसारपसार गर्न सक्ने ड्रोन नेपाल जस्तो राष्ट्रको लागी वरदान साबित हुन सक्छ।


२. प्राकृतिक प्रकोपको दृष्टिकोणले निकै जोखिममा रहेको नेपालमा कुन वेला के विपत्ति आउन सक्छ भन्ने आधार नै छैन। यस्ता घटनाहरू घटेका क्रममा निकै मानिसले खानपान, औषधी तथा सुरक्षा समेत पाउन मुस्किल छ। साथै यस्ता अवस्थामा मानिसको खोजी कार्य पनि निकै नै महतपूर्ण तर कठिन हुन्छ । यसका लागी रोबोट, र विशेष गरि ड्रोन, को प्रयोगले खोजी कार्य, खानेकुरा तथा औषधी वितरण जस्ता कार्यहरुमा निकै  नै सजहता पुर्याउँछ ।


३. खराव भूगोलका कारण यहाँ गरिने सर्वेक्षणका कार्यहरूवाट एकदम सही डाटा निकाल्न निकै मुस्किल छ र प्राय डाटाहरु अनुमानित हुन्छन् जसका कारण यहाँका निर्माण तथा विकासका कार्यहरू दिगो रहँदैनन्। यदी ड्रोनको प्रयोग गरेर सर्वेक्षण गर्ने हो भने निकै नै सही तथा ठेट डाटा पाईन सकिन्छ जसले गर्दा निर्माण कार्यहरूको योजना राम्रोसँग गर्न सकिन्छ। साथै ड्रोनको प्रयोगले पूर्वाधारहरुको नियमित जाँच गर्न, घम् मोडलहरु सहजै बनाएर बिश्लेषण गर्न, ईत्यादी कार्यहरुमा पनि निकै सहज हुन्छ।

\"\"
४. पर्यावरणका लागी निकै नै उचित भएपनि नेपालले यस क्षेत्रलाई सही उपयोग गर्न सकेको छैन्। यदी नयाँ प्रविधिहरूको उचित प्रयोग गरेर यस क्षेत्रका पूर्वाधारमा लगानी गर्ने हो भने यहाँ पर्यावरणबाट अकल्पनीय आर्जन गर्न सकिन्छ। ड्रोनको प्रयोगले एक त पर्यटकका लागी औषधी लगायतका वस्तु जुनसुकै ठाउँमा वाहेको बेला पुर्याउन सकिन्छ भने, अर्को त ड्रोन फोटोग्राफी, भिडियोग्राफी बाट यहाँका सुन्दर तथा मनोरम स्थानको चर्चा विश्वसामु पुर्याउन सकिन्छ र भर्चुवल टुरिजममा पनि यसलाई प्रयोग गर्न सकिन्छ।


५. कृषि मूलक देशका रूपमा चिनिने नेपालमा प्रविधिको प्रयोगबाट थुप्रै कुराहरुमा देश आत्मनिर्भर रही आयातसमेत गर्न सकिने गरी उब्जनी गर्न सम्भव छ। ड्रोन र विभिन्न सेन्सरको प्रयोगले ठूलो क्षेत्रफलमा कम समय तथा लगानीमा निरिक्षण, बिउ रोप्ने, रोग लागेका बोट बिरुवाको पहिचान, सहजै औषधी हाल्ने काम जस्ता थुप्रै कामहरु गर्न सकिन्छ।


६. अझैपनि सबै सरकारी निकायहरूले प्रविधि नअँगाल्नुले चिठीपत्रको संजालबाट चलेको छ नेपाल। यसले जनताको जीवन त कष्टकर त बनेको नै छ, तर नेपाली सरकारी कामलाई कछुवाको गतिमा पनि सीमित गरेको छ। ड्रोनको विशेष प्रयोग गरेर संवेदनशिल तर अत्यावश्यक चिठीपत्रहरु तथा जनताले टाढा धाएर लिनुपर्ने काजजातहरु हरेक स्थानिय तहको कार्यालयहरुमा पुर्याउन सक्ने व्यवस्था गर्न सक्ने हो भने पनि निकै सहज र सुलभ रुपमा जनताले सरकारी सुविधा पाउन सक्छन् ।


.    उचित सुरक्षा नीति तथा गतिविधिहरूको कमीमा राजधानी लगायत कुनै पनि कुनामा यहाँका सुरक्षाको सही प्रचलन अझैपनि हुन सकेको छैन। गस्तीमा, दुर्घटना भएका स्थानमा, ट्राफिक निरिक्षण आदिमा ड्रोनको प्रयोग गर्ने हो भने सबै ठाउँमा जनतालाई सुरक्षा दिन सजिलो हुन्छ। साथै हाईवेहरुमा गस्ति तथा अनुगमन ड्रोनबाट नियमित रूपमा गर्दा, वनजङ्गलको निरिक्षण गर्दा तस्करीका कार्यहरु नियन्त्रण गर्न निकै नै सहज हुन्छ ।

\"\"

यी त कयौं मध्येका केही महत्वपूर्ण विधाहरुमात्र भए जसमा ड्रोनको प्रयोगले आमूल परिवर्तन नै ल्याउन सम्भव छ। संसारले विज्ञानलाई चुनौती दिँदै अगाडी बढीरहेको बेलामा भएका प्रविधीलाई पनि सही रूपमा अँगाल्न छोडेर र सही नीति नियम तथा योजनाका बलमा यस्ता नयाँ प्रविधीको बढी भन्दा बढी प्रयोग गरेर देशलाई कसरी द्रुत गतिमा अघि बढाउने चिन्तन छोडेर उँडेका ड्रोन समाउँदै हिँडेको सरकारले ड्रोन प्रतिको आफ्ना नीति तथा व्यवस्थामा संशोधन गर्नुपर्ने बेला भइसकेको छ।

साथै जिम्मेवार मिडियाहरुले पनि कहाँ कस्तो ड्रोन समातियो भन्ने खवरलाई मात्र छापेर प्रविधीका सबै विधामा हातहालेको जस्तो देखावट गर्न छोडी यसका विषयमा खोज गर्न, संसारमा भइरहेका ड्रोनका सही उपयोगहरूलाई सबै सामु प्रस्तुत गर्न तथा सरकारलाई यस विषयमा सजग तथा जिम्मेवार हुन पहल गर्नमा अगाडी बढ्नैपर्ने समय आएको छ ।


अन्य जानकारीका लागी फेसबुकको ग्रुप DronesNepal” लाई फलो गर्न सक्नुहुन्छ । – fb.me/dronesnepal )